Category: मनोरञ्जन

  • प्रियंका चोपडाले खुलाइन् बलिउड छाडेर अमेरिका जानुको कारण

    प्रियंका चोपडाले खुलाइन् बलिउड छाडेर अमेरिका जानुको कारण

    काठमाडौं, पुस १६ –
    बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउड छाडेर अमेरिका जानुको कारण खुलाएकी छन्।

    उनले डेक्स शेफर्डको पोडकास्टमा आफूले चाहे जस्तो फिल्म नपाएपछि र इन्डस्ट्रीमा राजनीति बढेपछि बलिउड छाडेको बताएकी हुन्।

    ‘बलिउडमा मैले काम पाइरहेको थिएँ। तर म खुशी थिइनँ। म यसबारे पहिलो पटक कुरा गर्दैछु किनकि मलाई यसबारे कुरा गर्न असुरक्षित महसुस हुन्थ्यो,’ उनले भनिन्।

    उनले बलिउड छाड्नुकाे कारण बताउँदै भनिन्, ‘मलाई देसी हिट्सकी अञ्जली आचार्यले एक म्युजिक भिडिओ देखाएकी थिइन्। त्यतिबेला म सात खून माफको छायांकन गरिरहेकी थिएँ। अञ्जलीले मलाई अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहन्छौ भनेर सोधिन्। म त्यतिबेला बलिउडबाट भाग्ने अवसरको खोजीमा थिएँ।’

    ‘मलाई इन्डस्ट्रीले एक कुनामा धकेलिरहेको महसुस भइरहेको थियो। फिल्मकर्मीहरू मलाई कास्ट गर्न छोडिसकेका थिए। मबाट फिल्मकर्मीहरू असन्तुष्ट थिए। म त्यस्तो खेल खेल्न सक्दिन थिएँ। त्यसैले बलिउडको राजनीतिबाट थाकिसकेको थिएँ र म ब्रेक लिन चाहन्थेँ,’ उनले भनिन्।

    प्रियंकाले आफ्नो अभिनय करियर छाडेर गीत गाउन सुरू गरेकी थिइन्। कामको खोजीमा उनी अमेरिका पुगेकी हुन्।

    उनले एबिसीको सिरिज ‘क्वांटिको’ मा काम गरेकी थिइन्। जसले उनलाई विश्वभर चिनायो। हाल प्रियंका अन्तर्राष्ट्रिय फिल्मसँगै शो पनि गरिरहेकी छन्।

    उनी हलिउड स्पाइ वेब सिरिज ‘सिटाडेल’ र ‘लभ अगेन’ मा देखिनेछिन्। योसँगै उनी बलिउड फिल्म ‘जि ले जरा’ मा देखिनेछिन्।

  • तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

    तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

    काठमाडौँ, १५ पुस :
    तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

    अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नुहुनेछ । चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङ्गले स्वभावलाई चित्रण गर्छ । हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ । छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।”

    कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताउनुभयो । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउनु हुँदैछ । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उहाँले बताउनुभयो ।

    “उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ । एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ”, तामाङले भन्नुभयो ।

    काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।

  • सिकन्दरको टिजरले तोड्यो पुष्पा २ को रेकर्ड

    सिकन्दरको टिजरले तोड्यो पुष्पा २ को रेकर्ड

    मुम्बई, पुस १५ –
    सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज गरेका हुन् ।

    फिल्ममा सलमानको दमदार एक्सन हुनेछ, यो टिजरको पहिलो झलकमा नै स्पष्ट हुन्छ । यो टिजरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् तर सिकन्दरको टिजरले युट्युबमा आएलगत्तै हलचल मच्चाएको छ । यो टिजर ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको थियो ।

    सलमान खानको फिल्म सिकन्दरको टिजरलाई २४ घण्टामै युट्युबमा ४२ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ । एक दिनपछि यो टिजर ५ करोडभन्दा बढी पटक हेरिएको छ र यो संख्या लगातार बढिरहेको छ ।

    सिकन्दरको टिजरले अल्लु अर्जुनको फिल्म पुष्प २ को टिजरको रेकर्ड तोडेको छ । पुष्पा २ को टिजरलाई २४ घण्टामा ३९.३ मिलियन भ्युज प्राप्त भएको थियो । सालार पार्ट: १ को टिजर यस सूचीमा पहिलो नम्बरमा छ। चलचित्रको टिजरलाई २४ घण्टाभित्र ८३ मिलियन भ्युज प्राप्त भएको थियो ।

    सिकन्दरको टिजर पाँचौँ नम्बरमा आएको छ । योसँगै शाहरुख खानको डन्की छैटौँ स्थानमा छ । यो फिल्मको टिजरले २४ घण्टामा ३६.८ मिलियन भ्युज पाएको छ ।

    सिकन्दरलाई एआर मुरुगादासले निर्देशन गर्दैछन् । फिल्ममा सलमान खानसँग रश्मिका मन्दाना देखिने छिन् भने काजल अग्रवालको पनि महत्त्वपूर्ण भूमिका छ ।

    टिजरमा यी दुई सुन्दरीको झलक देखाइएको छैन । यस्तो अवस्थामा फ्यानहरू अब ट्रेलरको प्रतीक्षामा छन् । सलमान खानको यो फिल्म सन् २०२५ को ईदको अवसरमा थिएटरमा रिलिज हुनेछ ।

  • ‘ऊनको स्वीटर’को ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा

    ‘ऊनको स्वीटर’को ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा

    काठमाडौं, पुस १४ –
    चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको छ । रिलिजको दुई दिनपछि ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको हो ।

    गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर छ । हर्क साउदको शब्द रचना र गायक चापागाईँकै संगीत रहेको छ ।

    ‘मखमली’ गीतले चलचित्रका अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई देखाएको छ ।

    वि.सं. २०८२ वैशाख २६ गते रिलिज हुने चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहनेछ ।

    चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् ।

  • रिलिजको २४ घण्टामै ‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा

    रिलिजको २४ घण्टामै ‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा

    काठमाडौं, पुष १४ –
    नेटफ्लिक्सको बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’को सिजन २ यतिबेला स्ट्रिमिङ भइरहेको छ । नेपालमा समेत यो सिरिजलाई हेर्ने दर्शकको संख्या उल्लेख्य छ ।

    नेटफ्लिक्सले आधिकारिक तथ्यांक त सार्वजनिक गरिसकेको छैन । यद्यपि, प्रिमियर भएको दिन २६ डिसेम्बरदेखि यो सिरिज विश्वभर धेरै हेरिने श्रृंखला बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    रिलिजको भएको २४ घण्टाभित्रै ९२ मुलुकमा यो श्रृंखला धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । यो सूचीमा अमेरिका, भारत, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, थाइल्याण्ड, ब्राजिल, फ्रान्स, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना लगायतका मुलुक छन् । न्युजिल्याण्डमा यो श्रृंखला दोस्रो स्थानमा छ ।

  • ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई दिइयो २ करोड

    ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई दिइयो २ करोड

    काठमाडौं, पुस ११ –
    दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई फिल्मका टिमले २ करोड भारू दिएका छन्।

    अभिनेता अल्लू अर्जुनका बुबाका अनुसार अल्लू अर्जुनले मात्रै १ करोड भारू दिएका छन्। पुष्पाका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले ५०/५० लाख भारू दिएका हुन्।

    ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका छन्। एक महिलाको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका थिए।

    केही दिनअघि हैदराबाद प्रहरीले अल्लू अर्जुनलाई पक्राउ पनि गरेको थियो। तर तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि धरौटीमा छाडेको हो।

  • नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदै फिल्म ‘लाज शरणम्’

    नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदै फिल्म ‘लाज शरणम्’

    काठमाडौँ, पुस ११ –
    चर्चित हास्य सिरियल ‘सक्किगोनि’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरिने भएको छ । यसका लागि सेभेन सिज इन्टरनेसनलले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

    सेभेन सिजले भारतबाहेकको वितरण अधिकार लिएको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनको तर्फबाट अर्जुन घिमिरे (पाँडे) र वितरण कम्पनीका प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्याट्रिकका अनुसार फिल्मलाई विदेशमा दुई चरणमा रिलिज गरिनेछ । आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा फिल्म रिलिज हुने उनले जानकारी दिए ।

    कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगीसँगै ‘सक्किगोनि’ समूहबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतको अभिनय छ ।

    नवीन श्रेष्ठ निर्माता रहेको फिल्ममा राम नरेश शाह र श्रीजना खड्का भने सह–निर्मातामा छन् । सुदीप बरालले फिल्मको छायांकन गरेका हुन् । निर्देशक कट्टेल स्वयंको लेखन रहेको फिल्मलाई डोल्पा र काठमाडौँमा छायांकन गरिएको हो । फिल्मले सामाजिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।

  • ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रस कलेक्सन ८५ करोड

    ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रस कलेक्सन ८५ करोड

    काठमाडौं, पुस १० –
    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।

    ७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मिपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ ।

    यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । “बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,” ।

    ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ ।

    भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो ।

    सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

    महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

  • भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउँदै

    भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउँदै

    काठमाडाैं पुस ८,

    भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

    पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताएका हुन् ।

    उनले भनेका छन्, ‘मैले नेपाली गीत धेरै गाएँ पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।’

    आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए ।

    १२ हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसक्नुसकेको निर्देशक घिमिरेले जानकारी दिए ।

    गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् ।

    कार्यक्रमका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ ।

  • एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

    एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

    काठमाडौँ, पुस ६ –
    समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् ।

    उनी बुटवलमा आयोजित एक मेलामा प्रस्तुतिका लागि त्यहाँ पुगेकी हुन् । विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ ।

    जुन भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।

    उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु ९जसले भिडियो बनाए०को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’