भरतपुरमा बस र अटो ठोक्किँदा तीन जना घाइते, १ को अवस्था गम्भीर

चितवन, २९ कात्तिक
भरतपुर महानगरपालिका वडा नं–१०, विशाल चोकस्थित बस र अटो एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा दुर्घटनामा अटोमा सवार चालक नामथर, वतन नखुलेको २५ वर्षीय एक युवक, कालिका नगरपालिका वडा नं–९, शक्तिखोर बस्ने १९ वर्षीया मनीषा गुरूङ, सोही ठाउँ बस्ने २० वर्षीया स्मारिका श्रेष्ठ घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ००१–००६ ख ६१२१ नम्बरको बस र बसेनी चोकबाट वीरेन्द्र क्याम्पस चोकतर्फ आउँदै गरेको ना १ ह ५५२५ नम्बरको अटो एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अटो चालकको अवस्था गम्भीर रहेको छ । घटनास्थलबाट अटो, बस र बस चालक भरतपुर–२५ बस्ने ५३ वर्षीय सुकाई महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *