दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान

काठमाडौँ, २८ कात्तिकः 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिनाको विषयमा सुरू गरिएको बयान बुधबार दोस्रो दिन पनि नसकिएको प्रहरीले जनाएको छ।

गत कात्तिक २ गते पक्राउ गरी अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइएको हो ।

करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *