कैलाश युथ क्लवको चियापान तथा सम्मान कार्यक्रम सम्पन्न

चितवन, पुष ७ –
भरतपुर महानगरपालिका ११ मा रहेको कैलाश युथ क्लवले चियापन, भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भएको कार्यक्रममा देउसी भैलोमा सहयोग पुर्याउनेहरुलाई समेत सम्मान गरिएको छ । तिहारको अवसरमा क्लवले देउसीभैलो कार्यक्रम गरेको थियो ।

क्वलका अध्यक्ष सविन अधिकारीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर ११ का वडाध्यक्ष कमल बहादुर मल्ल, भरतपुर ११ का पूर्व वडाध्यक्ष बाबुराम अधिकारी, नेकपा माओवादी भरतपुर ११ का अध्यक्ष प्रकास देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *