हिरासतमा रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने भुसाल पक्राउ

काठमाडाैं पुस ८

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका निकोलस भुसाल पक्राउ परेका छन् ।

केही दिनअघि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई राजधानीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीसानुराम भट्टराईले जानकारी दिए ।

कानुन विपरीत फोटो सार्वजनिक गरेपछि गृहमन्त्री रमेश लेखकले यसमा संलग्नमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सोही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको थियो ।

उनलाई आज (सोमबार) कास्की पठाइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *