Category: विचित्र संसार

  • फेला पर्‍यो संसारकै पुरानो काइँयो, मान्छेको खप्परबाट बनेको

    फेला पर्‍यो संसारकै पुरानो काइँयो, मान्छेको खप्परबाट बनेको

    एजेन्सी, चैत १
    अहिलेसम्म फेला परेका प्राचीन काइँयोहरू प्रायः काठ वा धातुबाट बनेका हुन्थे । तर पुरातत्वविद्हरूले हालै एउटा यस्तो काइँयो फेला पारेका छन् जसका बारेमा थाहा पाउँदा सायद तपाईं अचम्ममा पर्नुहुन्छ । किनकि यो काइँयो मानिसको खप्परबाट बनेको छ ।

    मानव खप्परबाट बनाइएको उक्त काइँयो २ हजार वर्ष पुरानो भएको खोजकर्ताहरुको दाबी छ । मानिसको हड्डीबाट बनेको उक्त काइँयो बेलायतको क्याम्ब्रिजशायरस्थित बार हिल गाउँमा फेला परेको हो ।

    पुरातत्वविद्हरूले सो गाउँमा लगातार तीन वर्षसम्म उत्खनन् गरेका थिए । उत्खनन् कार्य सन् २०१८ मा सकिएको थियो । त्यसक्रममा विभिन्न पुरातात्विक वस्तुहरु प्राप्त भए । जो इशापूर्व ७५० देखि सन् ४३ सम्मका थिए ।

    उत्खननका क्रममा फेला परेको काइँयो फलामे यूगको हो । २ इन्च लामो सो काइँयोमा करिब १ दर्जन दाँत बनाइएको छ । त्यसलाई म्यूजियम अफ लण्डन आर्कियोलोजीमा राखिएको छ । पुरातत्वविदहरुले त्यसलाई बार हिल कोम्ब नाम दिएका छन् ।

    बार हिल गाउँमा भएको उत्खननबाट करिब २ लाख ८० हजार वटा प्राचीन वस्तुहरु फेला परे । ती सबै वस्तुहरुको जाँच चलिरहेको छ ।

    हालसम्म उक्त काइँयोको प्रयोगका विषयमा पुरातत्वविदहरुले थप तथ्य पत्ता लगाउने कोसिस गरिरहेका छन् । सो काइँयोलाई मानिसहरुले कपाल कोर्नकै लागि प्रयोग गर्दथे कि श्रृंगारको उद्धेश्यले वा घरमा दैवी शक्तिको सुरक्षाको लागि भन्दै झुण्डाउने गर्दथे भन्ने प्रष्ट भैसकेको छैन । यो काइँयोको बीचमा एउटा गोलो छिद्र पनि छ ।

    यो काइँयोका आधारमा पुरातत्वविदहरुले फलामे यूगमा मानिसहरुले मानव शरीरका अवशेषहरुलाई कसरी प्रयोग गर्दथे भन्ने कुराको आँकलन गरेका छन् । यसमा केही परम्पराहरु पनि हुन सक्दछन् । प्राचीन वस्तुहरुका जानकार माइकल मार्शलका अनुसार उक्त काइँयोको तत्कालीन फलामे यूगमा ठूलो महत्व रहेको देखिन्छ । यो स्थानीय समुदायबीच शक्तिशाली वस्तु मानिन्थ्यो होला ।

    उनका अनुसार त्यस्तै काइँयोका माध्यमबाट मानिसहरुले आफ्ना दिवंगत परिवारजन तथा आफन्तको सम्झना गर्दथे होलान् । साथै मानिसहरुले प्रेतात्माबाट जोगिनका लागि यस्तो कलात्मक काइँयोलाई घरमा झुण्डाउने गरेको पनि हुन सक्दछ ।

    यसअघि सन् १९७० तथा सन् २००० मा पनि क्याम्ब्रिजशायरबाटै दुईवटा काइँयोजस्तै पुरातात्विक वस्तुहरु फेला परेका थिए । – एजेन्सी

  • ‘भ्यालेन्टाइन दिवस’लाई ‘काउ हग डे’ मनाउने भारतीय निर्णयले तहल्का

    ‘भ्यालेन्टाइन दिवस’लाई ‘काउ हग डे’ मनाउने भारतीय निर्णयले तहल्का

    नयाँ दिल्ली

    शताब्दीयौंदेखि, गाईलाई भारतको बहुसंख्यक हिन्दू जनसङ्ख्याले पवित्र मान्दै आएको छ, यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो।

    वास्तवमा, जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई ‘काउ हग डे’ को रूपमा नामकरण गर्ने योजनामा छन् ।

    आशा छ कि यो कदम सफल भएमा भारतीय नागरिकहरूको भावनात्मक समृद्धिलाई बढावा दिनेछ र पश्चिमी संस्कृतिको रूपमा हेरिने भ्यालेन्टाइन डेलाई नराम्रोसँग धक्का दिनेछ।

    भारतमा फेब्रुअरी १४ लाई ‘काउ हग डे’को रूपमा घोषणा गरिए पछि संसारभरी बहस भईरहेका छन् । गत सोमबार भारतको पशु कल्याण बोर्डले एक विज्ञप्ति जारी गरी १४ फ्रेबुअरी ‘काउ हग डे’रुपमा मनाउन अपिल गरेको थियो । उसका अनुसार गाई भारतीय संस्कृति र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो, गाईलाई इज्जत र सम्मान गरौ ।

    उसका अनुसार गाईलाई अँगालो हाल्नु भनेको वैदिक वा पवित्र हिन्दू परम्परालाई प्रवर्द्धन गर्ने प्रयासको एक हिस्सा हो । जसलाई गर्दा भारतमा तिब्र गतिमा बढीरहेको पश्चिमी सस्कृतिे प्रभावले क्रमश: मेटाउदै लानेछ ।

    बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘समयसँगै पश्चिमी संस्कृतिको विकासका कारण वैदिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । पश्चिमी सभ्यताको चक्रमा हाम्रो भौतिक संस्कृति र सम्पदालाई लगभग बिर्सिसकेको छौं।’ अब पुन: भारतीय संस्कृति र परम्परालाई विश्वसामु चिनाउने प्रयास स्वरुप ‘काउ हग डे’ मनाउन भारतीय जनतालाई अपिल गरिएको छ ।

    तर सरकारको सो घोषणाको एक हप्ता भने केही अनलाइन मिडियाहरुले उपहास गरेपनि अहिले क्रमश: उपहासका त्यस्ता तस्विर र भिडियो हटउन थालिएको छ । र, अहिले भारतीय मिडियाहरु फ्रेबुअरी १४ लाई ‘काउ हग डे’ का रुपमा मनाउन प्रोत्साहन गरिरहेका छन् ।

    जस्तो कि, भारतको प्रमुख अङ्ग्रेजी भाषाको समाचार च्यानल एनडीटीभीका एकजना एङ्करले सरकारको सो निर्णयको उपहास गर्दै गाईहरूलाई अँगालो हाल्ने प्रयास गरेको भिडियो खिचेर हालेका थिए तर धेरैलाई उनलाई उल्टै नकारात्मक टिप्पणी र उपहास गरिदिए । सर्वसाधारणहरुले गरेको नकारात्मक टिप्पणीका कारण एनडिटिभीका ति पत्रकारको सो कार्यलाई ‘हर्कत’ भन्दै आलोचना मात्रै गरेनन, उनलाई मृत्युदण्ड दिनसमेत माग गरेपछि अहिले भारतीय सञ्चारमाध्यमहरुले ‘काउ हग डे’ लिएर सकारात्मक धारणा दिईरहेका छन । जसले गर्दा भारतमा ‘काउ हग डे’ सफल हुने विश्वास गर्न थालिएको छ ।

    भारतीय सरकारले गरेको यो निर्णयले भारतमा हलचल मच्चाएको छ ।

    गाईलाई मार्नु वा खानुलाई धेरै हिन्दूहरूले पाप मान्छन्, जुन भारतको ८८ प्रतिशत जनसंख्या हिन्दुहरुको छ, जो अझै पनि गाईलाई पुज्दछन् । साथै, देशका धेरैजसो ठाउँमा गाईको बिक्री र मारकाटमा प्रतिबन्धसमेत लगाइएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मा हिन्दू राष्ट्रवादको लहरमा सत्तामा आएपछि
    हिन्दु समुदायको मनोबल बढीरहेको छ । र, गाई माथी राजनीतिकरण पनि उत्तिकै बढ्दै गएको छ।
    ‘काउ हग डे’को घोषणा पछि बिद्यायकहरुले अधिकांस हिन्दुहरुले स्वागत गरेका छन । यसरी स्वागत गर्नेमा भारतीय जनता पार्टीका सांसदहरु पनि छन् ।

    ‘काउ हग डेका बारेमा पत्रकारहरूसँग कुरा गर्दै बीजेपी सांसद गिरिराज सिंहले भने कि सरकारले धेरै राम्रो निर्णय गरेको छ । ‘अब सबैले गाईलाई अँगालो हाल्नु पर्छ, गाईलाई माया गर्नुपर्छ ।’

    गाईका बिषयलाई लिएर भारतमा बेला बेलामा चर्चा परिचर्चा भईरहन्छ । जस्तो, सन २०१७ मा पनि भएको थियो । ‘मैले गाईलाई आमा नमान्नेहरूको हात र खुट्टा भाँच्ने र मार्ने प्रतिज्ञा गरेको छु,’ उत्तर प्रदेश राज्यका विधायक विक्रम सैनीले मार्च २०१७ मा एउटा कार्यक्रममा भनेपछि भारतमा हंगामा समेत भएको थियो ।

    तर, भारत सरकारले अहिले ‘काउ हग डे’ को रुपमा मनाउन आब्हान गरे पछि बिभिन्न खाले टिकाटिप्पणी भईरहेका छन।

  • छोराको मृत्यु भएपछि २८ वर्षीया बुहारीसँग ७० वर्षीय ससुराले गरे विवाह

    छोराको मृत्यु भएपछि २८ वर्षीया बुहारीसँग ७० वर्षीय ससुराले गरे विवाह

    एजेन्सी, माघ १८-
    छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् ।

    भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् । दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

    यतिबेला यो खबर चर्चाको विषय बनेको छ । जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

    उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ । सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो ।

    उनका चार सन्तान थिए । तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।

    छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् । घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् ।

    यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ । प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

     

  • यो हो १० करोडको राँगो

    यो हो १० करोडको राँगो

    एजेन्सी, कात्तिक ४-
    भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो​ गोलु टु आकर्षणको केन्द्र बन्यो ।

    हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो​ गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो ।

    नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो ।

    नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।

    गोलु टु राँगोको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।

    नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो राँगोलाई देखेपछि चकित छन् ।

  • बाँदरको ‘सेक्स टोय’ ढुङ्गा

    बाँदरको ‘सेक्स टोय’ ढुङ्गा

    एजेन्सी, असोज २४-
    सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन् । इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय (यौन खेलौना) को प्रयोग गरिरहेका छन् । फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले बनेको हुन्छ ।

    सन् २०१६ देखि २०१९ सम्म वैज्ञानिकले बाँदरको एउटा समूहलाई यिनीहरुले ढुङ्गालाई कसरी प्रयोग गर्छन् भनेर अनुसन्धान गर्नका लागि निगरानीमा राखेका थिए ।

    यतिबेला अप्रत्याशित रुपमा अनुसन्धानकर्ताहरुले बाँदरले ढुङ्गालाई औजारको रुपमा मात्रै नभई यौन सुखका लागि पनि प्रयोग गर्ने गरेको तथ्य फेला पर्यो । उनीहरुले एक अध्ययन प्रकाशित गरेर बाँदरले ढुङ्गालाई सेक्स टोयको रुपमा प्रयोग गर्ने कुरा खुलासा गरेका हुन् ।

    अनुसन्धानका बेला के पत्ता लाग्यो भने भिन्न भिन्न आयु वर्गका भाले र पोथी बाँदरले आफूलाई सन्तुष्ट बनाउनका लागि ढुङ्गाको प्रयोग गरे । यद्यपि, यसमा केही अन्तर पनि स्पष्ट रुपमा देखिए । पोथी बाँदर ढुङ्गा छान्न बढी चुस्त छन् जबकी युवा भाले बाँदर ढुङ्गासँग खेल्छन् र एउटै ढुङ्गाको प्रयोग गर्छन् ।

    यी बाँदरमध्ये केही त यौन इच्छा नभए पनि यी सेक्स टोयजसँग खेलिरहेको भेटिए । यिनीहरु यी ढुङ्गामाथि पल्टिन्छन्, त्यसलाई आफ्नो छालामा रगड्छन् र यसलाई एक अर्कामाथि हमला गर्नका लागि पनि प्रयोग गर्छन् ।

    भाले र पोथी दुबैमाथि गरियो शोध

    अध्ययनका अनुसार यो अचम्मको व्यवहार जनावरका केही समूहमा मात्रै देख्न सकिन्छ । नयाँ अध्ययन २०२० मा फिजियोलोजी एन्ड बिहेवियर जर्नलमा प्रकाशित पछिल्लो काममा आधारित छ ।

    अनुसन्धानकर्ताले पहिला भाले बाँदरको सेक्स टोयजको प्रयोग बारे जानकारी दिएको थियो तर अब वैज्ञानिकले पोथी बाँदर माथि पनि यस्तै अध्ययन गरेको छ ।

    यसले के पत्ता लागेको छ भने भाले र पोथी बाँदर समान रुपमा ढुङ्गाले बनेको सेक्स टोयजको प्रयोग गर्छन् । -न्युयोर्क टाइम्सबाट साभार

  • पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ : अध्ययन

    पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ : अध्ययन

    काठमाडौं, असोज ३ –
    जो कोहीका लागि पनि पहिलोपटक आमा-बुवा बनेर भूमिका निर्वाह गर्नु निकै सकसको काम हो । बच्चाको जन्म पश्चात् आमाको व्यवहार तथा शारीरिक अवस्थामा परिवर्तन आउनुका साथै शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरू पनि उत्पन्न हुने गरेको पाइन्छ । तर पिता बन्ने पुरुषको बारेमा यस्ता कुनै कुरा सुनिंदैन । पहिलोपटक पिता बन्दा पुरुषको मस्तिष्क तथा मनमा के असर पर्छ होला, कसैले सोचेको छ ?

    हालै गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले चाहिं पहिलोपटक पिता बन्ने पुरुषको मानसिक अवस्थामा परिवर्तन आउने तथ्यको खुलासा गरेको छ ।

    अध्ययन अनुसार पिता बन्दा पुरुषको शरीरमा पनि स्नायुगत परिवर्तन हुन्छ । केवल आमा बन्ने महिलामा मात्र नभै बुवा बन्ने पुरुषमा पनि मस्तिष्कको भित्री पत्र अर्थात् न्युरल सबस्ट्रेसमा परिवर्तन आउने शोधर्ताहरूको दाबी छ ।

    शोधकर्ताहरुका अनुसार नयाँ जिम्मेवारी तथा भूमिकासँगै पुरुषको मस्तिष्कमा पनि असर पर्दछ । पहिलोपटक पिता बन्ने पुरुषको मस्तिष्कमा रहेको कर्टिकल आयतनमा एक वा दुई प्रतिशतले कमी आउँदछ । यो प्रकारको संकुचन हो जुन मस्तिष्कको डिफल्ट मोड नेटवर्कसँग सम्बन्धित हुन्छ ।

    शोधकर्ताका अनुसार जब पुरुषले अब आफू पिता बनेको कुरा स्वीकार गर्दछ तब उसको मस्तिष्क संकुचित हुन थाल्दछ । यस विषयमो शोध सेरेब्रल कर्टेक्स जर्नलमा प्रकाशित भएको छ ।

    दिमागको आयतन अर्थात् कर्टिकल भोल्यूममा आउने कमी नकारात्मक हुन्छ भन्ने तपाईंलाई लाग्न सक्दछ । तर यसले नकारात्मक असर पुर्‍याउने नभै उल्टै मस्तिष्कको शुद्धता बढाउने गर्दछ र थप प्रशोधित गर्दछ । यसले पुरुषको आफ्नो बच्चासँगको मानसिक सम्बन्ध झनै गहिरो बनाउँदछ । बच्चासँग उसको सम्बन्ध र प्रेम झ्यांगिन्छ । जबकि आमा बन्ने महिलामा यो क्रिया केही बढी हुन्छ । त्यसैले आमाको आफ्नो बच्चासँगको लगाव, प्रेम तथा सम्बन्ध धेरै घना तथा गहिरो हुन्छ ।

    पछिल्लो अध्ययन एमआरआई डाटामा आधारित छ । यसमा पहिलोपटक पिता बनेका ४० जना पुरुषको पिता बन्नु अगाडि तथा पछाडिको मस्तिष्कको अध्ययन गरिएकेा थियो । ती पुरुषमध्ये २० जना स्पेन र २० जना अमेरिकी पुरुष थिए । – एजेन्सी

  • साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

    साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

    रियाद, २ असोज –
    एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका थिए ।

    ६३ वर्षीय अबु अब्दुल्लालाई ‘शताब्दीको बहुविवाहक’ उपनाम दिइएको छ । हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

    ‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाइन किनकी म आनन्दित थिए’, उनले अगाडि भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरे र मेरो निर्णय श्रीमतीलाई सुनाए ।’

    गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए । अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे ।

    पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने । उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ । –  एजेन्सी

  • अमेजनको जंगलमा झुपडी बनाएर बसेका आदिवासी पुरुष मृत फेला, संसारको ध्यान केन्द्रित

    अमेजनको जंगलमा झुपडी बनाएर बसेका आदिवासी पुरुष मृत फेला, संसारको ध्यान केन्द्रित

    – एजेन्सी
    रियो दि जेनेरियो, भदौ १४ –
    ब्राजिलमा २६ वर्षदेखि अमेजन जंगलमा एक्लै बाँचिरहेका आदिवासी पुरूषको मृत्यु भएको छ। उनको मृत्युसँगै अरू मान्छेको सम्पर्कमा नआएको उनको समुदाय नै दुनियाँबाट लोप भएको छ।

    बिबिसीका अनुसार ब्राजिलका अधिकारीहरूले गत मंगलबार (भदौ ७) मा ती पुरूषको शव जंगलको बीचमा रहेको उनको झुपडीको छेउमा फेला परेको हो।

    शरिरमा प्वाँखहरू लगाएको अवस्थामा उनको शव भेटिएको थियो। शव भेटिएको ठाउँ वरपर उनीमाथि आक्रमण भएको कुनै अवशेष नदेखिएकाले ती पुरूषको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने अनुमान गरिएको छ। आफू अब मर्छु भन्ने थाहा पाएपछि उनले प्वाँखले शरिर छोपेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

    अमेजनको जंगलमा बाँकी संसारसँग नजोडिएका दर्जनौं आदिवासी समुदायहरू छन्। हालै निधन भएका ती पुरूषको समुदाय पनि कुनैबेला अमेजनको जंगलमा ठूलो संख्यामा थियो।

    सन् १९७० को दशकमा जमिन अतिक्रमणकारीहरूले उनको समुदायको मानिसहरूलाई मारिदिएको विश्वास गरिन्छ।

    सन् १९९५ मा अवैध खानी उत्खनन् गर्नेहरूले उनको समुदायका ६ जनाको हत्या गरेपछि उनी एक्लै परेका थिए।

    ब्राजिलको आदिवासी मामिलासम्बन्धी निकायले उनी एक्लै बाँचिरहेका छन् भन्ने कुरा सन् १९९६ मा मात्रै थाहा पाएको थियो। त्यसपछि ती पुरूषको सुरक्षाका लागि सरकारले त्यो क्षेत्रलाई संरक्षण गरेको थियो।

    अरू मानिससँग सम्पर्कमा नआउने भएकाले ती पुरूषको नाम के हो, उनी के भाषा बोल्थे भन्ने केही पनि पत्ता लाग्न सकेको थिएन। अनुसन्धानकर्ताहरूले उनको नाम ‘म्यान अफ द होल’ राखिदिएका थिए। किनकी उनी आफ्नो क्षेत्रको जमिनमा ठूला ठूला प्वाल बनाउँथे। तीमध्ये केही प्वाल जंगली जनावरलाई पासोमा पार्नका लागि हुन्थे भने केहीमा उनी आफैं लुक्थे।

    ती पुरूषले मकैलगायत केही बाली लगाएको, मह, मेवा, केरा संकलन गरेको तथ्यहरू फेला परेका छन्।

    सन् २०१८ मा अनुसन्धानकर्ताहरूले ती पुरूषको एउटा भिडिओ खिचेका थिए। त्यतिबेला उनी बञ्चरोजस्तो कुराले रूख काटिरहेका थिए।

    अनुसन्धानकर्ताहरूले ती पुरूषको अहिले ६० वर्षको पुगेको हुन सक्ने अनुमान गरेका छन्।

    उनको शव पोष्टमर्टम गर्न राजधानी ब्रासिलियाको अस्पतालमा पुर्‍याइएको छ। उनलाई कुनै रोग लागेको थियो कि थिएन भनेर जाँच गरिनेछ। उनको डिएनए पनि परीक्षण गरिने जनाएको छ।

    ब्राजिलमा कुनै आदिवासी समुदाय लोप भएको यो पहिलो घटनाका रूपमा रेकर्डमा रहेको छ। अरू थुप्रै आदिवासी समुदायको लोप रेकर्डमै नरहेको हुन सक्ने विज्ञहरूले बताएका छन्।

    ब्राजिलमा बाहिरी मान्छेको सम्पर्कमा नरहेका करिब ११४ समुदाय रहेको बताइन्छ। तर सरकारी निकायले अहिलेसम्म २८ समुदायलाई मात्र मान्यता दिएको छ। बाँकी ८६ समुदायले राज्यको कुनै संरक्षण पाएका छैनन्।

    पछिल्लो समय अमेजन जंगलमाथि भइरहेको अतिक्रमणले जंगलभित्र बस्ने समुदायको अस्तित्वमाथि थप चुनौती थपेको छ।

  • जापानमा अचम्मको निर्णय ? युवाहरूलाई धेरै रक्सी पिउन अनुरोध !

    जापानमा अचम्मको निर्णय ? युवाहरूलाई धेरै रक्सी पिउन अनुरोध !

    चितवन, भदौ ७ –
    धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।

    मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।

    उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।

    एजेन्सीका अनुसार जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत घटिरहेको छ ।

    सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई युवा पुस्तामाझ प्रवर्द्धन गर्नका लागि व्यवसायिक योजनासाथ अगाडि आउन उत्प्रेरित गर्ने विश्वास छ ।

    आम मानिसमा मदिराको सेवन बढाउन सहयोग गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स तथा मेटाभर्सलगायतका अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिने कर एजेन्सीको भनाइ छ ।

    तथापि युवाहरूमा मदिराको सेवन बढाउने सरकारी अभियानप्रति आम जापानीहरूको प्रतिक्रिया उतिसारो उत्साहप्रद भने छैन ।

    जापानमा युवापुस्ताले उनीहरूको अभिभावक पुस्ताले भन्दा कम मद्यमान गर्ने गरेका छन्ज, जसका कारण मदिराबाट उठ्ने करमा निकै कमी आएको छ ।

    कर एजेन्सीको रिपोर्ट अनुसार जापानीहरूले खपत गर्ने मदिरा सन् १९९५ को तुलनामा सन् २०२० मा घटेको छ । हरेक जापानी वयस्क व्यक्तिले सन् १९९५ मा औसतमा वार्षिक १०० लिटर मदिरा पिउने गरेकोमा सन् २०२० मा ७५ लिटरमा झरेको छ ।

    मदिराको खपत घटेसँगै मदिराबाट उठ्ने करको रकममा पनि कमी आएको छ । सन् १९८० मा जापान सरकारले संकलन गर्ने कुल वार्षिक करमा मदिराको करको हिस्सा ५ प्रतिशत रहेकोमा हाल त्यो घटेर १.७ प्रतिशतमा झरेको छ । – एजेन्सीको सहयोगमा

  • जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

    जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

    एजेन्सी

    टोकियो, १२ साउन

    जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए ।  सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन् ।

    करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

    आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

    सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।