तराई र उपत्यकामा हुस्सु, कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ पुस २०
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *