रविको बयान सकिएन, आज जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिने

२७ कात्तिक, बुटवल

सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ।

मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मंगलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले समय अभावका कारण मंगलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *