Category: विचित्र संसार

  • ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    राेम, १ वैशाख-

    पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

    अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

    मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् ।

    ‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

    ‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन ।- एजेन्सी

     

  • च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    एजेन्सी, चैत २५ –
    बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो ।

    यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।

    वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्दा र तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातिमा गरेको अनुसन्धानबाट यो पुष्टि भएको हो ।

    उनले च्याउका ४ प्रजातिको विद्युतीय क्रियाकलापका बारेमा अधययन गरेका थिए । ती चार प्रजातिमा एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी हुन् ।

    शोधकर्ताका अनुसार च्याउको विद्युतीय तरंग मानिसको भाषाजस्तै हुने गर्दछ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित उक्त शोध प्रतिवेदन अनुसार च्याउको शब्दकोषमा कुल ५० शब्द हुन्छन् र तिनै शब्दको प्रयोग गरेर च्याउहरू आपसमा संवाद गर्दछन् ।

    वैज्ञानिकका अनुसार च्याउले एक आपसमा मौसम तथा आसन्न खतराहरूका बारेमा कुराकानी गर्दछन् । – एजेन्सी

  • के मानिसको मृत्युपछि आत्मा पनि मर्छ ?

    के मानिसको मृत्युपछि आत्मा पनि मर्छ ?

    एजेन्सी, फागुन –
    संसारमा कुनै पनि वस्तुको जन्म भयो भने समयपछि नष्ट हुनै पर्छ । मानिस जसरी जन्मन्छ, मृत्युको समय पनि तय हुन्छ । तर, जीवन र मृत्युलाई लिएर संसारमा विभिन्न प्रकारका विश्वास र मत सुनिन्छन् ।

    संसारका हरेक धर्ममा पनि मृत्युपछिको अवस्थालाई विभिन्न तरिकाले व्याख्या गरिएको छ । जीवन र मृत्युको बारेमा आध्यात्मिक नेताहरू र वैज्ञानिकहरू बीच सधैं मतभेदहरू छन् । जहाँ धार्मिक मान्यताले मृत्युपछि शरीर मात्र मर्छ, आत्मा कहिल्यै मर्दैन भनी भन्छ ।

    अर्कोतर्फ, विज्ञानले मानिसको मृत्युपछि आत्माको अस्तित्वलाई स्वीकार गर्दैन । यस्तो अवस्थामा एक ब्रह्माण्डविद्ले जीवन र मृत्युको सम्बन्धलाई लिएर यस्तो दाबी गरेका छन्, जुन थाहा पाएपछि तपाईं अचम्ममा पर्नुहुनेछ ।

    यस्तो छ दाबी :
    ब्रह्माण्डविद् डा. सीन क्यारोलले जीवन र मृत्युको बारेमा चकित पार्ने दाबी गरेका छन् ।

    क्यारोलका अनुसार यदि सबै कुरा विज्ञानको नियम अनुसार हुन्छ भने मानिसको मृत्युपछि कुनै पनि जीवन सम्भव छ भन्ने भौतिक विज्ञानमा सम्भव छैन ।

    प्रोफेसर क्यारोलले आफ्नो जीवनको अधिकांश समय भौतिक विज्ञानको अध्ययनमा बिताएका छन् । प्रोफेसरले आफ्नो अध्ययनको आधारमा यदि मानिसको मृत्यु भयो भने उसको चेतना यस ब्रह्माण्डमा रहन सक्दैन भनेका छन् ।

    साइन्टिफिक अमेरिकनमा डा। क्यारोल लेख्छन्, धार्मिक मान्यताअनुसार मानिसको मृत्युपछि आत्मा कुनै न कुनै रूपमा यही वातावरणमा रहन्छ भन्ने दाबी गरिन्छ । अब विज्ञानको एउटा शाखा, भौतिक विज्ञानको नियमको आधारमा जीवनलाई बुझ्यौं भने मृत्युपछि हाम्रो दिमागमा रहेको जानकारीलाई कायम राख्ने कुनै उपाय छैन।

    यद्यपि, सबै वैज्ञानिकहरूले प्रोफेसर क्यारोलको दृष्टिकोणलाई समर्थन गर्दैनन् । मानव मस्तिष्कमा अझै धेरै अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    धर्ममा आत्मालाई अमर मानिन्छ। यस्तो अवस्थामा प्रोफेसर क्यारोलको यो दाबीले विवाद निम्त्याउने देखिन्छ ।

    संसारका हरेक धर्मले कुनै न कुनै रूपमा आत्माको अस्तित्वलाई संकेत गर्दछन् ।

    भगवानमाथि विश्वास नगर्न आफूले नभनेको तर, विज्ञानको यो विषयमा भने आफ्नो अलग्गै तर्क रहेको प्रोफेसर क्यारोल बताउँछन् । – एजेन्सी

  • युवतीहरुलाई कसरी प्रभावित गर्ने र प्रेम गर्ने भन्ने विषयमा ट्युसन पढाउने यी महिला

    युवतीहरुलाई कसरी प्रभावित गर्ने र प्रेम गर्ने भन्ने विषयमा ट्युसन पढाउने यी महिला

    एजेन्सी, फागुन –
    एकजना ब्रिटिस मोडेलले कसरी युवतीहरुलाई प्रभावित गर्ने र कसरी प्रेम गर्ने भन्ने विषयमा ट्युसन नै पढाउने गरेकी छिन् ।

    उनले आफ्नो कक्षामा कस्तो कस्तो व्यवहारले केटीहरुलाई प्रेममा पार्न सकिन्छ भन्ने सिकाउने गरेकी छिन् । केटी पट्याउने कला सिकाउने उनको यो ट्युसन कक्षाको शुल्क पनि चर्को छ । एक घण्टाको शुल्क झण्डै ५० हजार रुपैयाँ बराबर पर्न आउँछ ।

    केजिया नोबल नामकी ती मोडेलले डेटिङ र आकर्षणका बारेमा प्रशिक्षण दिने गरेकी छन् । बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार केजियाले १५ वर्षको उमेरमा पढाई छाडेकी थिइन् । त्यसपछि मोडलिङमा लागेकी उनी आफ्नो प्रशिक्षण पेशामा पनि निकै रमाएकी छिन् । यसबाट उनले मनग्गे कमाएकी छिन् ।

    समाचारमा उल्लेख भए अनुसार सन् २००६मा केजिया लण्डनको एक बारमा बसिरहेकी थिइन् । त्यहीँबेला उनको मनमा गर्लफ्रेण्ड कसरी बनाउने भन्ने बारेमा ट्युसन पढाउन सकिन्छ भन्ने सोच आयो । त्यतिबेला उनको उमेर २५ वर्षको थियो ।

    त्यहीबेला उनको नजिकै एकजना युवक आयो । सिंगल केटाहरुले गरेको च्याटको फिडब्याक दिन सक्छौ ? भनेर उसले सोध्यो । वास्तवमा त्यो युवक बुटक्याम्पको हिस्सा थियो ।

    सो बुटक्याम्पमा केटाहरुलाई केटीसँग कसरी कुराकानी गर्ने भन्ने तालीम दिइन्थ्यो । त्यहीबेला केजियालाई थाहा भयो कि व्यक्तित्व विकास सम्बन्धी उद्योगमा महिलाहरुको अभाव छ । त्यस क्षेत्रमा ठूलो सम्भावना देखेपछि उनले आफ्नो त्यो अनौठो व्यवसाय सुरु गरिन् ।

    केजिया एक युट्युब च्यानल चलाउँछिन् । त्यसमा उनले केटीहरुसँग कुरा गर्दा केटाहरुले कस्ता कस्ता गल्ती गर्छन् भनेर बताउँछिन् । उनको युट्युब च्यानलमा ४ लाखभन्दा धेरै सब्सक्राइबर्स छन् । यतिमात्र होइन उनले आफ्नो अफिसमा २५ जनालाई जागिर पनि दिएकी छिन् । उनीहरु डेटिङ वर्कसप सञ्चालन गर्दछन् ।

    यो अनौठो व्यवसायबाट केजियाले अहिलेसम्म १५ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेकी छिन् । कोरोना महामारीका बेला उनले आफ्नो यो प्रशिक्षणलाई अनलाइनमा सञ्चालन गरिन् । अनौठो त के भने केटी कसरी पट्याउने भन्ने तालिम दिने केजिया आफै डिभोर्सी हुन् । उनको ६ वर्षको छोरा पनि छ । – एजेन्सी

  • संसारकै सबैभन्दा ठूलो स्ट्रबेरी

    संसारकै सबैभन्दा ठूलो स्ट्रबेरी

    एजेन्सी, २०७८ फागुन
    इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो । त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो ।

    ‘यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले यसलाई १ वर्षसम्म फ्रिजिङको रुपमा राख्यौ । यो हुनुुपर्ने जत्तिको लामो थिएन,’ एरियलले बताए ।

    यो स्ट्रबेरीलाई स्थानीय भाषमा इलान भनिन्छ र यो ठूलो आकारमा बढ्ने गर्छ । यो ठूूलो आकारको फल एक वर्ष अगाडि जस्तो आकारको थियो, त्योभन्दा आधा भएको एरियलले बताए ।

    यस अघि विश्वकै ठूलो स्ट्रबेरीको उपाधी सन् २०१५ मा जापानको फुकुुओकामा फलेको स्ट्रबेरीको नाममा थियो । उक्त स्ट्रबेरीको आकार २५० ग्राम थियो । यो समाचार पाएपछि आफु नाचेको, बुुर्किसी मारेको, हासेको र गीत गाएको उनले बताएका छन् । ‘गिनिज बुुक रेकर्डमा समावेश हुन पाउँदा हामी खुसी भएका छौँ,’ उनले भने ।- एजेन्सी

  • अन्तिम संस्कारको विज्ञापनमा नग्न मोडल राखिएपछि…

    अन्तिम संस्कारको विज्ञापनमा नग्न मोडल राखिएपछि…

    रुस फाल्गुन ७

    रुसमा अन्तिम संस्कारको सेवा दिने एक कम्पनीको विज्ञापनमा विवाद भएको छ । कम्पनीको एक विज्ञापनमा कफिनसँग बिकिनी लगाएका महिलालाई देखाइएको छ । केही महिला कफिनमा पल्टिएको पनि देखिएका छन् । यस्तै, विज्ञापनमा केही महिलालाई नग्न पनि देखाइएको छ ।

    यो विज्ञापन सोसल मिडियामा भाइरल हुने बित्तिकै प्रयोगकर्ताले मस्कोस्थित यो हिरोनिम अन्डरटेकर्स कम्पनीलाई ट्रोल गर्न सुरु गरेका छन् । कम्पनीले हालै आफ्नो इन्स्टाग्राम र टिकटक अकाउन्टमा ४२ सेकेन्डको विज्ञापनको भिडियो सेयर गरेको थियो । कतिले शोकमा पनि सेक्स बिक्छ भनेर प्रश्न सोधिरहेका छन् ।

    भिडियोमा बिकिनी लगाएका मोडल कफिनसँगै उभिएका देखिएका छन् । मोडलहरु कफिनमाथि आपत्तिजनक स्थितिमा सुतिरहेको पनि देखिएका छन् । यो विज्ञापनमार्फत् कम्पनीले आफूले प्रदान गर्दै आएको सेवाको प्रोमोट गरिरहेको थियो । – बिभिन्न एजेन्सीको सहयोगमा