Category: पर्सा

  • पर्सामा निसास्सिएर २ युवकको मृत्यु

    पर्सामा निसास्सिएर २ युवकको मृत्यु

    २७ पुस, वीरगञ्ज –
    पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।

    बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डीएसपी गिरीले बताए ।

  • कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

    कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

    काठमाडौं। पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

    आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

  • पर्सामा चिसोले जनजीवन प्रभावित

    पर्सामा चिसोले जनजीवन प्रभावित

    पर्सा, २१ पुस –

    दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

    दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

    चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । “अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्”, उहाँले भन्नुभयो । उहाँले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिनुभयो ।

    चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।

  • बस्तीमा वन्यजन्तुको त्रासः जोखिमबाट जोगाउने योजना बनाउन आग्रह

    बस्तीमा वन्यजन्तुको त्रासः जोखिमबाट जोगाउने योजना बनाउन आग्रह

    काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज नजिकै रहेको निजगढ नगरपालिका–३, सिंगौलस्थित सूर्यमानमा असोज पहिलो साता साँझपख बस्ती नजिकै बाघ देखियो । नजिकै रहेको रौतहट जिल्लामा पाटेबाघले मान्छे खायो भन्ने हल्लाले सुनेका स्थानीयले बाघ देखेपछि झनै त्रसित भए ।

    यस्तै निजगढ नगरपालिका–१३, डम्बरपुर र साबिक रतनपुरी गाविसमा दशैतका बाटनै बाघ देखा परेको थियो तर निकुञ्ज नजिक रहेकाले बाघ देखा पर्नु सामान्य मानेका स्थानीय अहिले त्रसित भएका छन् । बिगत १५ दिनमा करिब दुई दर्जन बाख्रा गाँउमै पसेर बाघले खाएपछि स्थानीय त्रसित भए।

    त्यस घटनापश्चात् पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएनन् । साँझ ढुक्कका साथ सुत्नै सकेनन् । यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्। तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि निकुञ्ज नागरिकलाई सचेत गराउँदैन ।

    पछिल्लो समय हात्तीले निजगढ तथा कोल्हवी नगरपालिकामा घर तथा बालीको क्षति गरेको तथा पाटेबाघ खुल्ला सडकमा देखिएकाले मानविय क्षेती भविष्यमा हुन नदिन लागी निकुञ्जको गस्ती बढाउन तथा जनचेतनाको लागी स्थानिय एफएम तथा अन्लाईन समेत प्रयोग गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई कार्यलयमा पुगेर आग्रह गरेका छन् ।

    मैनालीले महानिर्देशक डा. ढकाललाई भने, ‘निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढनु राम्रो हो तर बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन दीर्घकालीन योजना तयार गर्न र हाल भएको क्षेतीको क्षेतिपुर्ति दिन समेत उनले आग्रह गरे ।’ संघीय संसद मैनालीले भविष्यमा मानवीय क्षती लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढन समेत माननीय मैनालीले अनुरोध गरेका छन् ।

    वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटक-पटक क्ष्यति गर्दा पनि पर्सा राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन । बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्षति गर्ने गरेको स्थानीयको भनाइ छ । बाघले जनावर खाँदासमेत निकुञ्जले वन्यजन्तुबाट बस्तीलाई सुरक्षित राख्ने क्रियाकलाप नगरेको स्थानीय बताउँछन् ।

    ‘कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ स्थानीय तिलक घलानले भने, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

  • करेन्ट लगाएर पर्सामा आफ्नै श्रीमतीको हत्या

    करेन्ट लगाएर पर्सामा आफ्नै श्रीमतीको हत्या

    काठमाडौं । करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् ।

    कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।

    घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

  • बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या

    बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या

    काठमाडौं, पुस ६ –

    पर्सामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

    जिराभवानी गाउँपालिका-४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।

    उनी बुधबार बिहान ४ बजे घरमा गम्भीर अवस्थामा भेटिएका थिए। उनलाई सोही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा कुटपिट गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

    खबर पाएपछि नजिकैको प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य कमान्डको टोली खटिएको थियो।

    उक्त टोलीले घाइते सैमुल्लाहलाई नारायणी अस्पताल वीरगन्जमा पुर्‍याएका थिए। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

    डिएसपी दीपक गिरीका अनुसार घटना गएराति ११ बजे भएको थियो। साबिर राउतको विवाहमा सैमुल्लाह पनि गएका थिए।

    सैमुल्‍लाहले विवाहमा नाचगान गरिरहेका व्यक्तिलाई नाच्न नदिएको प्रहरीले जनाएको छ।

    त्‍यसरी विवाद हुँदा सोही ठाउँका जाजुल राउत गद्दी समेतले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गिरीले बताए।

    यस घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

  • मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

    मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

    वीरगञ्ज, ३ मंसिर –

    मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।

    जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।

    पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।

    गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

    उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । न्युज कारखाना

  • सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

    सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

    वीरगञ्ज, २९ कात्तिक 
    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ ।

    नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार मुख्य नाकामा विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।

    निर्वाचनलाई विथोल्न विष्फोटक पदार्थ तथा साना हातहतियारको प्रयोग हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सीमानाकामा सुरक्षा सर्तकता बढाइएको प्रजिअ ढकालले बताए । मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया, सिर्सिया छोटी भन्सार नाकामा तालिम प्राप्त कुकुर सहितको टोलीले नियमित गस्ती र चेकजाँच गरिरहेको छ उनले भने ।

    नेकपा विप्वल लगायत केही साना राजनीतिक समूहले निर्वाचन विथोल्ने निर्णय गरेको र विभिन्न ठाउँमा निर्वाचन वहिष्कार गरौ भन्ने नारा सहित वालपेन्टिङ गरेका छन् । खुला सीमाको कारण बिष्फोटक पदार्थ र साना हतियारको ओसारपोसार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्सा र बाराको सुरक्षा निकायले सतर्कता र निगरानी बढाएको प्रजिअ ढकालले बताए ।

    निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाएर लागु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । पर्सामा निर्वाचन अवधिभर करिव ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।

  • डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

    डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

    २७ कात्तिक, वीरगञ्ज –
    डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

    जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

    थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

    हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

  • चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

    चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

    वीरगञ्ज, १ कार्तिक –

    प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

    यसैगरि पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए । न्युज कारखाना