Category: भरतपुर

  • सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्मेण्ट द्धारा सहयोग हस्तान्तरण

    सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्मेण्ट द्धारा सहयोग हस्तान्तरण

    भरतपुर चैत ३१
    सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्न्ट काठमाण्डौले भरतपुर महानगरपालिका वडा नं. २६ मा रहेको आधारभुत विद्यालय (१-८) कोइलाहाका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको छ । बिधालय शिक्षक अभिभावक संघका अध्यक्ष जनकलाल चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल रहनु भएको थियो । बिशिस्ट अतिथिहरु सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्मेण्ट काठमाण्डौका सस्थापक तथा शैक्षिक निर्देशक रचना थापा ,सस्थापक तथा ब्यवस्थापन निर्देशक आभा शाह र जनरल ब्यवस्थापक सुनिल खनाल रहनुभयको थियो ।

    सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्मेन्टका ११० जना विए.आइ. एच. टी. एम/वि. ए. आइ. सि. ए. बर्ष २०२१ का विद्यार्थीहरुको सक्रियतामा आठ लाख बराबरको शैक्षिक सामाग्री ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, पंङ्खा, खेल सामाग्री, झोला, कापी, कलम, सरसफाइ सामाग्री, स्वास्थ सामग्री बिधालयका सम्पुर्ण विद्यार्थी, हरेक कक्षाकोठा र विद्यालयलाई आवश्यक सामग्री प्रत्यक्ष हस्तान्तरण गरिएको थियो ।

    औपचारिक कार्यक्रमको अगाडि र पछाडी दुबै शैक्षिक सस्थाका बिद्यार्थीहरु एक आपसमा भालाकुसारी गर्दै खेलिरहेको रमाइलो दृष्य अति मनमोहक देखिन्थ्यो । सोही समयमा सहयोगि सस्थाका बिद्यार्थीलेहरुले आ. बि. कोइलाहाका विद्यार्थी र शिक्षकहरुलाई हस्तान्तरित सामग्री विवरण र सो सामग्री को प्रयोग बारे जानकारी सम्मेत गराएका थिए।

    विद्यालयका सहायक प्रधानाध्यापक इश्वरी पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट सस्थाका प्रमुख तथा संस्थापक प्रिन्सिपल समिर थापाले मन्तव्य सगै कार्यक्रम बारे जानकारी गराउदै यस कार्यक्रम को उपयुक्त र भरपुर रुपमा उपयोग गर्नुहुन अनुरोध गर्दै भाबी दिनमा पनि आवश्यक सहयोग र समन्वय निरन्तर रहने जानकारी गराउनु भयको थियो। साथै ,विद्यालयको तर्फबाट प्रधानाध्यापक रामभक्त वाग्लेले धन्यवाद सहित मन्तब्य राख्नुभएको थियो । यस प्रकारको सहयोग कार्यक्रमबाट विद्यार्थी अभिभावक तथा शिक्षकहरु अत्यन्तै खुशी हुदै धन्यबाद समेत दिएका छन् ।

  • उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे वापत सिएमसीलाई बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड

    उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे वापत सिएमसीलाई बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड

    काठमाडौं चैत २७

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो । आज काठमाण्डौंमा आयोजित कार्यक्रममा सिएमसीका प्रशासन निर्देशक प्रताप देवकोटालाई प्रधानमन्त्री ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

    समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, जनचेतना, आकस्मिक उद्धार तथा अन्य सेवाहरु सञ्चालन गर्दै आएको र कोभिड प्रकोपको समयमा समुदाय तहमा निर्वाह गरेको उल्लेखनीय योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो ।

    अवार्ड प्राप्त गरेपछि कान्तिपुर हेल्थसँग प्रतिक्रिया दिंदै निर्देशक देवकोटाले सिएमसीले समाजका लागि गरेको योगदानको कदर भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो अवार्डले हामीलाई थप जिम्मेवार बनाएको छ, आगामी दिनमा समाजका लागि अरु बढी काम गर्ने प्रेरणा मिलेको छ ।” सिएमसीलाई छनोट गरेकोमा निर्देशक देवकोटाले आयोजकलाई धन्यवाद दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउनु पर्ने बताउनुभयो । आजको कृत्रिम बौद्धिकताकोसमेत सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कसैलाई गालीगलौज, बदनाम र भ्रम छर्नका लागि सूचना प्रविधिको प्रयोग गर्नुहुँदैन । यसको प्रयोग मानिसलाई सहज रुपमा सेवासुविधा दिनका लागि हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईंहरुले कन्भिन्स गर्न सक्नुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चेम्बर आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढिरहेको समेत बताउनुभयो ।

    कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।

    सात सय शैयामा सञ्चालित सिएमसीले चितवनमा रहेर अति विशिष्टिकृत सेवा सहितको उपचार सेवा दिंदै आएको छ । कोभिडको समयमा सिएमसीले गरेको योगदानको सर्वत्र प्रशंसा हुने गरेको छ । सिएमसीले भगिनी संस्थाको रुपमा सबै खाले क्यान्सर उपचार हुने गरी सिएमसी क्यान्सर इन्स्टिच्यूट पनि सञ्चालन गरेको छ । जहाँ स्वास्थ्य बीमा, विपन्न उपचार सहित सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार हुने गरेको छ ।

  • नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो

    नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो

     चितवन २७ चैत 
    पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोली निकालेको छ । जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो ।

    दुवै बालबालिका नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

    स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

  • स्टार्स मन्टेश्वरी भरतपुरको १३औं दीक्षान्त समारोह आजः नायिका करिश्मा आउने

    स्टार्स मन्टेश्वरी भरतपुरको १३औं दीक्षान्त समारोह आजः नायिका करिश्मा आउने

    चितवन,चैत २४

    स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले आफ्नो १३ औं दीक्षान्त समारोह आज भव्य कार्यक्रम गरेर मनाउँदैेछ । सिएमटी होटेल भरतपुर १० हाकिमचोकमा विशेष कार्यक्रमसहित दीक्षान्त समारोह गर्ने तयारी गरिरहेको एकेडेमीले जनाएको छ। वि.सं. २०६५ सालमा पोखरामा स्थापना भएको प्रतिष्ठित शैक्षिक संस्थाको भरतपुर शाखा २०६७ सालदेखि भरतपुर ११ मालपोत चोकमा संचालनमा रहेको छ। हाल यस संस्थाले भरतपुर १२, थानी चोकमा एभरेस्ट प्रिस्कुल र बास्तोलाथर, पोखरामा प्राग्मा मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ।

    दीक्षान्त समारोहको प्रमुख आकर्षणका रूपमा चर्चित नायिका करिश्मा मानन्धर, वरिष्ठ लोक तथा दोहोरी गायिका राधिका हमाल तथा लोकप्रिय सञ्चारकर्मी एवं सुमधुर स्वरकी धनी महिमा पण्डित भट्टराई रहनेछन्। नायिका करिश्मा मानन्धर एक असल आमा हुनुका साथै शिक्षाको महत्त्व बुझी ४४ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भई हाल स्नातक अध्ययन गर्दै हुनुहुन्छ। उहाँ नानीबाबुका लागि शिक्षाको महत्त्वको प्रेरणादायी पात्र बन्न सक्ने एकेडेमिले जनाएको छ ।

    हाल यू.के.जी. कक्षामा अध्ययनरत ५७ जना विद्यार्थीहरू दीक्षित भई उच्च शिक्षाका लागि अन्य विद्यालय जानेछन् भने नर्सरी कक्षाका ७० जना विद्यार्थीहरू दिक्षित भई एल.के.जी.मा जानेछन्। त्यस्तै, एल.के.जी.का ६५ जना विद्यार्थीहरू दिक्षित भई यू.के.जी. कक्षामा जानेछन्।

    विशेष कार्यक्रम तथा झाँकी प्रदर्शन समारोहको प्रारम्भ स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर ११, मालपोत चोकबाट र्‍यालीको साथमा गरिनेछ। पञ्चेबाजा सहितको र्‍यालीमा करिश्मा मानन्धरलाई घोडाको बग्गीमा तथा यू.के.जी. कक्षा ग्राजुएट हुने विद्यार्थीहरूलाई बिशेष जीपमा राखेर सीएमटी होटलसम्म लैजाने एकेडेमीले जनाएको छ ।

    स्टार्स मोंटेश्वरीले प्रत्येक वर्ष भव्य कार्यक्रम गर्दै आएको छ। यसअघि महानायक राजेश हमाल, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, सन्तोष पन्त, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, समाजसेवी गिभिना मगर लगायतका चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेको छ । स्टार्स मन्टेश्वरीले चलेको प्रवृत्ति भन्दा केही भिन्न कार्यक्रम ल्याउने सोच बनाउँदै आएको स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश राना मगरले चितवन आजलाइ जानकारी दिनुभयो ।

    दीक्षान्त समारोहलाई थप मनोरञ्जनात्मक बनाउन यू.के.जी.कक्षाका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य, तेक्वान्दो तथा सङ्गीतिक प्रस्तुति गरिनेछ। साथै, लोकप्रिय गायिका राधिका हमालको विशेष सांगीतिक प्रस्तुति रहने मगरले बताउनुभयो । गुणस्तरीय शिक्षाको उत्कृष्ट नमूना स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुर उच्चस्तरीय शिक्षा, अनुशासन, नृत्य, संगीत र तेक्वान्दो लगायतका सर्वाङ्गिण प्रतिभा विकासका कार्यक्रमहरू प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा विकास हुँदै गइरहेको छ । मन्टेश्वरी शिक्षा महँगो हुन्छ भन्ने सोचाइलाई चिर्दै, एकदमै न्यूनतम शुल्कमा पनि गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको यस विद्यालयलाई सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा दिने सर्वश्रेष्ठ मन्टेश्वरी विद्यालयका रूपमा हेर्ने गरिएको छ ।

    निर्देशक रानाका अनुसार, विद्यालयले धेरै न्यून शुल्कमा नै विद्यार्थीहरूको खुसीका लागि भव्य दीक्षान्त समारोह आयोजना गर्दै आएको छ। हाम्रा सबै विद्यार्थीहरू प्रतिभाशाली छन्, जसले शिक्षासँगै संगीत, नृत्य र तेक्वान्दोमा पनि उत्कृष्टता हासिल गरिरहेका छन्,उहाँले भन्नुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको व्यापक सहभागिता रहने उहाँको भनाई छ ।

  • चितवनमा सम्बोधन गर्न नदिनैका लागि रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको स्वर्णिम वाग्लेको आरोप

    चितवनमा सम्बोधन गर्न नदिनैका लागि रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको स्वर्णिम वाग्लेको आरोप

    काठमाडौँ २३ चैत
    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आज चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनले बताएका हुन् ।

    उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको थियो । सायद त्यो कुराले डराएर पनि हुनसक्छ । यो कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिराखेको म बुझ्छु ।’ शुक्रबार साँझ सभापति लामिछानेसँग कुरा हुँदा उनले सर्वोच्च अदालतमा जाने आफूलाई बताएको वाग्लेले सुनाए । उनका अनुसार सो कुराकानीमा लामिछानेले आफूलाई आज नै पक्राउ गर्छ भन्ने नलागेको बताएका थिए ।

    ‘भोलि चितवनमा सहभागी भएर कहाँ जानुपर्ने हो जान्छु भनेर भन्नुभएको थियो,’ उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो । यो असाध्य निन्दनीय छ ।’

    आज बुटवल लैजान अघि लामिछानेसँग भएको कुराकानी उद्धृत गर्दै भने, ‘हेर्नुस् के के न बित्यो भनेर ल्यायो । दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा भोलि पनि बिदा ।’

    वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न भनेर दिएको ७–८ पानाको फैसलामा क्यानडा, हिन्दुस्तानको उदाहरणहरू दिइएको सुनाए । उनले भने, ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।’

    यसले चितवनमा बोल्न नदिन कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी उनले गरे । उनले अरूले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढ्ने भए पनि आफ्नो पार्टी विधिको शासन मान्ने पार्टी भएको जिकिर गरे । उनले यही व्यवस्थालाई थप सुदृढ बनाउनुपर्छ भनेर मन वचनले काम गरिरहेको बताए ।

  • रास्वपाको जनयात्रा चितवनबाट शुभारम्भ (फोटोफिचर)

    रास्वपाको जनयात्रा चितवनबाट शुभारम्भ (फोटोफिचर)

    चितवन२३ चैत

    रास्वपाको जनयात्रा चितवनबाट शुभारम्भ (फोटोफिचर)

  • ‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’

    ‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’

    काठमाडौँ २३ चैत

    रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेको लडाइँ कानुनी मात्रै नभएर राजनीतिक लडाइ पनि भएको बताएका छन् । चितवनबाट सुरु भएको जनयात्रा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बुर्लाकोटीले भ्रष्ट र दलालतन्त्रको प्रशय गर्ने सरकारले अदालतको फैसलालाई टेकेर बदनियतका साथ रातारात पक्राउ गरेको बताए ।

    ‘सरकारलाई किन यति हतारो भयो ? देश र जनताको चिन्ता गर्ने सभापतिलाई रातारात किन पक्राउ गरियो भने यो सरकार कम्तीमा पनि दुई दिन भने पनि बढी दुख दिऊँ, तनाव दिऊँ । रास्वपालाई कही न केही खेदौँ भन्ने चाहन्छ ,’, उनले भने ।

    उनले राजनीतिक लडाइँमा सबै मिलेर जित हासिल गरिने भन्दै हातमा हात मिलाएर एकताबद्ध भएर पार्टी अघि बढ्ने बताए ।

    पार्टी हरुवाहरूलाई नियुक्ति गर्ने राष्ट्रिय सभा र प्रदेशसभा समेत खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिन सकिने उन्नत विकल्पको पक्षमा रहेको बताए ।

    यसका लागि संविधान संशोधन हुनुपर्ने उनको भनाइ थियो । यस्तै स्थानीय पालिकाको सङ्ख्या समेत ५०० भन्दा मुनि हुनुपर्ने पार्टीको धारणा रहेको उनको भनाइ थियो ।

     

  • रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल

    रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल

    काठमाडौँ २३ चैत
    रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई राज्यले पटक पटक लखेटिरहेको बताएका छन् । राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।

    पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए ।

    शनिबार गृहमन्त्रीको आदेश हतारमा प्रहरी परिचालन गरिएको र लामिछानेलाई अन्तिम इच्छा के छ भनेर सोधिएको ढकालले बताए । उनले लामिछानेमा किसानको मुहारमा हाँसो ल्याउने, रोजगारी सिर्जना गर्ने, विधिको शासन स्थापना गर्ने, भ्रष्टलाई पाता कस्ने अन्तिम इच्छा रहेको भन्दै अहिले सरकारमा रहेका भ्रष्टहरू एक जना व्यक्तिको पछि दौडिरहेको आरोप लगाए ।

    उनले रविको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने चेतावनी दिए । चितवनले ०७९ मा परिवर्तनको दियो बालिसकेको उल्लेख गर्दै ढकालले डढेलो पनि सुरु भइसकेकाले ०८४ मा त्यो डढेलोमा भ्रष्टहरू खरानी बनाउने दाबी गरे ।

     

  • स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरद्वारा १३औं दीक्षान्त समारोहको भव्य तयारी

    स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरद्वारा १३औं दीक्षान्त समारोहको भव्य तयारी

    भरतपुर चैत १६
    स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले आफ्नो १३औं दीक्षान्त समारोह यसै चैत २४ गते आइतबार, सिएमटी होटेल, हाकिमचोकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिरहेको छ। वि।सं। २०६५ सालमा पोखरामा स्थापना भएको यस प्रतिष्ठित संस्थाको भरतपुर शाखा २०६७ सालदेखि संचालनमा रहेको छ। हाल यस संस्थाले भरतपुर(११, थानी चोकमा एभरेस्ट प्रिस्कुल र बास्तोलाथर, पोखरामा प्राग्मा मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ।

    विशेष आकर्षणहरू दीक्षान्त समारोहको प्रमुख आकर्षणका रूपमा सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर, वरिष्ठ लोक तथा दोहोरी गायिका राधिका हमाल तथा लोकप्रिय सञ्चारकर्मी एवं सुमधुर स्वरकी धनी महिमा पण्डित भट्टराई रहनेछन्।

    नायिका करिश्मा मानन्धर एक असल आमा हुनुका साथै शिक्षाको महत्त्व बुझी ४४ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भई हाल स्नातक अध्ययन गर्दै हुनुहुन्छ। उहाँ नानीबाबुका लागि शिक्षाको महत्त्वको प्रेरणादायी पात्र बन्न सक्नुहुन्छ।

    हाल यू।के।जी। कक्षामा अध्ययनरत ५७ जना विद्यार्थीहरू दीक्षित भई उच्च शिक्षाका लागि अन्य विद्यालय जानेछन् भने नर्सरी कक्षाका ७० जना विद्यार्थीहरू दिक्षित भई एल।के।जी।मा जानेछन्। त्यस्तै, एल।के।जी।का ६५ जना विद्यार्थीहरू दिक्षित भई यू।के।जी। कक्षामा जानेछन्।

    विशेष कार्यक्रम तथा झाँकी प्रदर्शन समारोहको प्रारम्भ स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर(११, मालपोत चोकबाट भव्य र्‍यालीको साथमा गरिनेछ। पञ्चेबाजा सहितको र्‍यालीमा करिश्मा मानन्धरलाई घोडाको बग्गीमा तथा यू।के।जी। कक्षा ग्राजुएट हुने विद्यार्थीहरूलाई बिशेश जीपमा राखी सीएमटी होटलसम्म लगिनेछ।

    स्टार्स मोंटेश्वरीले प्रत्येक वर्ष भव्य कार्यक्रम गर्दै आएको छ। यसअघि महा नायक राजेश हमाल, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, सन्तोष पन्त, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, समाजसेवी गिभिना मगर लगायतका चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेको छ।

    स्टार्स मन्टेश्वरीले चलेको प्रवृत्ति भन्दा केही भिन्न कार्यक्रम ल्याउने सोच बनाएको छ, विशेषगरी नानीबाबुहरूको खुसीका लागि। यो जानकारी स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक श्री गणेश राना मगरले दिनुभएको छ।

    मनोरञ्जनात्मक प्रस्तुति दीक्षान्त समारोहलाई थप मनोरञ्जनात्मक बनाउन यू।के।जी। कक्षाका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य, तेक्वान्दो तथा सङ्गीतिक प्रस्तुति गरिनेछ। साथै, लोकप्रिय गायिका राधिका हमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

    गुणस्तरीय शिक्षाको उत्कृष्ट नमूना स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुर उच्चस्तरीय शिक्षा, अनुशासन, नृत्य, संगीत र तेक्वान्दो लगायतका सर्वाङ्गिण प्रतिभा विकासका कार्यक्रमहरू प्रदान गर्ने एक अग्रणी संस्था हो। मन्टेश्वरी शिक्षा महँगो हुन्छ भन्ने सोचाइलाई चिर्दै, एकदमै न्यूनतम शुल्कमा पनि गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको यस विद्यालयलाई सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा दिने सर्वश्रेष्ठ मन्टेश्वरी विद्यालयका रूपमा हेरिन्छ।

    स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुरका प्रबन्ध निर्देशक श्री गणेश रानाका अनुसार, “हाम्रो विद्यालयले धेरै न्यून शुल्कमा नै विद्यार्थीहरूको खुसीका लागि भव्य दीक्षान्त समारोह आयोजना गर्दै आएको छ। हाम्रा सबै विद्यार्थीहरू प्रतिभाशाली छन्, जसले शिक्षासँगै संगीत, नृत्य र तेक्वान्दोमा पनि उत्कृष्टता हासिल गरिरहेका छन्।”

    जग बलियो भए घर बलियो हुन्छ भन्ने भनाइझैँ, सानैदेखि नानीबाबुलाई राम्रो जग बनाएर उच्च शिक्षाको आधार तयार पार्न सकिन्छ। मन्टेश्वरी शिक्षाले बालबालिकालाई प्रारम्भिक चरणमै राम्रो शिक्षा र व्यवहारिक ज्ञान दिएर भविष्यका लागि सक्षम बनाउने कार्य गर्दछ।

    यस भव्य समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको व्यापक सहभागिता रहनेछ।

  • बाल्मीकि शिक्षा सदनको बसले ठक्कर दिँदा स्कुटर चालक घाइते

    बाल्मीकि शिक्षा सदनको बसले ठक्कर दिँदा स्कुटर चालक घाइते

    चितवन, चैत १३-

    भरतपुरको बाल्मीकि शिक्षा सदनको स्कुल बसले ठक्कर दिँदा स्कुटर चालक घाइते भएकी छन् ।

    बाल्मीकिको नम्बर प्लेट नभएको ‘अन टेस्ट’ बसले मंगलवार दिउँसो ३ बजे भरतपुर–१५ गुम्बा चोकमा बा प्र०३–००३ प ५०८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय फुलबारीले जानकारी दिएको छ ।

    बसको ठक्करबाट स्कुटर चालक भरतपुर–१५ गोपालगंज बस्ने वर्ष ५२ की हिमा कुवर मध्यम घाइते भएकी छन् । उनको नेशनल सिटी अस्पतलमा उपचार भइरहेको छ ।

    नम्बर प्लेट नराखी कुनै पनि बसले यात्रु बोक्न पाउँदैन । तर, बाल्मीकिको स्कुल बस भने ट्राफिक नियम उल्लघंन गर्दै सञ्चालन भएको हो ।