ड्युटी गर्दा बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु

धनगढी, पुस २४ –
डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका प्रहरी कर्मचारीको मृत्यु भएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका( ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए।

पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

आज (बुधबार) बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *