Blog

  • वर्ष २०७९ कस्तो रहला ?

    वर्ष २०७९ कस्तो रहला ?

    – सुरेशचन्द्र रिजाल
    ज्योतिष तथा बास्तुविद्

    ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।

    ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् भन्ने धार्मिक मान्यता पनि रहँदै आएको छ ।

    हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ ।

    ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७९ मा निम्न विशेषताहरू समावेश भएको देखिन्छ । यस वर्ष राक्षस नामको संवत्सर सकिएर नलूनामको संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको फल विचार गर्दा वर्षको सुरुदेखि नै चुनावी माहोल बनिरहेकाले सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ ।

    वैशाख ९ गते सम्म चुनावी तालमेलमा अशुभ योग परेकाले चुनाब सार्ने शक्तिको सकृयता बनिरहने छ । यस वर्ष शनि राजा र देवगुरु बृहस्पति मन्त्रीको भूमिकामा वर्षभरि शुभ वृद्धि भावमा रहनेहुदा बिशेषतस् शनि तथा बृहस्पतिको सकारात्मक तालमेल हुदा कृषि तथा पर्यटनबाट पूर्णरूपमा सहयोग बनिरहने छ ।

    नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ । यसवर्ष संवत्सर प्रारम्भ हुने दिन चैत १९ गते शनिबार परेकाले शनिग्रह वर्षभरिका लागि राजा र वैशाख १ गते बिहीबार परेकाले मन्त्रीको पद देवगुरु बृहस्पति ग्रहलाई प्राप्त भएको हो ।

    त्यसैले यस वर्ष राजा शनि तथा मन्त्री बृहस्पतिको सकारात्मक तालमेल हुँदा माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुनेयोग परेकाले आर्थिक रुपमापनि सुधार हुने हुँदा आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।

    शनि तथा बृहस्पति ग्रहको प्रभावका कारण आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ, आमजनताले शान्तिको सास फेर्न पाउने छन् ।

    यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ, आयातित सामग्रीको मुल्य बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण फलफूल र बालीनालीमा देशको दक्षिणी भेगमा नोक्सानी हुने सम्भावना छ ।

    पछिल्लो समयमा देखा परेरको आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ । बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभरी नै बनिरहनेछ । अन्तरास्ट्रिय स्तरमा नेपालको उड्डयन क्षेत्रमा लगाईदै आएको कालोसूची यसै वर्षबाट हटाउन सक्नेछन् । लामो समयदेखि घाटामा रहेको शेयरबजार वैशाखको दोस्रो हप्ताबाट विस्तारै सुधार हुँदै जाने छ । छिमेकी देशसँगको सम्बन्ध वर्षभरि नै सकारात्मक रहिरहने छ । कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । समग्रमा २०७९ साल सकारात्मक नै रहने छ ।

     

  • साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    लमजुङ, १ वैशाख-

    साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

    चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो । हाल आयोजनाको बिजुली २२० केभी मर्स्याङदी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

    सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ ।

    आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले-मर्स्याङदी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । बुटवल पावर कम्पनी (बिपिसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो ।

    कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।- न्युज कारखाना

  • ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    राेम, १ वैशाख-

    पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

    अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

    मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् ।

    ‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

    ‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन ।- एजेन्सी

     

  • अर्थमन्त्री जनार्दन शर्मा भन्छन् : खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउछ

    अर्थमन्त्री जनार्दन शर्मा भन्छन् : खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउछ

    काठमाडौं, १ वैशाख-
    आगामी आर्थिक वर्ष ०७९-८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।

    मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला कि भन्ने लाग्छ,’ उनले भने, ‘यद्यपि, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

    उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि ) पूर्वाधार निर्माणका योजना बनाएर अगाडि बढाउनुपर्ने उनले बताए ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८,२९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए ।

    ‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु,’ उनले भने, ‘यो भयो भने खेलकुदसम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’ उनले व्यवसायीक भइसकेका फुटबल, क्रिकेट जस्ता खेलको पनि पूर्वाधार अभावले थप व्यवसायीकरण गर्न नसकिएको बताए ।- न्युज कारखाना

     

  • संविधानको रक्षाका लागि गठबन्धन : नेता प्रकाशमान  सिंह

    संविधानको रक्षाका लागि गठबन्धन : नेता प्रकाशमान सिंह

    चितवन, १ वैशाख-
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ ।

    आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।

    भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ ।”

    स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उहाँको भनाइ छ । तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उहाँले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताउनुभयो । अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उहाँले बताउनुभयो । (रासस)

  • नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

    नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

    काठमाडौँ, १ वैशाख –
    आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउनुहुन्छ ।

    “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो ।

    सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

    हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

    चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ । चैत १९ गतेदेखि नल नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

    वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको नल ५०औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउनुहुन्छ । (रासस)

  • जब टिपर यात्रुवाहक बस ठोक्कियो

    जब टिपर यात्रुवाहक बस ठोक्कियो

    तनहुँ, ३० चैत

    तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो ।

    सडकमा दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली दुर्घटनास्थलमा तत्कालै पुग्यो । दुर्घटनास्थल पुगेसँगै प्रहरीले सबैभन्दा पहिले टिपर चालकलाई नियन्त्रणमा लियो । प्रहरीसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँको टोली पनि दुर्घटनास्थलमा पुग्यो । प्रहरी र रेडक्रसको टोलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार थाल्यो । सडक छेउमा त्रिपाल विछ्याएर उद्धार गरेकालाई राखियो । घाइतेहरू ऐया र आथ्थु गर्दै चिच्याउँदै थिए । त्रिपालमै राखेर घाइतेहरूको पूर्व प्राथमिक उपचार गरियो । स्थानीय तीनवटा एम्बुलेन्सको सहयोगमा घाईतेहरूलाई दुलेगौँडा बजारमा रहेको तनहुँ सेवा हस्पिटलमा पुर्‍याइयो ।

    हस्पिटलमा ल्याएपछि घाइतेमध्ये दुई जनाको मृत्यु भयो । चारजना गम्भीर घाइते भए ।  पाँचजना सामान्य घाइते भए । तिमध्ये दुई जना सामान्य घाइते उपचारपश्चात डिस्चार्ज भए । दुर्घटनामा घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजानीको प्रयास गरे । प्रहरी प्रशासन मुर्दावादको नारासमेत लगायो केहीबेर आक्रोशित भिडले । प्रहरीमाथि हातपातसमेत भयो । प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको वार्तामा घाइते र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने सहमति भयो । त्यसपछि क्रेनको सहायताले टिपरलाई हटाएर सडक सुचारु गरियो ।

    बुधबार दिउँसो ठुलढुंगामा भएको यो दुर्घटना वास्तविक हाेइन, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दृश्य थियो । वार्षिक कार्य योजनाअनुसार अभ्यास गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । बर्सेनि एक पटक प्रदेशको कुनै एक जिल्लामा यस्तै नमुना अभ्यास गर्दै आइरहेको उनले बताए । सर्वसाधरणमा सचेतना फैलाउनलाई नमुना अभ्यास गर्ने गरेको उनले बताए ।

    ‘दुर्घटनामा उद्धार गर्नलाई फिल्डमा पर्ने समस्याहरू, हामीले गर्नपर्ने समन्वयको पाटो र के कस्ता समस्याहरू रहन्छन् भनेर नियमन निकायलाई समेत सहभागी गराएर जानकारी गराउँछौँ । सर्वसाधरणलाई पनि दुर्घटना हुँदा कसरी उद्धार गरिन्छ ? के-के साधान र स्रोतको प्रयोग गरिन्छ भनेर देखाउनलाई नमुना अभ्यास हुन्छ’, उनले भने ।

    सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विकले दुर्घटनामा घाइतेको उद्धारमा प्रहरीले खेल्ने भूमिका प्रशंसनीय रहेको बताए । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको उनले बताए । सवारी चालकले सवारी नियमको पालन नगर्दा अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘मान्छेको जीवन सवारीमा चढेपछि चालकको हातमा हुन्छ । चालकले बडो जिम्मेवारीपूर्ण ढंगबाट चलाउनुपर्छ’, उनले अगाडि थप्दै भने, ‘कहिलेकाहिँ चालकले मदिरा सेवन गरेर चलाइदिने, जिम्मेवार नभइकन हेलचक्रयाइँ गरेर चलाइदिँदा सवारी दुर्घटनामा थुप्रैको ज्यान गएको छ ।’

    सवारी चालकलाई लाइसेन्स लिँदाको बखतमा परीक्षा लिएझैँ बेलाबखतमा तालिम दिन जरुरत रहेको मन्त्री विकले औँल्याए । उनले सवारीको गति जति कम भए दुर्घटनाको सम्भावना उति नै कम हुने उल्लेख गरे । दुर्घटना भएपछि उद्धारमा प्रहरीसँगै सर्वसाधरणले पनि भूमिका खेल्नुपर्ने मन्त्री विकको भनाइ छ ।- न्युज कारखाना

  • प्रतिष्ठानका ३सय ५६ जनाको स्वास्थ्य बिमा

    प्रतिष्ठानका ३सय ५६ जनाको स्वास्थ्य बिमा

    दिलमाया शाही

    जुम्ला, ३० चैत-

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ ।

    गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमूलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड अन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बिमा अनिवार्य गरेको बताएको छ ।

    त्यस्तै प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम, एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नर्सिङ अधिकृत सात जना, ल्याब, एक्सरे, फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक पाँच जना र शिक्षक ५० जना गरी २ सय २७ जनाको स्वास्थ्य बिमा गरिएको हो ।

    यस्तै विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बि फार्मा ८ जना, बिएनएस ११ जना, बिएमएस द्वितीय वर्षका चार जना, बिएमएस प्रथम वर्षका विद्यार्थी २ जना, विपिएच तृतीय वर्षका १२ जना, विपिएच द्वितीय वर्षका १२ जना, विपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी १२९ जनाको बिमा गरेको हो ।

    आम नागरिकको स्वास्थ्य सेवा सहज, पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यान्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बिमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए ।

    जुम्लाका ८ वटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरेको पाइएको छ । स्थानीय तहले विपन्नको सिफारिस पठाउनु भन्दा पनि उनीहरूकै नाममा स्वास्थ्य बिमा गर्न उपयुक्त हुने उनको भनाई छ ।

    जुम्लाको एक लाख १९ हजार ३७७ जनसंख्या मध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने ३ हजार ५६९ जना विपन्न नागरिक, २ हजार २८१ जना जेष्ठनागरिक, एचआइभी संक्रमति १ जना, क्षयरोगी २ जना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको नि:शुल्क स्वास्थ्य बिमा भएको छ ।

    जुम्लासहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि जेष्ठनागरिकको रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान छ । तर स्वास्थ्य बिमा भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै जेष्ठनागरिक मानेको छ । यसले सरकारी दुई वटामा सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ ।

    त्यस्तै ६० वर्षमाथिका नागरिकलाई नै जेष्ठनागरिकको आधारमा स्वास्थ्य बिमा गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने,‘स्वास्थ्य बिमा ऐन नियमावली परिवर्तन गरेरै भए पनि ६० वर्षमाथिका नागरिकलाई जेष्ठनागरिकको मान्यता दिनु पर्ने आवश्यक छ ।- न्युज कारखाना

  • ९५ प्रतिशत बन्याे ४२ किलोवाट अदलिखोला लघु जलविद्युत आयाेजना

    ९५ प्रतिशत बन्याे ४२ किलोवाट अदलिखोला लघु जलविद्युत आयाेजना

    जुम्ला ३० चैत्त-

    गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणकाे ९५ प्रतिशत काम पुरा भएकाे छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन् । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन् । उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हाे ।’ आयाेजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पुर्वाधारबाट पछाडी परेको बस्तीमा याे आयाेजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए ।

    अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलाेकन समेत भएकाे छ । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् ।

    त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् ।

    आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे । उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ। तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो ।- न्युज कारखाना

     

  • कास्की कांग्रेसका नेताहरूलाई देउवाले भने: गठबन्धनमा पाेखरा महानगरबारे छलफल नै भएको छैन

    कास्की कांग्रेसका नेताहरूलाई देउवाले भने: गठबन्धनमा पाेखरा महानगरबारे छलफल नै भएको छैन

    पोखरा, ३० चैत-

    नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

    भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

    भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

    उनले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले अघि भने, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’ देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेकाे देउवाले बताएका थिए ।- न्युज कारखाना