सुनको मूल्य ८०० रुपैयाँले घट्यो

काठमाडौं, माघ १ –
नेपाली बाजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *