पूर्वमन्त्री अधिकारीलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, कात्तिक २७

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *