सुनको मूल्य बढ्यो

काठमाडौं, पुस २४ –
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *