चेक अनादर मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडाैं, माघ १ –
चेक अनादर मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्लविरुद्ध २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो ।

भक्तपुर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त महाराजगञ्जलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *