Category: विचित्र संसार

  • अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

    अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

    काठमाडौं । आफ्नो प्रेमी/प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस् भन्ने चाहना सबैको हुन्छ । कहिलेकाहीँ आफ्नो पार्टनरले अरु कसैलाई आँखा लगाएको सुइँको पाउँदा जो कोही आक्रोसमा आउनु स्वभाविकै हो । तर यस्तो आक्रोसले कुनैबेला हद पार गर्दो रहेछ । अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।

    आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् ।

    अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको थियो । अन्ततः नोभेम्बर २५, शनिवारको रातमा झगडाले उग्र रुप लियो र भौतिक आक्रमणसम्म पुग्यो ।

    आफ्नो पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरिन् ।

    रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।

    प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पार्यो र पक्राउ गर्यो ।

    उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।

    -एजेन्सी

  • उडिरहेको विमानभित्र स्टलमा बाँधिएको घोडा फुस्केपछि….

    उडिरहेको विमानभित्र स्टलमा बाँधिएको घोडा फुस्केपछि….

    न्यूयोर्क । असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ । विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो ।

    नोभेम्बर ९ मा विमान न्यूयोर्कको जोन एफ केन्नेडी विमानस्थलबाट बेल्जियमको लिएजतर्फ १५ वटा घोडा बोकेर सो विमान उडेको थियो । विमान उडेको ९० मिनेटपछि स्टलमा बाँधिएको घोडा एकाएक फुक्यो भने उफ्रिएर स्टलको बारमा अड्कियो ।

    वर्षभरमा आफूहरूले हजारौँ घोडा कार्गोबाट पठाउने गरेको भएपनि यस्तो खालको घटना चाँहि आफूले दोस्रो पटक देखेको जोन एफ केन्नेडी विमानस्थलमा पशु क्वारेनटिन र निर्यात विभागका प्रमुख जोन कुटिसेल्ली भन्छन् ।

    केही गरेर पनि घोडालाई स्टलमा फर्काएर बाँध्न नसकेपछि विमानलाई फर्काइयो । ‘विमान उडाउन हामीहरूलाई कुनै समस्या छैन, तर हामीले घोडालाई बाँध्न सकेनौँ,’ एक जना पाइलटले भनेका थिए । सो विमान सोही दिन ३ घण्टा पछि पुनः उडेको थियो । यस्तो खालको घटना नयाँ भने होइन । सन् २०२३ को अक्टोबरमा बैंककबाट उडेको भियतजेटमा एउटा अटर र मुसा भागेपछि विमानभित्र हङ्गामा मच्चिएको थियो । बग्दादबाट दुबईतिर गइरहेको एउटा विमानमा क्रेटमा राखिएको बाघको बच्चा भागेपछि पनि विमानभित्र खैलाबैला भएको थियो । -एजेन्सी

  • रोबोटले गर्‍यो एकजना मानिसको हत्या

    रोबोटले गर्‍यो एकजना मानिसको हत्या

    काठमाडौँ, कात्तिक २४
    दक्षिण कोरियामा रोबोटले एक जनाको हत्या गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो ।

    खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ती व्यक्तिको अनुहार र छाती च्यापिएको थियो ।

    गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति ८ नोभेम्बरमा दक्षिण ग्योङसाङ प्रान्तमा रोबोटको सेन्सर सञ्चालनसम्बन्धी जाँच गरिरहेका थिए ।

    रोबोट परीक्षणको योजना ६ नोभेम्बरकै लागि तय भए पनि सेन्सर सम्बन्धी समस्याका कारण दुई दिन ढिलो गरी परीक्षण गरिएको थियो ।

    रोबोटिक आर्म बनाउने कम्पनीका ती कर्मचारी बुधबार राति अबेरसम्म मेसिनको परीक्षण गरिरहेका थिए । रासस

  • महिलामाथि तातो कफी पोखिएपछि रेष्टुरेन्टले तिर्नु पर्‍यो ३८ करोड क्षतिपूर्ति

    महिलामाथि तातो कफी पोखिएपछि रेष्टुरेन्टले तिर्नु पर्‍यो ३८ करोड क्षतिपूर्ति

    कात्तिक १२-
    कसैको कुनै कामले गर्दा अर्कोलाई क्षति पुग्यो भने क्षति गराइदिने पक्षले क्षतिपूर्ति तिर्नु सामान्य कुरा हो। यदि दुर्घटनावस कुनै व्यक्तिको जीउमा कफी पोखियो भने तपाईंले कति क्षतिपूर्ति तिर्नुपर्ला, अनुमान गर्न सक्नुहुन्छ रु अमेरिकामा भने एउटा रेष्टुरेन्टले यस्तै घटनामा साढे ३८ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति तिरेको छ ।

    डोनट तथा कफी ब्रान्ड डंकिनको एउटा आउटलेटले एक महिलालाई यत्रो अकल्पनीय रकम तिर्नुपरेको हो ।

    समाचार अनुसार सन् २०२१ मा जर्जियाकी एक महिला उक्त रेष्टुरेन्टमा ग्राहकको रुपमा आएको बखत रेष्टुरेन्टका वेटरले कफी सर्भ गर्ने बेलामा वेटरको हातबाट कफीको कप खस्न पुग्यो र तातो कफी ती महिलाको सरीरमा पोखियो । त्यो घटनाले त्यति ठूलो रुप लिन्छ भन्ने सायद कसैले अनुमान गरेको थिएन । तर तातो कफीले ती महिलाको जीउ नराम्रोसँग डढ्न पुग्यो र यो मुद्दा अदालतसम्म पुग्यो ।

    ७० वर्षीया ती महिला जीउमा कफी पोखिएर सख्त घाइते भइन् र उनले हालसमम पनि आफ्नो दैनिक कामकाजका लागि समेत कठिनाइ बेहोरिरहेकी उनको पक्षमा मुद्दा लडेको ल फर्म मोर्गन एण्ड मोर्गनका वकिल बेन्जामिन वेल्चको दाबी छ ।

    उनी भन्छन्त्यो, ‘रेष्टुरेन्ट त अन्तै सर्न पनि सक्ला तर हाम्री ग्राहक भने हिँडडुल गर्नै सकस छ र सुरुबाटै हिँड्न सिक्नुपरेको छ । उनको जीउका घाउ यतिधेरै दर्दनाक थिए कि उनी कैयन् हप्तासम्म अस्पतालको जलन कक्षमा बिताउनुपर्यो । त्यस घटनाले उनको जीवनलाई नै बदलिदिएको छ । उनलाई हिँडडुल गर्न गाह्रो हुन्छ । उनी घाममा जान सक्दिनन् र जिउमा सधै मलहम लगाइ रहनुपर्दछ ।’

    वेल्चका अनुसार कफीले डढेको घाउको उपचारका लागि उनले २ लाख डलर खर्चिनुपरेको थियो ।

    रेष्टुरेन्टमा कफी सर्भ गर्ने कर्मचारीले कपको ढकनी राम्रोसँग नलगाउँदा सो दुर्घटना भएको भन्दै ती वृद्धाले क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेकी थिइन् । अन्ततः उक्त रेष्टुरेन्टको सञ्चालक गोल्डेन डोनट्स एलएलसी कम्पनीले ती महिलालाई ३० लाख डलर अर्थात् साढे ३८ करोड रुपैयाँ भन्दा धेरै रकम दिन सहमति जनाएको छ । एजेन्सी

  • आफ्नै बिहेमा मागेको कपडा लगाउने सुपर स्टार

    आफ्नै बिहेमा मागेको कपडा लगाउने सुपर स्टार

    नयाँ दिल्ली, २ कात्तिक
    पछिल्लो समय फिल्म स्टार र सेलिब्रेटीहरुबीच बिहे वा पार्टीमा सबैभन्दा महँगो गरगहना र कपडा कसले लगाउने भन्ने होडबाजी चलेको छ । आफ्नो बिहेको एउटै पहिरनमा लाखौं करोडौं रुपया खर्च गर्नेहरु पनि छन् ।

    सेलिब्रेटी मात्रै होइन सर्वसाधारणमा पनि यो प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालको यो युगमा कुनै पार्टीमा एक पटक लगाएको लुगा अर्कोमा लगाउन लाज मान्ने वा अरुले लगाएको देख्दा खिस्याउनेको जमात पनि भेटिन्छ । ७० र ८० को दशकमा हिन्दी सिनेमाकी चर्चित अभिनेत्री जिनत अमानलाई अहिलेको युवा पुस्ताको यो बानी फिटिक्कै मन परेको छैन ।

    ‘मैले आफ्नै बिहे मागेको कपडामा टारेकी थिँए ,’ इन्ष्टग्रामको एक पोष्टमा अमानले भनेकी छिन् । अमानले आफ्नो बिहे भागेर सिंगापुरमा गरेकी थिइन् । बिना तामझाम गरिएको यो बिहेमा बेहुला बेहुलीबाहेक २ जना मात्रै थिए । जुनसुकै पार्टीमा जाँदा उनी प्रायः मागेरै लगाएको कपडा र गहनामा पुग्थिन् ।

    अमानले लगाउने हरेक फेन्सी ड्रेस कोही न कोहीसँग सापटी मागिएको हुन्थ्यो । अहिलेको पुस्तामा अरुलाई देखाउनकै लागि आफ्नो बुताले भ्याउन भन्दा धेरै खर्च गरेर नयाँ कपडा किन्नेहरु पनि छन् । घाँटी हेरेर हाड निल्न अमानले युवा पुस्तालाई आग्रह गरेकी छिन् । एजेन्सी

  • सरर बस चढेर ३० किलोमिटरसम्म बाँदर …

    सरर बस चढेर ३० किलोमिटरसम्म बाँदर …

    काठमाडौँ, १९ असोज
    सामान्यतया जङ्गलमा आफ्नै झुण्डमा रमाउने बाँदर सार्वजनिक बस चढेर ३० किलोमिटरको यात्रा गर्‍यो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । चकचके स्वभावका कारण पनि बाँदरले एउटै बसमा यतिलामो यात्रा गरेको कुरा पत्याउन कठिन हुन्छ ।

    तर, भारतको कर्नाटक राज्यमा एउटा बाँदरले ३० किलोमिटर लामो यात्रा बसमा चढेर गरेको छ । त्यो पनि अन्य यात्रुसरह उसले सीटमै बसेर यात्रा गरेको हो ।

    उक्त बाँदरको यात्रालाई सो बाँदरको यात्रालाई गणेश नुलागेरी नाम गरेका यात्रीले भिडियोमा समेटेका हुन् । उनले सामाजिक सञ्जालमा राखेपछि अहिले उक्त भिडियो भाइरल भएको छ ।

    भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उक्त बाँदरले हावेरी बस स्ट्याण्डबाट आफ्नो यात्रा सुरु गरेको थियो । झण्डै ३० किलोमिटरको यात्रापछि सो बाँदर हमसभावी गाउँमा पुगेर बसबाट उत्रिएको बताइएको छ ।

    भिडियोमा उक्त बाँदर कहिले झ्यालमा बसेर बाहिरको दृश्य हेरिरहेको तथा कहिले सीटमा बसेको देख्न सकिन्छ । बसमा उक्त बाँदरका लागि दुई वटा सीट खाली छाडिएको थियो । बसमा यात्री भने खचाखच थिए । केही यात्री उभिएर समेत यात्रा गरिरहेको उक्त भिडियोमा देखिन्छ ।

  • जब किसान फूल चोर्ने बाख्रा लिएर प्रहरी चौकीमा पुगे …

    जब किसान फूल चोर्ने बाख्रा लिएर प्रहरी चौकीमा पुगे …

    छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित कानपुरमा अनौठो घटना भएको छ । त्यहाँका एकजना किसान बाख्राको विरुद्धमा फूल चोरीको उजुरी गर्नका लागि प्रहरी चौकीमा पुगेपछि प्रहरीहरु नै तिनछक परे ।

    केही बाख्राहरु आफ्नो खेतमा पसेर सयपत्री फूल खाइदिएको ती किसानले बताएका छन् ।

    उनले फूल खाँदै गरेको अवस्थामा दुईवटा बाख्रालाई रंगेहात पक्रिएका थिए । र, तिनै बाख्राहरुलाई अटो रिक्सामा राखेर उनी प्रहरी चौकी पुगे ।

    फूल चोरीको आरोपमा अभियुक्त बाख्रासहित किसान उजुरी गर्न आएपछि प्रहरी पनि असमञ्जसमा परेको छ । आखिर ती बाख्राविरुद्ध कुन अभियोगमा कारबाही गर्ने ?

    यो घटना भीतरगाउँ इलाकाको गौरी काकरा गाउँमा भएको हो । त्यस क्षेत्रमा फूलको खेती हुने गर्दछ । स्थानीय किसान शैलेन्द्र निषादले पनि फूल खेती गर्दै आएका छन् ।

    यो वर्ष उनले सयपत्री फूल लगाएका थिए आफ्नो खेतमा । तर, पछिल्ला दिनहरुमा शैलेन्द्र चिन्तित थिए । किनकि उनको खेतमा फूलेका फूलहरु बेलुकीको समयमा कसैले सुटुक्क टिपेर लैजाने गरेको रहेछ ।

    उनले गाउँलेहरुलाई आफ्नो फूल कसैले टिपेको पो हो कि भनेर सोधनी पनि गरे । तर, केही पत्ता लागेन । अन्ततः उनले आफ्नो खेतका फूलहरु चोर्ने फूलचोर पत्ता लगाउने निधो गरे ।

    गत सोमबार शैलेन्द्र फूल बेच्न सहर गएनन् । उनी सुटुक्क लाठी लिएर फूल रोपेको खेतमा गएर निगरानी गर्दै लुकेर बसे । त्यस क्रममा उनले साँझपख चार पाँचवटा बाख्राको बथान आएर फूल खान थालेको फेला पारे ।

    आफूले दुःख गरेर हुर्काएका फूलहरु बाख्राले कपाकप खाइदिन थालेपछि शैलेन्द्रको रिसको पारो तात्यो । उनी दौडिएर ती बाख्रा समाउन गए । तर बाख्राहरु भागे ।

    अन्तिममा उनले दुईवटा बाख्रालाई चाहिं समाइछाडे । उनी तिनै दुईवटा बाख्रालाई लिएर सडकमा आए अनि अटोरिक्सामा राखेर सीधै प्रहरी चौकीमा गए ।

    चौकीमा बाख्रालाई लिएर तिनै बाख्राविरुद्ध उजुरी गर्न आएका शैलेन्द्रलाई देख्दा प्रहरीलाई पनि अनौठो लाग्यो । शैलेन्द्रको गुनासो सुनेपछि प्रहरीले ती बाख्राको मालिकको खोजीनीति गर्‍यो । ती बाख्राहरु गाउँकी एक महिलाका रहेछन् ।

    अन्ततः ती महिलालाई पनि चौकीमा बोलाएर केरकार गरियो । त्यसक्रममा ती बाख्रालाई बाँधेको दाम्लो कोही मानिसले फुकाइदिएका कारण बाख्राहरु खेतमा पसेको खुल्न आयो ।

    प्रहरीले आगामी दिनमा आफ्नो घरमा पालेका बाख्राहरुलाई राम्रोसँग सम्हाल्न भन्दै पुनः त्यसरी फूल खाइदिएमा कारबाही गर्ने भन्दै बाख्राधनीलाई चेतावनी दियो ।

    बाख्राधनी महिलाले सो घटनाका लागि फूलधनीसँग माफी मागेपछि फूलधनी शैलेन्द्रले प्रहरीमा कुनै लिखित उजुरी दर्ता गराएनन् । तथापि सो घटना स्थानीय क्षेत्रमा निकै चर्चाको विषय बन्न सफल भयो । एजेन्सी

  • छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

    छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

    प्रहरीले कुनै अपराधमा संलग्न मानिसलाई हतकडी लगाउनु त स्वभाविकै हो । तर, मेक्सिकोमा भने पुलिसले एउटा गुडियालाई पक्राउ गरी हतकडी लगाएको छ ।

    आखिर पुलिसले एउटा निर्जिव गुडियालाई किन पक्राउ गर्यो त ?

    समाचार अनुसार त्यो गुडियाका मालिकले अन्य व्यक्तिहरुलाई तर्साउनका लागि त्यस गुडियाको प्रयोग गर्ने गरेको थाहा पाएपछि प्रहरीले गुडियालाई नियन्त्तणमा लिएको हो ।

    सो गुडियाको नाम चकी हो । अधिकारीहरुले त्यसलाई राक्षसी गुडिया भनेका छन् । गुडियाका मालिकले मानिसहरुलाई तर्साउनका लागि उक्त गुडियाको हातमा चक्कु राखिदिने गरेको खुलासा भएको छ ।

    न्युयोर्क पोस्टको रिपोर्ट अनुसार पुलिसले गुडियासँगै त्यसका मालिकलाई पनि पक्रिएको छ । उत्तरी मेक्सिकोको कोहुइला राज्यस्थित मोनक्लोवा सहरमा सेप्टेम्बर ११ मा गुडिया र त्यसलाई दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन् । उनीमाथि सार्वजनिक शान्ति व्यवस्था बिगारेका र मानिसहरुलाई खतरामा पारेको अभियोग लगाइएको छ ।

    मोनक्लोवा पुलिसका पूर्वनिर्देशक जुआन राउल अल्कोसरका अनुसार कार्लोस नामक ती व्यक्ति सहरको मुख्य चोकमा नशाले मातेको अवस्थामा थिए । उनले आफ्नो अनुहारमा गुडियालाई राखेका थिए र मानिसहरुलाई तर्साइरहेका थिए ।

    प्रहरीले कार्लोस र उनको गुडिया समेतलाई पक्राउ गरी पुलिस चौकीमा लगेर हतकडी लगायो । पुलिसले गुडियाको कपालमा समाएको र हातमा हतकडी लगाएको तस्वीर सार्वजनिक भएको छ । गुडियासँग एउटा चक्कु पनि देखिन्छ ।

    उक्त गुडिया सन् १९८८ मा बनेको हरर फिल्म चाइल्ड्स प्ले मा चर्चित बनेको थियो ।

    उता चर्चा कमाउनका लागि गुडियाको हातमा समेत हतकडी लगाउने पुलिस अधिकारी समेत कारबाहीमा परेका छन् । -एजेन्सी

  • १५ करोडमा बिकेको यो रातो स्वीटर…

    १५ करोडमा बिकेको यो रातो स्वीटर…

    ३० भदौ, २०८०
    तपाईंले हजारौं तथा लाखौ रुपैयाँसम्म मूल्य पर्ने महंगा महँगा कपडा देख्नु भएको छ होला । तर के १५ करोड रुपैयाँभन्दा धेरै पर्ने एउटा स्वेटर देख्नु भएको छ ?

    एउटा रातो रञको स्वीटर हालै करिब १५ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम बिक्री भएको छ।

    उक्त स्वीटरको लिलाममा बोली लगाउनका लागि धनाढ्यहरुबीच होडबाजी नै चलेको थियो ।

    अमेरिकाको न्युयोर्कस्थित सोथबीमा गत अगष्ट ३१ मा उक्त स्विटरको लिलामी भएको थियो । जहाँ उक्त स्वेटर ११ लाख ४० हजार डलरमा लिलाम भएको थियो ।

    लिलाम गर्ने कम्पनीलाई सो स्वीटर करिब आधा करोड रुपैयाँ सम्ममा बिक्री हुनसक्ने अपेक्षा थियो । तर त्यसको कैयन् गुणा बढी मूल्यमा स्वीटर लिलाम भयो । स्वीटर खरीदकर्ताको नाम चाहिं खुलाइएको छैन ।

    देख्दा निकै सामान्य देखिने उक्त स्वीटर आखिर किन करोडौं मूल्यमा बिक्री भयो त ?

    -यसको विशेष कारण छ

    वास्तवमा यो स्वीटर जो व्यक्तिले पहिरिएका थिए उनकै कारण यो बहुमूल्य बनेको हो ।

    नबनोस् पनि किन ? उक्त स्वीटर बेलायती पूर्व युवराज्ञी डायनाले लगाएको स्वेटर हो । यहीँ स्वेटर लगाएका उनका कैयन् तस्वीरहरु सार्वजनिक छन् ।

    डायनासँग सम्बन्धित सरसामानहरु पछिल्लो समयमा एक एक गरी लिलाम भैरहेका छन् ।

    उनको बिहेको फोर्ड कार पनि लिलाम भैसकेको छ । तर सबैभन्दा महँगोमा भने उनको स्वीटर बिक्री भयो । सो स्वीटरको डिजाइनलाई बेलायती राजपरिवारमा डायनाको स्थानको प्रतिकको रुपमा लिइएको छ । जहाँ रातो रञको पृष्ठभूमिमा सेतो रञका भेडाहरु छन् । ती सेता भेडाहरुको बीचमा एउटा भने कालो रञको भेडा छ । -एजेन्सीको सहयोगमा

  • टर्कीको एक परिवार, जाे चार खुट्टा भएका जनावरहरू जस्तै हिँड्छन्

    टर्कीको एक परिवार, जाे चार खुट्टा भएका जनावरहरू जस्तै हिँड्छन्

    इस्तानबुल, १४ भदौं
    टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ ।

    यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ । वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा हिँड्छन्।

    समाचार अनुसार सन् २००६ मा यस परिवारलाई लिएर एउटा डकुमेन्ट्री फिल्म पनि बनेको थियो, जसको नाम ‘द फॅमिली द वाक्स अन अल फोर्स’ थियो । डकुमेन्ट्री बनेपछि यो परिवारमाथि धेरै अनुसन्धान भइसकेको छ ।

    न्युयोर्क टाइम्सका अनुसार यस टर्किस परिवारको जीवनशैलीलाई डकुमेन्ट्री फिल्ममा देखाइएको छ । चलचित्रमा यो परिवारका सदस्यलाई सामान्य मानिसजस्तै हात खुट्टामा हिँडेको र अन्य काम गरेको देखाइएको छ ।

    बीबीसीका अनुसार परिवारका सदस्यहरू सामान्य रूपमा सोच्ने, बोल्ने र खानपिन गर्ने, उनीहरूको हिड्ने तरिका मात्र सामान्य मानिसभन्दा फरक छ । लन्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) का प्रोफेसर हम्फ्रेलाई उद्धृत गर्दै चार बहिनी र एक भाइ असामान्य लक्षणका साथ जन्मिएको बताएको छ।

    परिवारका एक सदस्यको मृत्यु भइसकेको भए पनि प्रोफेसर हम्फ्रेले उक्त घटनामा आधुनिक मानिस पशुको अवस्थामा फर्किने आशा कहिल्यै नगरेको बताए ।

    यो परिवारका सदस्यहरु यस्तो भएको देख्दा अचम्म लाग्छ । तर, पीडित परिवारले भोग्नुपरेको कठिनाइको बारेमा पनि उनले सामान्य व्यक्तिको तुलनामा यस परिवारका सदस्यले हिँडडुल गर्न निकै कठिनाइ भोग्नुपरेको बताए । परिवारका धेरै व्यक्ति मानसिक रूपमा अपांग छन् र उनीहरूले शरीरलाई राम्रोसँग सन्तुलन गर्न सक्दैनन् तर धेरै वैज्ञानिकहरूले यसलाई रिभर्स इभोल्युसन मान्छन्।