Category: राप्ती

  • ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    चितवन, ३ असार

    पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान पुर्याउनुहुने १८ व्यक्तित्वको योगदानका बारेमा चर्चा गरियो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले भूराजनीति समाजसेवा भएकाले जनप्रतिनिधिले राज्यबाट सेवा–सुविधा लिनु उचित नहुने बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले पुर्खाहरूको निःस्वार्थता, अनुशासन र प्रेरणाबाट पूर्वी चितवनको विकास सम्भव भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति, साहित्यको उन्नयनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री सावित्रीदेवी बोगटीले विमोचित पुस्तकले चितवनको इतिहासलाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखक राष्ट्रिय समाचार समितिका सञ्चालक समितिको सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले अग्रजहरूको योगदान इतिहासको दस्तावेज भएकाले यसलाई भावी पुस्तासम्म पुर्याउन पुस्तकहरूको प्रकाशन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

    पुस्तकमाथि समालोचना गर्दै चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकले पूर्वी चितवनको इतिहासलाई जीवन्त राखेको र यस पुस्तकमा छुटेका थुप्रै व्यक्तित्वहरूलाई समेट्न अर्काे संस्करण प्रकाशन गर्न सुझाव दिनुभयो ।

    वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूका बारेमा चर्चा गर्नुभयो ।

    पुस्तकमा पूर्वी चितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ । पूर्वी चितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्याउनेहरूका बारेमा पुस्तकमा उल्लेख छ । पुस्तक एक सय ४० पृष्ठको रहेको छ । – (रासस)

  • ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीबाट प्रेमीकाको हत्या

    ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीबाट प्रेमीकाको हत्या

    काठमाडौं । प्रेमीसँग सामान्य विषयमा विवाद हुँदा काठमाडौंमा एक जना युवती हत्याको गरिएको छ ।

    काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

    चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

    जिल्ला प्रहरी परिसर, रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरू केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरूबीच झगडा अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

  • चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवन, जेठ १७ –
    संघीय सरकारबाट चितवनका सात पालिकाले साढे चार करोड बढी अनुदान पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात पालिकालाई ४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ अनुदान दिने भएको हो ।

    जसमा भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख रुपैयाँ विशेष अनुदान पाएको छ ।

    कालिका नगरपालिकाले संघीय सरकारबाट जम्मा ४२ लाख ७० हजार अनुदान पाउने भएको छ । कालिकाले समानीकरण अनुदानमा १३ लाख ४९ हजार, ससर्त अनुदानमा २६ लाख ९६ हजार, विशेष अनुदानमा एक लाख ५० हजार र समपूरक अनुदानमा ७५ हजार रूपैयाँ अनुदान पाउने भएको छ ।

    खैरहनी नगरपालिकाले पनि ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १५ करोड ७६ लाख समानीकरण, २४ लाख १४ हजार सशर्त, २ करोड विशेष र ८० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।

    माडी नगरपालिकाले ४७ लाख ५१ हजार अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ । माडी नगरपालिकाले समानीकरण अनुदानमा १२ लाख १५ हजार, ससर्त अनुदानमा ३३ लाख छ हजार, विशेष अनुदानमा एक लाख ८० हजार र समपूरक अनुदानमा ५० हजार रूपैयाँ संघीय सरकारबाट पाउने भएको छ ।

    रत्ननगर नगरपालिकाले ५७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १८ करोड १४ लाख समानीकरण, ३६ करोड २० लाख सशर्त, १ करोड ६० लाख विशेष र १ करोड २० लाख समपुरक अनुदान रहेको छ ।

    राप्ती नगरपालिकाले ५३ लाख ५९ हजार अनुदान पाउने भएको छ । संघीय सरकारबाट राप्ती नगरपालिकाले समानीकरण अनुदानमा १६ लाख ४ हजार, ससर्त अनुदानमा ३४ लाख ७५ हजार, विशेष अनुदानमा दुई लाख र समपूरक अनुदानमा ८० हजार रूपैयाँ पाउने भएको छ ।

    इच्छाकामना गाउँपालिकाले ३९ लाख नौ हजार रूपैयाँ अनुदान पाउने भएको छ । संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि इच्छाकामनाले समानीकरणमा ९ लाख ८७ हजार, ससर्त अनुदानमा २६ लाख ७ हजार, विशेष अनुदानमा एक लाख ५० हजार, समपूरक अनुदानमा एक लाख ६५ हजार पाउने भएको छ ।

  • चितवनमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

    चितवनमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

    चितवन जेठ १७
    चितवनको राप्ती नगरपालिकामा ट्रकको ठक्करबाट मंगलबार राति एक वृद्धको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ४ मार्ताल पुल नजिक ट्रकले साइकलयात्रीलाई राति करिव पौने १० बजे ठक्कर दिएको थियो ।

    पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय अन्दाजी ६५ वर्षिय हरि प्रसाद पाण्डे गम्भीर घाइते भएका थिए । घाइते पाण्डेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्करदिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • चितवन राष्ट्रिय निकुञ्जमा  हालसम्मकै धेरै पर्यटक भित्रिए

    चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

    चितवन बैशाख १९

    चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा रु १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ ।

    आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको छ ।

    तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । जसले रु दुई लाख एक हजार चार सय २१ राजस्व बुझाएका थिए ।

    पर्यटकको सङ्ख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भन्नुभयो, “पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको सङ्ख्या बढेको छ ।”

    सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताउनुभयो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उहाँले निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताउनुभयो । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई सङ्घको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उहाँको भनाइ छ ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताउनुभयो । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उहाँले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैँ सहकार्य गर्न तयार छ ।”

    चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो ।

    हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् ।

  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्न थाल्यो

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्न थाल्यो

    चितवन वैशाख,१८
    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ ।

    निकुञ्जले गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष अझै ३ महिना बाँकी रहेकाले गत वर्षको दोब्बर राजस्व संकलन हुने निकुञ्जको विश्वास छ ।

    पछिल्ला दश वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ राजस्व संकलन भएको थियो ।

    गत साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा दुई लाख २१ हजार ५०३ पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्रका र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेका निकुञ्जले जनाएको छ ।

    यसअघि गत आर्थिक वर्षमा १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ र कोरोना भाइरसको महामारी फैलिएको समय आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

    पछिल्ला वर्षहरुमा विदेशीभन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुम्ने क्रम बढेको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । कोभिड–१९ महामारीपछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

    संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा खर्च गराउँदै आएको छ । वन्यजन्तुले मानव तथा मानववस्ती र खेतीबालीमा पुर्याएको क्षतिको क्षतिपूर्ति रकमसमेत दिँदै आएको छ । गत आर्थिक वर्षमा निकुञ्जले क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिएको थियो ।

  • मिटरब्याजपीडितका लागि निवेदन आह्वान

    मिटरब्याजपीडितका लागि निवेदन आह्वान

    काठमाडौँ, १४ वैशाख-
    अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ।

    आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मिटरब्याज पीडितहरूबाट निवेदन आह्वान गरिएको जनाएको छ। यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जनाएका छन्।

    आयोगले भनेको छ, ‘पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाण सहित भएको ब्यहोरा खुलाई अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ।’

    यसका लागि सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडत सहायता कक्ष पनि स्थापना गरिएको छ। सहायता कक्षमा निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको छ।

    निवेदन दिन आयोगले १५ दिनको म्याद दिएको छ। यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिनेछ।

    आयोगले वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गर्दै छ। त्यही दिनदेखि कामकाज पनि शुरू हुने जनाएको छ।

    तराई–मधेशका जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि गत चैत २० गते सरकारले कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले कामकाज शुरू गरिसकेको अध्यक्ष कार्कीले जानकारी दिए। रासस

  • जनताले शिक्षा र स्वास्थ्य सेवा निशुल्क पाउछन् : प्रमुख लामा

    जनताले शिक्षा र स्वास्थ्य सेवा निशुल्क पाउछन् : प्रमुख लामा

    चितवन,बैशाख ६
    जनताले शिक्षा र स्वास्थ्य सेवा निशुल्क पाउने कुरामा कुनै दुइमत नभएको राप्ती नगर प्रमुख शमशेर लामाले बताए । बुधवार विशेष कार्यक्रमको आयोजनामा राप्ती नगरपालिकाको समन्वयमा भएको जनतासंग मेयर कार्यक्रममा प्रमुख लामाले जनताले आफु स्वस्थ्य भएको महसुश गर्नेछन् अनि शिक्षामा निशुल्क सेवा पाउनेछन् भन्दै यहि बर्ष देखि निशुल्क शिक्षा र स्वास्थ्यको लागी काम अघि बढ्ने बताए ।

    राप्ती नगरपालिका वडा नं ७ को घडेरी डाडामा भएको कार्यक्रममा स्थानियले विद्यालयले अझै पनि शुलक लिएको , औषधि सवै निशुल्क नपाइएको , जनता आवास कार्यक्रममा किन छुटइएको तथा कृषकको लागी बिशेष योजना नल्याएको भन्दै गुनासो गरेका थिए । प्रमुख लामाले कुनै पनि विद्यालयले शुल्क लिएको भएको तत्काल फिर्ता गर्नको लागी मंगलवारनै निर्देशन दिएको बताए । अब पनि जनताबाट गुनासो आएमा कारवाहिको विकल्प खोजिने भन्दै जानकारी पाएमा जानकारी गराउन अनुरोध गरे । उनले पालिकाको अस्पतालमा निशुल्क स्वास्थ्यको सेवा भइरहेको र थप सुविधा रहेको पनि बताए । उनले अस्पतालमा अव स्वास्थ्य बिमा लागु भएपछि अझ यसको प्रभाव पर्ने बताए ।

    २०८० वाट शिक्षा र स्वास्थ्यको लागी निशुल्क हुने भन्दै ढुक्क हुन अनुरोध गरे । सहभागिले पालिकामा किन प्रमुख प्रशासकिय अधिकृत नटिकेको भन्दा मेयरले भने “कर्मचारी प्रशासन शाखामा कोहि कसैको पनि हात नहुने भन्दै सरुवा बढुवा नियमति प्रकृया हो । यसमा मेयर उप मेयर वा कोहि कसैको सम्वन्ध रहदैन ” पछिल्लो समय राप्तीमा प्रमुख प्रशासकिय अधिकृत फेरिएकोमा जनताको गुनासो रहेको थियो । समयमा जनताले योजनाको माग गर्नुपर्ने, जनताले समस्या सुनाउनु पर्ने र त्यसको लागी समयको बिषयमा ध्यान दिन लामाले अनुरोध गरे । कति ठाउको समस्याको समाधानको लागी आफै पुगेको तर कहि जान नपाएकोमा जनतालेनै सचेत गराउनु पर्ने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले असारको बजेटमा अवाश्यकता र प्राथमिकताको योजना ल्याउन अनुरोध गरिन् । उनले जसको योजना लिखित रुपमा आउछ सो योजनालाइ पहिलो प्राथमिकतामा राख्छु । उनले वडाको प्रत्येका समस्यालाइ प्राथमिकताको आधारमा बजेट व्यवस्थापन गरिने बताइन ।

    वडाले सवै क्षेत्रमा उत्तिकै प्राथमिकताको साथ काम गरेको र सवै समुहलाइ उत्तिकै व्यवस्थापन गर्ने प्रत्यन्त गरेको बताइन । उनले कोहि पनि जनता विकासमा सन्तुष्ट हुनुहुदैन । यो अझ थप परिस्कृत हुदै जानुपर्छ । जनताले चाहेको विकास गर्नमा अझ टेवा पुग्ने उनले बताइन । कार्यक्रममा राप्ती ७ का वडा सदस्य ओम बहादुर पुनले वडागत विकासको लागी जनप्रतिनिधि मात्र नभइ तपाइ हामी जनतापनि सक्रिय हुनुपर्ने बताए । उनले जनताको जागरुपतालाइ हामीले व्यवस्थापन गर्ने हो । यो प्रकृया पोहोर वाट सुरु भयो अव फेरी जारी रहन्छ । पहिलो बर्ष नभएका यो बर्ष हुने र यो बर्ष अर्को बर्षको लागी योजना खोजिने बताए । विस्तारै हुन्छ तर पक्का हुनेछ । कार्यक्रममा वडा नं ७ का वडा सदस्य सलमान तामाङ, मञ्जु थापा मगर , वडा सचिव विर्जलाल डागी , आधारभुत स्वास्थ्य केन्द्र प्रमुख तुलसा डागीले जनतासंग सहजीकरण गरेका थिए ।

  • चितवनको राप्तीमा घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु

    चितवनको राप्तीमा घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु

    भरतपुर – चितवन जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए ।

    “दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भयो”, उनले भने । घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताए ।

    नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको बताए । उनले भने “शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।”

    यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उनले बताए । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन् । रासस

  • चितवनमा पौडी खेल्ने क्रममा एक बेपत्ता, एकको उद्दार

    चितवनमा पौडी खेल्ने क्रममा एक बेपत्ता, एकको उद्दार

    चितवन,चैत १०
    चितवनमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । आज (शुक्रबार) १ : २० बजेको समयमा भरतपुर महानगरपालिका २७ स्तिथ राप्ती नदिमा बेपत्ता भएका हुन् ।

    बर्दिया बारबर्दिया नगरपालिका ९ घर भई हाल भरतपुर २७ स्थित राईनो होटलको कन्सट्रक्सनमा काम गर्ने बर्ष १९ को राजेश चौधरी र सोही स्थानका सोही कन्सट्रक्सनमा काम गर्ने बर्ष १९ को सुन्दर चौधरी नदीमा पौडी खेल्ने क्रममा राजेश चौधरी डुबि बेपत्ता भएका हुन् ।

    उनको ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायक र वडा प्रहरी कार्यलय नारायणगढबाट विपद् उद्दार सहितको टोली खटिई खोज तलास भईरहेको प्रहरीको भनाई छ । त्यस्तै सुन्दर चौधरीको सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।