रोट्रयाक्ट क्लवहरुको रक्तदान कार्यक्रम सम्पन्न

चितवन, मंसिर १६
रत्ननगरको टाडी चोक स्थित ॐ साइराम पोलिक्लिनिकको परिसरमा शनिबार रक्तदान शिविर सम्पन्न भएको छ।

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान अन्तर्गत, रोट्र्याक्ट कल्ब अफ रत्ननगर र रोट्रयाक्ट कल्ब अफ पुर्बी चितवनको संयुक्त आयोजनामा ११ औं स्व. रोट्र. सचिन मेमोरियल रक्तदान कार्यक्रम गरिएको हो।

मंसिर १५ गतेका दिन आयोजना गरिएको सो रक्तदान शिविरमा ५६ पिन्ट रगत सङ्कलन भएको रोट्र्याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष नवीन केसिले जानकारी दिनुभयो।

अतिथिका रूपमा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ बाट रक्तदान कार्यक्रमका संयोजक राजिव शर्मा, सुरज भण्डारी, नवीन पोद्दरलगायतको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी भरतपुर सेवाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रम लाई, एस वाइ प्यानल नेपाल लिमिटेड र ॐ साइराम पोलिक्लिनिक रत्ननगर ले सहयोग प्रदान गरेको थ्यो।

रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानले सदा वर्षझैँ, यस वर्ष पनि ११ औं स्व। रोट्। सचिनको सम्झनामा मंसिर १५, १६ गते देशभर नै रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *