सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

काठमाडाैं, पुस २३ –
ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

सोमबार राति प्रोलिंक सोलुसन नामक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये केही भारतीय नागरिक छन् भने अरू नेपाली रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले दिए ।

उनीहरूको साथबाट ८५ वटा ल्याप्टप र मोबाइललगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आज म्याद थपगरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *