चितवनमा पैदलयात्रीलाई मारेर एक सवारी फरार

चितवन, १८ जेठ-

चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् । मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।-न्युज कारखाना

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *