Category: Banner तल ताजा समाचार

  • चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

    चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

    – हिरालाल आचार्य ‘Diamond’
    चितवन, ०७८ फागुन १६ –

    आज नेपाल बन्दको दिन चितवनका ४ जना बन्दकर्ता पक्राउ परेका छन् ।

    नारायणगढको लायान्सचोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले बताए । पसलहरु बन्द गराउँदै हिँडेपछि पक्राउ गरिएको उनले बताए ।

    यस्तै आज बन्दकर्ताले चितवनमा तीन वटा सवारी साधनमा क्षति पु¥याएका छन् । बन्दकर्ताले दुई वटा मालबाहक ट्रक र एउटा पिकअप भ्यानमा आगाजनीको र तोडफोडको प्रयास गरेका हुन् ।

    प्रहरीका अनुसार बन्दकर्ताहरुले भरतपुर ओरालोस्थित भाटभटेनी अगाडि ना ४ ख ४३२५ नम्बरको ट्रकमा आगजनीको प्रयास, भरतपुर ७ बुद्धचोकमा प्रदेश ३(०१०२ च ३६८४ नम्बरको शक्तिश्वरी कृषि फार्मको पिक अप भ्यानमा आगजनीको प्रयास र रामपुरमा एउटा ट्रकमा आगजनीको प्रयाससँगै तोडफोड गरेका छन् । सवारीको सिसामा सामान्य क्षति पुगेको छ ।

    अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को विरोधमा ८ राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

    बन्दको बिहानैबाट चितवनसहित देशभर सामान्य प्रभाव परेको थियो । चितवन हुँदै चल्ने लामो दुरीका सवारी साधनहरु चलेका थिएनन् भने छोटो दुरीका सवारी साधन फ्याट्टफुट्ट चलेका थिए ।

    बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको थियो । चोक–चोकमा प्रहरी तैनाथ गरिएको थियो ।

  • एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

    एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

    काठमाडौँ, १६ फागुन –
    राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब रु ६० अर्ब) अनुदान सहयोग प्राप्त गर्नेछ । उक्त अनुदानबाट ४०० किलोभोल्ट क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

    यस्तै झण्डै १०० किलोमिटर सडक मर्मतमा खर्च गरिनेछ । एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ४० करोड डलर विद्युत् प्रसारण लाइन निर्माणमा खर्च हुनेछ । काठमाडौँको नाङ्लेभारेबाट शुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौँडा जोडिनेछ । यस्तै रातमाटेबाटै तनहुँको दमौली, परासी हुँदै नेपाल–भारत सीमासम्म पुग्नेछ । प्रसारण लाइनमा ८५० टावर निर्माण गरिनेछ । एमसिसीको पाँच करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको चन्द्रौटा, धानखोला, भालुबाङ, लमही हुँदै शिवखोलासम्मको सडक स्तरोन्नति गनिरेछ । एमसिसी सम्झौता अनुमोदनपछि अबको प्रक्रिया के हुन्छ, कसरी काम अगाडि बढ्छ, तोकिएको समयमा आयोजना पूरा हुन्छ त भन्ने जिज्ञासाको उत्तर खोज्न हामीले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टसँग सम्पर्क गरेका छौँ । राससका समाचारदाता रमेश लम्सालले विष्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

    प्रतिनिधिसभाबाट एमसिसी सम्झौता अनुमोदन भएको छ, अब आयोजना कार्यान्वयनको प्रक्रिया के हुन्छ ?

    केही प्रक्रिया अब बाँकी छ । सरकारका तर्फबाट एमसिसीलाई पठाउनुपर्ने र त्यसलाई मान्नुपर्ने के–के प्रक्रिया बाँकी छ, म संसदीय प्रक्रिया त धेरै थाहा पाउँदिन । त्यो प्रक्रिया छिटो सकिएला भन्ने आशा लिएको छु । त्यो भइसकेपछि अब केही समस्या हुन्छ भन्ने त मलाई लाग्दैन । हामीले निर्माण कहिलेदेखि शुरु गर्ने भनेर मिति निश्चित गर्नुपर्छ । संसद्बाट पास भएका आधारमा पाँच वर्षको गणना हुँदैन । हामी इन्ट्री इन्टु फोर्स (इआइएफ) भन्छौँ । पाँच वर्षको अवधि सोही दिनदेखि शुरु हुन्छ । हामीले दुई वर्ष अगाडि नै त्यो निश्चित गरेका थियौँ । त्यतिबेला संसदीय अनुमोदन पनि भएन । कोरोना बढ्यो । त्यसो गर्दागर्दै दुई वर्ष पनि बित्यो । निर्माणमा जाने प्रारम्भिक काम हामीले गर्न सकेनौँ । धेरैजसो जग्गा अधिग्रहणको काम पनि कोरोनाका कारणले गर्न सकेनौँ । अनुमोदन नभएकाले बोलपत्रको काम अगाडि बढाउन सकेनौँ । यी काम अगाडि बढाएर कार्यान्वयनको मिति तय गर्नुपर्छ । त्यसपछि मात्रै पाँच वर्षको घडी शुरु हुन्छ ।

    पाँच वर्षको अवधि गणना गर्नका लागि अझै केही प्रक्रिया बाँकी छ ?

    केही पूर्वतयारीका चरणका काम बाँकी छन् । वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम पनि सकिएका छन् । जग्गा अधिग्रहणको काम सबैभन्दा ठूलो छ । गाह्रो र लामो काम भनेकै यही हो । समयसीमा निर्धारण गर्दा बढी समय कुन कामका लागि लाग्छ भन्ने हेरिन्छ । त्यस आधारमा हेर्दा यो कामका लागि बढी समय लाग्छ । अरू काम समानान्तर रूपमा नै हुन्छ । तीन सय १५ किमी लामो प्रसारण लाइन छ । दस जिल्लाका ३० पालिकाका ९२ वडा यसमा पर्छन् । ठाउँठाउँको जग्गा अधिग्रहणको काम गर्नुपर्छ । नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार काम गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा समिति गठन हुन्छ । त्यसले जग्गाको मूल्य निर्धारण गर्छ । त्यसपछि मात्रै जग्गा एमसिए नेपालको नाममा आउँछ । यो नै सबैभन्दा लामो समयका रुपमा हामीले लिएका छौँ । यही काम गर्दागर्दै समानान्तर रुपमा रुखको गणना गर्ने काम हुन्छ । त्यसपछि जिल्लाबाट वन विभाग, वन तथा भूसंरक्षण मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने काम हुन्छ । त्यसपछि रुख कटानको काम हुन्छ ।

    कति जति रुख काट्नु पर्ला भन्ने केही अनुमान छ ?

    हामीले वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा एउटा सामान्य मूल्याङ्कन गर्छौँ । त्यसको एउटा प्रक्रिया हुन्छ । प्रतिस्क्वायर मिटरमा कति छ भन्ने हामी हेर्छौँ । नमूना अध्ययन गरेर दुई लाख १७ हजार निस्केको छ । यसमा रुखभन्दा पनि बुटा धेरै छन् । आठ इन्चभन्दा बढी मोटाइ भएकालाई रुख मानिन्छ ।

    सबैभन्दा जटिल काम जग्गा अधिग्रहण र वन क्षेत्रको जग्गा प्रयोग नै हो ?

    सबैभन्दा जटिल काम जग्गा अधिग्रहण नै हो । त्यसपछि भनेको रुखको गणना गर्ने हो ।

    मुआब्जा वितरण गर्दा के कति लाग्ला भन्ने हामीले केही अनुमान गरेका छौं  ?

    हामीले केही समय अगाडि गरेको सामान्य हिसाबमा मुआब्जाका लागि झण्डै रु आठ अर्ब बराबरको खर्च हुने देखिएको थियो । त्यसमध्ये रु डेढ अर्ब नुवाकोटको रातमाटेमा वितरण भइसकेको छ । त्यहाँ सबस्टेशन निर्माण हुन्छ । पहाड तथा डाँडाकाँडा भएर प्रसारण लाइन जाने हुनाले धेरै खर्च लाग्र्दन । शहर बजार भएर पनि जाँदैन ।

    सडकतर्फको कामका लागि थप केही गर्नुपर्छ ?

    हाल सञ्चालनमा भइरहेको सडकमा नै काम गर्न लागिएको हुनाले त्यहाँ वातावरणीय प्रभाव मूल्याङ्कनको काम गर्नु पर्दैन । त्यहाँ पनि सानो र सामान्य खालको वातावरणीय अध्ययनको काम त हुन्छ नै । सम्बन्धित मन्त्रालयले त्यसलाई स्वीकृत गर्छ । त्यो काम भए पनि सडकको ‘डिजाइन’ हुन्छ । सडकको काम शुरु हुन्छ । प्रसारण लाइन निर्माणको समयभित्रै त्यो काम अगाडि बढाउन सकिने हुनाले यसमा कुनै समस्या छैन ।

    प्रतिनिधिसभाबाट एमसिसीसँगै अनुमोदन भएको बाह्रबुँदे ‘व्याख्यात्मक घोषणा’लाई यहाँले कसरी लिनुभएको छ ?

    जनताबाट उठेको प्रश्न भनेर नेपाल सरकारले गत भदौमा नै एमसिसीलाई प्रश्न पठाएको थियो । त्यो प्रश्नको जवाफ पनि एमसिसीले दिएको थियो । त्यसमा धेरै कुरा प्रस्ट भएका थिए । एमसिसीले प्रस्ट पारेका विषयमा पनि थप प्रस्ट पार्नुपर्छ भन्ने उद्देश्यले नै संसद्ले अपनत्व ग्रहण गरेर यसले हाम्रो बुझाइलाई राख्नुप¥यो भनेर घोषणा गरियो । पहिले पत्राचार भएका कुरालाई नै यसले अपनत्व लिएको छ । यो हाम्रो भयो भन्ने नै मेरो बुझाइ छ । जनताले चुनेर पठाएका सांसदले नै छलफल गरेर, पक्षविपक्षमा मत राखेर अगाडि बढाउँदा सबैको अपनत्व भएको छ । यो राम्रो भयो ।

    नेपालमा प्रसारण लाइन निर्माणको काम सबैभन्दा जटिल देखिएको छ । तोकिएका समयमा कुनै पनि आयोजना पूरा भएका छैनन् । यो परियोजना सोही अवधिभित्र सकिन्छ भनेर कसरी विश्वास गर्ने ?

    हामी पूर्वतयारीको कामलाई बढी समय लगाउँछौँ । हाम्रो अवधारणा नै त्यही हो । रुख कटानी, जग्गा अधिग्रहणलगायत काम सकेर निर्माणमा जाने जुन ढाँचा छ, त्यसले पनि यसमा सहयोग गर्छ । ठेकेदार छनोट गर्दा पनि सबैभन्दा सस्तोमा बोलपत्र हाल्नेलाई दिने भन्ने छैन । हामी सस्तो र राम्रो ठेकेदार छनोट गर्छौँ । यसमा पहिला राम्रो अनि मात्रै सस्तो भन्ने हुन्छ । सबै प्रसारण लाइन निर्माणको काम एउटै प्याकेजमा गरिँदैन । त्यसमा विभिन्न प्याकेज छुट्याउँछौँ । त्यसमा दुई वा तीन वटा ठेकेदार हुन्छन् । त्यसरी काम गर्दा समानान्तर रुपमा गर्न सकिन्छ । त्यसकारण समयमा सकिन्छ भन्ने विश्वास गर्न सक्छौँ । नेपालमा प्रसारण लाइन निर्माणमा जटिलता भएकाले अहिल्यै ‘ग्यारेन्टी’ गर्न भने अलिक गाह्रो नै हुन्छ ।

     यसको समाधानका केही उपाय छन् कि ?

    हो, हामीले जटिलता भोगेका छौँ । लामो समय लागेको छ तर यसमा पूर्वतयारीका कामलाई विशेष प्राथमिकता दिइएको हुनाले समस्या आउँदैन भन्ने नै हाम्रो बुझाइ छ ।

    पूर्वतयारीका काम सकेर निर्माण सुरु गर्न अब कति समय लाग्ला ?

    कोरोनाको कहर सकिएकाले अब कार्यक्षेत्रमा मानिस पठाएर काम सुरु गर्न सकिने अवस्था छ । अब कुन कामका लागि के कति समय लाग्छ भनेर समयसीमा निर्धारण गर्छौँ । दस जिल्लामा जग्गा अधिग्रहणका लागि के कति समय लाग्छ, त्यो पनि हेर्छौँ । मेरो विचारमा एक वर्षभन्दा अगाडि काम सुरु हुन सक्दैन ।

    जानकारहरू त निर्माण सुरु गर्न १५ महिना बराबरको समय लाग्छ भन्छन् । यो सही हो ?

    लगभग त्यति समय त लाग्छ नै, किनकि तयारीका काम सकाउन समय लाग्छ । ठेकेदार छनोट गर्नुप¥यो । त्यसका लागि बोलपत्रको काम अगाडि बढाउनुप¥यो । आठ नौ महिना बोलपत्रका लागि लाग्छ । त्यसभन्दा पहिले नै जग्गा अधिग्रहणका काम गरिसकेको हुनुपर्छ । कति जिल्लाका स्थानीय पालिकाका जग्गाको नापनक्सा नै छैन भन्ने पनि सुनिएको छ । त्यस्तो अवस्थामा पहिले जग्गा नाप्नुपर्छ । त्यो पनि समस्या भएको हुनाले १५ महिनाको समय लाग्छ नै ।

    कम मूल्यमा बोलपत्र पेस गर्ने ठेकेदारलाई ठेक्का दिइँदैन हो ? यो परियोजनामा थप प्रस्ट पारिदिनुस् ?

    नेपाल सरकारले कम मूल्यमा बोलपत्र प्रक्रियामा सहभागी हुनेलाई ठेक्का दिने गरेको छ । हामीले पहिला प्राविधिक रूपमा मूल्याङ्कन गरेर एउटा नम्बर दिन्छौँ । त्यसपछि मूल्य लागतको अर्को नम्बर हुन्छ । त्यसमा जोडेर कसको बढी नम्बर आउँछ त्यसलाई नै ठेक्का दिने हो । त्यो भनेको प्राविधिक रूपमा योग्य हुनुपर्छ भन्ने हो । त्यस आधारमा ठेकेदार छनोट हुन्छ । ठेकेदार सक्षम हुनुपर्छ । कम मूल्यमा बोलपत्र पेस गर्नेले नै ठेक्का पाउँछ भन्ने होइन ।

    आयोजना सफल बनाउन नेपाली जनसमुदायलाई के आग्रह गर्नुहुन्छ ?

    पछिल्ला दुई वर्षमा एमसिसी सम्झौताका सन्दर्भमा अनेकन प्रकारका गलत प्रचार भए । नागरिकमा अनेकन आशङ्का पैदा भए । सामाजिक सञ्जाल, अनलाइन, छापामा आए । आइतबारको संसद् बैठकले त्यसलाई प्रस्ट पारेको छ । गलत कुरा केही पनि छैनन् । विदेशी नियम लागू हुने कुरा छैन । सम्झौताको दायरा र नेपालको कानुनभित्र छ भन्ने प्रस्ट भएको छ । बौद्धिक सम्पत्ति नेपालकै हो, हामीले भनिरहेका छौँ । यो कुरा म सबैलाई विश्वास दिलाउन चाहन्छु । यो पाँच वर्षभित्र काम सम्पन्न ग¥यौँ भने अन्य आयोजनामा पनि त्यसले उदाहरण स्थापित गर्छ । हामी आयोजना निर्माणका लागि जुन मोडल बनाउँछौँ, त्यसले अन्य परियोजनालाई पनि सहयोग पु¥याउँछ ।

    आयोजना प्रभावित १० जिल्लाका नागरिकलाई काम समयमै सकिन्छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?

    विष्टः एमसिसी सम्झौता संसद्बाट अनुमोदन भएको छ । यसले अब मार्गप्रशस्त गरेको छ । अब काम शुरु हुन्छ । आयोजना समयमै पूरा हुन्छ, नियमानुसार उचित मुआब्जा पनि दिइन्छ भनेर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई विश्वास दिलाउन चाहन्छौँ । दलाली गर्नेहरू यसमा सहभागी हुन पाउने छैनन् । स्थानीयवासीलाई हरेक प्रक्रियामा सहभागी गराउँछौँ । सकारात्मक सोचका साथ काम गर्छौं । आयोजनालाई सहयोग गर्नुस् भनेर हामी अनुरोध गर्छौँ । नेपालको अथाह जलस्रोतलाई नेपालमा खपत गर्ने र बढी भएको बिजुली विदेशमा बिक्री गर्ने बाटो बन्छ । सबैलाई विश्वासमा लिएर पारदर्शी तरिकाले काम गर्छौँ । अनि सबै नेपालीलाई विश्वास पनि दिलाउँछौँ । (रासस)

  • भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

    भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

    हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, फागुन १६ –
    चितवनको सदरमुकाम भरतपुरलाई मेडिकल सिटी बनाउने चर्चा हुन लागेको थुप्रै भइसक्यो । भरतपुरमा स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालीरहेका डा. भोजराज अधिकारीसँग हामीले कुुराकानी गरेका छौं । अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम् पुष्पाञ्जली अस्पताल प्रालिका निर्देशक पनि हुन् । प्रस्तुत छ डा अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    भरतपुरलाई मेडिकल सिटी भन्दै चर्चा गर्न लागिएको पनि थुप्रै भइसक्यो । भरतपुर मेडिकल सिटी बन्ने आधारहरु केके हुन् ?

    भरतपुरलाई मेडिकल सिटी बनाउन सकिने आधारहरु म पाँच वटा बुँदामा भन्छु । पहिलो भनेको भौगोलिक आधार देशको केन्द्र भागम रहेकाले यस जिल्लामा १५ जिल्लाका मानिसहरु सेवा लिन आइरहेका छन् । यहाँ वर्षेनी १५ लाख मानिसहरु सेवा लिन आउँछन् । यो काठमाडौंपछिको धेरै हो ।

    अर्काे भनेको उपचारको हिसाबले पनि हो । उपचारमा उच्च विशेषज्ञतासहितको सेवा दिन भरतपुरमा ४ वटा ठूला अस्पताल छन् । क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई वटा मेडिकल कलेज चितवन मेडिकल कलेज (सिएमसी) र पूरानो मेडिकल कलेज अर्थात कलेज अफ मेडिकल साइन्स (सिओएमएस) छन् । यसका साथै दुईदर्जन जति साना ५५ देखि १०० बेडका अस्पताल र करिबकरिब १०० वटा जति विभिन्न खालका उपचार गर्ने सेन्टरहरु छन् भरतपुरमा । यसो भएको हुनाले उपचार नपाएर फिर्ता हुन पर्दैन । त्यो कुरा हामीले कोभिडका बेलामा पनि महसुश ग¥यौं ।

    तेश्रो चाहिँ स्वास्थयलाई शिक्षासँग जोड्नुपर्ने हुन्छ । मेडिकल एजुकेशन हुनुपर्छ मेडिकल सिटी बन्नका लागि । भरतपुरमा रहेका दुईवटा मेडिकल कलेजमा नेपालमा हुने सबै खाले पढाइ हुने गर्छन् । ठूलाठूला डाक्टर बनाउने विशेषज्ञ उत्पादन गर्ने पढाइ हुन्छ । १२ वटा नर्सिङ कलेजहरु छन् । यसका साथै मेडिकलसँग सम्बन्धित अरु प्राविधिक पढाइ हुने कलेजहरु पनि छन् । भनेपछि उपचार पनि हुने भो त्यो सम्बन्धित चाहिने जनशक्ति पनि उत्पादन हुने भो ।

    मेडिकल सिटी भन्नका लागि यहाँ रोग पनि धेरै हुनपरो नी । जुनसुकै रोगहरु आउँदा पनि चितवनमा बढी हल्लाखल्ला हुन्छन् । जस्तै डेंगो, मलेरिया, कोरोना आउँदा पनि यहाँ धेरै संक्रमण भयो । यसका साथै धेरै रोग छन् यहाँ । ती रोगको अनुसन्धान गर्न प¥यो भने यो ठाउँ उपयुक्त हुन्छ ।

    पाँच नम्बरमा मेडिकल टुरिजम हो । यो भनेको उपचार गर्न आएको मान्छे उपचारमात्र नगरी पर्यटकीय क्षेत्र घुम्न सक्छन् । चितवनमा आएर दुई चार दिन अडिन गाह्रो छैन । सौराह जान सकिन्छ, नारायणी जान सकिन्छ ।

    यी पाँच वटा आधारले गर्दा मेडिकल सिटी बन्न सक्छ । यी सबै व्यवहारिक आधार हुन् । तर नितीगत आधार भनेको चाहिँ सरकारले मेडिकल सिटी हो भनेर निर्णय गर्नु पर्ने हुन्छ । निर्णय चाहिँ नगरेको अवस्था हो ।

    सरकारले तत्काल निर्णय गरी हाल्न मिल्ने अवस्थामा छ त भरतपुर ?

    हामीले अहिले भनिरहेको कुराहरुलाई गुणस्तरियता कायम गर्न सक्यौं भने अवश्य संभव छ । काठमाडौंलाई सबै कुरा राजधानी पनि भन्ने मेडिकल सिटी पनि भन्ने गरेम भने अब सबै चिज काठमाडौंलाई भन्न प¥यो । होइन भने भरतपुर सबै हिसाबले मेडिकल सिटी बन्न सक्षम छ । त्यसको लागि अघि मैले भनेको पाँच वटा आधारलाई गुणस्तर मापन गर्ने र अनुगमन गर्ने र त्यहीअनुसारको एउटा शक्तिशाली बोर्ड बनाउनुपर्छ । मेडिकल सिटी बन्न योग्य छ छैन भनेर अध्ययन गरेर सिफारिस गर्न सरकारले एउटा बोर्ड बनाइदिने हो भने हामी सक्षम छौं ।

    मेडिकल सिटी बन्छ भनिरहँदा चितवनबाट बिरामीहरु भरतपुरका अस्पताललाई विश्वास नगरी काठमाडौं जाने गरेको पाइन्छ । किन होला ? विश्वासको वातावरण भरतपुरले किन बनाउन नसकेको होला ?

    यसमा यस्तो छ । तीन थरी मानिसहरु छन् । एउटा जानेर, बुझेर, चिकित्सकले जाँच गरेर जान पर्देन कतै भन्दा पनि त्यही सेवा लिन पनि काठमाडौं जाने मान्छेहरु छन् । त्यो चाहिँ चितवनप्रति कम विश्वास गरेर कन्फर्म गर्न जाने हो । त्यो चाहिँ काठमाडौंबाट पनि दिल्ली जाने । बंैकक जाने हुन्छन् फेरि ।

    दोश्रो समूह चाहिँ अन्यौलमा काम गर्छन् । अन्यौलमा भनेको अन्तिम इच्छा के छ भन्दा काठमाडौंलाई प्रयोग गरिन्छ र मानिसहरु अन्यौलमा पनि काठमाडौं जाने गरेका छन् ।

    तेश्रो समूह चाहिँ यहाँले भने जस्तो हाम्रा सेवाहरु, हाम्रा पूर्वाधारहरु व्यवस्थित नहुँदा र बिरामीहरुलाई गर्नुपर्ने काउन्सिलिङ्ग व्यवस्थित गर्न नसकेको हुनाले विश्वासको वातावरण नबनेको कुरा पनि सत्य हो ।

    भरतपुरमा निजी अस्पतालले शुल्कमा धेरै लिने गरेका गुनासा आउँछन् । जसले गर्दा सरकारीमामात्र मानिसहरुको भीड लाग्छ । भरतपुरमा उपचार किन महंगो ?

    यसमा साढे दुई लाख मानिसले बीमा गरेको हुँदा उनीहरुले सरकारी अस्पतालनै रोज्नुपर्ने अवस्था छ । अर्काे मूल्य र मूल्याङ्कनमा एउटै खालको समायोजन छैन । राज्यले साना अस्पताललाई महानगरपालिकाले, त्योभन्दा ठूलोलाई प्रदेशले र सबैभन्दा ठूलो अस्पतालहरुलाई केन्द्रीय सरकारले अनुगमन गर्ने गर्छ । यी तीन सरकारकाबीच तारतम्य मिलेको देखिँदैन । यिनीहरु तीन तहको सरकारमा शुल्कहरु देखि लिएर अनुगमन गर्ने कुराहरुमा तारतम्य मिलेको देखिँदैन । यसलाई मिलाउनुपर्छ र उचित अनुगमन भएर व्यवस्थित गर्न जरुरी छ । निजी अस्पतालहरु धेरै महंगो हुनुहुँदैन र त्यसको मूल्य र मूल्याङ्कन पनि समान हुनुपर्छ । साथमा गुणस्तर मापन पनि हुनुपर्छ ।
    कोरोनाको बेला तीन गुणा बढी बिरामी थपिए । भरतपुर अस्पतालको ६०० बेडमा जम्मा १० वटा इर्मजेन्सी बेड छ । अहिले हामीले अस्पतालमा ५० बेडको इर्मजेन्सी बनाउँदै छौं ।

    मान्छेको पहिलो चाहना सरकारी अस्पताल हुन्छ । बीमाको पनि सरकारी अस्पताल हो । त्यो अनुसारले यसलाई भौतिक संरचनात्मक हिसाबले यसलाई तयार गरिएन । अर्काे सरकारले के गर्छ भने स्टक्चर दिन्छ तर त्यसको म्यानपावर र दीर्घकालिनरुपमा त्यो रन गर्ने मेकानिजम दिँदैन । अनि अस्पताल विकास समितिलाई समस्या सृजना हुन्छ । भनेअनुसार मेन्टेन गर्न नसक्ने अवस्था आउँछ ।

    अपरेशन गरेपछि पनि बिरामीले डक्टरको काउन्सिलिङ्ग पाउन २४ घण्टाभन्दा पनि बढी कुर्नुपर्ने गुनासाहरु सबै अस्पतालमा सुनिन्छन् । किन हो ? चितवनमा विशेषज्ञको अभाव हो ?

    सेवा लिने मानिसहरु बढेको भए पनि सरकारले त्यो अनुसारको दरबन्दी बढाउन सकेको छैन । अर्काे सरकारी अस्पतालमा काम गर्न हप्तामा अनिवार्य ४० घण्टा काम गर्नुपर्ने हुन्छ । तर बिरामी भनेको घण्टा हिसाब गरेर त आउँदैन । ऊ २४ सै घण्टा बिरामी हुन सक्छ । सबैभन्दा पहिला चाहिँ ओएनएम नभएर । यो भनेको अर्गनाइजेशन अफ म्यानेजिङ्ग हो । यो भनेको कत्रो संस्थामा कति म्यानपावर हुनुपर्ने भन्ने सरकारले ओएनएम नगरेको २५ वर्षभन्दा बढी भइसक्यो । जबकी सेवाग्राही २५ वर्षमा त्रिबलभन्दा बढी भएका छन् । त्यो अनुपातमा चिकित्सकहरुको संख्या बढेन ।

    जस्तै भरतपुर अस्पतालमा ठूलाठूला विभाग नै १२ वटा छन् त्यत्तिका विभागमा जम्मा ४० वटा नर्सहरुको दबन्दी छ । ४० वटा भनेको १२ वटा विभागमा एक विभागमा ३ जनामात्र पुगे । जबकी तीन वटा सिफ्ट हुन्छ । बिहान दिउँसो बेलका । म्यानपावरको समस्या चाहिँ सरकारी अस्पतालमा एकदमै छ । निजी अस्पतालहरुका समस्यामा निजीमा त्यही मान्छे फुल टाइम बस्दैन । त्यसले गर्दा सर्भिसका कुरामा निजीमा पनि गाह्रो छ ।

    र अन्तिममा मेडिकल कलेजको समस्या के छ भने बसेका मानिसहरु त फुल टाइम हुन्छन् तर त्यहाँ पठनपाठनका लागि धेरै फ्याकुलिटीका नाम राख्नी तर कामै गर्ने मान्छेको संख्या थोरै हुन्छ भन्छन् । त्यसलाई चाहिँ काउसिन्लले अनुगमन गर्नुपर्छ ।

    डक्टरहरुको शुल्क उच्च भइरहँदा दिनरात बिरामीको सेवामा खटिने नर्सहरुको मासिक तलब भने एकदमै न्यून पाइन्छ । नर्सलाई आवश्यक तलब दिन नसक्ने अवस्थामा पुगेका हुन् र चितवनका अस्पतालहरु ?

    यसमा चाहिँ एउटा त १३ हजारभन्दा कममा काम गराउनै पाइँदैन । श्रम एनमै त्यो व्यवस्था छ । यदि कम पाएको गुनासो आएमा सम्बन्धित निकायले कारबाही गर्छ भन्ने म विश्वास लिन्छु ।

    त्यस्तै राज्यले चाहिँ डक्टरहरु र सिस्टरहरुका बीचमा अलिकति ग्याप राख्देकै हो । त्यो चाहिँ सरकारी अस्पतालभन्दा निजी अस्पतालहरुमा समस्या देखिन्छ । निजी अस्पताल पनि सरकारकै निर्देशिकाअनुसार बन्ने हुन नी त त्यसैले सरकारले अनुगमन नगरेको अवस्था होकी भन्ने मलाई लाग्छ । गर्न पर्छ ।
    नर्सहरुलाई एउटा कुरा भन्ने अर्काे कुरा दिन्छ भने उहाँहरुले पनि काम गर्नुभएन ।

    दुई वर्ष कोरोना भएका कारण उत्पादन भएका नर्सहरु बाहिर देशमा सेवा लिन जान नसकेकाले । उहाँहरु यहीँ रहनुभयो । त्यो कारणले गर्दा नर्स केही धेरै भएर कम मूल्यमा काम गर्न बाध्य पनि होलान् । तर अहिले चिकित्सा शिक्षा आयोगले केही कडा गरेपछि भर्नाहरु पनि अलि कम भएको छ । अब दुई तीन वर्षपछि त युकेले नै धेरै नै नर्स माग्दैछ भन्ने कुरा आएको छ । धेरै जसो विदेशिन चाहन्छन् नेपालमा तलब कम भएका कारण । र अहिले कोरोनाले जाने अवस्था छैन । विदेश जानका लागि काम नगरेको ग्याप देखिएमा विदेश तिर लाँदैन । त्यो ग्याप नहोस भनेर व्यस्त रहनलाई जति पैसा दिन्छु भने पनि मानेको देखिन्छ । यसरी दुबै पक्ष दोषी देखिन्छ । यसलाई पनि व्यवस्थित गर्ने मुल जिम्मेवारी भनेको चाहिँ तीनै तहको सरकारको हो । कुन लेभलको अस्पतालमामा के काम हुन्छ भन्ने हेरेर स्वास्थ्यलाई एउटै मापदण्ड बनाएर नर्सहरुको तलब तोक्नुपर्छ । उहाँहरु प्रति अन्याय भएको कुरा चाहिँ एकदमै सही हो ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    मेडिकल सिटी हामीले चिया गफमा भन्दै आएको विषय भयो । हामी योग्य छौं भने पनि सरकारले निर्णय गर्नुप¥यो । यो मेडिकल सिटी हो भनेर भरतपुरलाई भन्नुप¥यो । महानगरले एउटा सिटी एउटा पहिचान हुँदा खेरी भरतपुर मेडिकल सिटी हो भन्नुप¥यो । कुखुरावाला आए कुखुराकै सिटी भन्दिने, कृषिवाला आए कृषिकै सिटी भन्दिने, अण्डावाला आए अण्डाकै सिटी भन्दिने चलन छ नि त । त्यसो गर्न भएन । मेडिकल सिटी हो भने जसरी देवघाट विकास समिति भन्या जस्तै यहाँको मेडिकल सिटी समिति बनाउनु पर्छ । एउटा बलियो समिति बनाएर सकारले त्यसलाई निर्देशन गरेर अधिकारसहित समिति बनाउनु प¥यो । मेडिकल सिटीको नेतृत्व राज्यले गर्नुप¥यो राज्य भनेको भरतपुरको सरकारी अस्पताल भयो ।

     

  • यस्तो छ ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन बनाउनुको कारण

    यस्तो छ ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन बनाउनुको कारण

    काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु सकिँदै गएपछि नयाँ ब्याट्री फेरेसँगै मोबाइल फोनले पुनर्जीवन पाउँथ्यो ।

    तर अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा परिवर्तन भैसकेको छ । हाल आउने नयाँ स्मार्टफोनहरुमा त्यसरी ब्याट्री निकाल्न सकिंदैन । ब्याट्रीहरु पूर्णरुपमा भित्र नै फिक्स्ड भएका हुन्छन् ।

    आखिर किन फोन निर्माता कम्पनीहरुले आफ्ना स्मार्टफोनमा निकाल्न नसकिने ब्याट्री राख्न थाले ? निकाल्न सकिने अर्थात् रिमुभेबल ब्याट्रीको चलन किन हट्दै गयो ? धेरै कम मानिसले मात्र यो कुरामा ध्यान दिएका होलान् । वास्तवमा रिमुभेबल ब्याट्री हटाउनुका विभिन्न कारणहरु छन् :

    स्मार्टफोनलाई पातलो बनाउनका लागि : अहिले मानिसहरुलाई पातलो फोन मन पर्न थालेको छ । त्यसैलाई मध्यनजर गर्दै सबै मोबाइल फोन कम्पनीहरुले ‘नन रिमुभेबल’ ब्याट्रीको प्रयोग सुरु गरे । यसो गर्दा स्मार्टफोनको आकार पहिलेको तुलनामा पातलो भयो र गोजीमा राख्न पनि सहज भयो ।

    स्मार्टफोनलाई वाटरप्रुफ बनाउनका लागि : आजकल बजारमा धेरैजसो पानी नछिर्ने अर्थात् वाटरप्रुफ फोन उपलब्ध छन् । मानिसहरुले यस्ता फोन धेरै रुचाएका छन् । रिमुभेबल ब्याट्री हुँदा फोनलाई वाटरप्रुफ बनाउन सकिंदैन । नन रिमुभेबल ब्याट्री हुँदा फोन सेटलाई राम्रोसँग प्याक गरेर पानी नछिर्ने बनाउन सकिन्छ ।

    प्रयोगकर्ताको सुरक्षाको लागि : सबैभन्दा ठूलो कुरा चाहिं स्मार्टफोनमा नन रिमुभेबल ब्याट्रीको प्रमुख उद्देश्य प्रयोगकर्ताको सुरक्षा नै हो । यसले पटक–पटक ब्याट्री निकाल्नुपर्ने समस्याको पनि समाधान गर्दछ । यसबाट शर्ट सर्किट भएर फोन पड्किने वा दुर्घटना हुने जोखिम पनि कम हुन्छ । साथै ब्याट्री फुल्ने समस्या पनि हुँदैन ।

    ब्याट्री लाइफ बढाउनका लागि : रिमुभेबल ब्याट्री हटाउनुका अर्को कारण चाहिं नन रिमुभेबल ब्याट्रीको प्रयोगले ब्याट्रीको कार्यक्षमता र आयु बढाउन सकिनु नै हो । नन रिमुभेबल ब्याट्री लामो समयसम्म सिंगल चार्जमा चल्दछ । ब्याट्री निकाल्नु नपर्दा त्यसको कनेक्सन पनि मजबुत हुन्छ । –एजेन्सीको सहयोगमा

  • ह्वाट्सएपबाट उच्च गुणस्तरको फोटो पठाउने तरिका जान्नुहोस्

    ह्वाट्सएपबाट उच्च गुणस्तरको फोटो पठाउने तरिका जान्नुहोस्

    काठमाडौं । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला ।

    तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए अनुसार गर्नुपर्दछः

    सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् ।
    एप खुलेसँगै तीनवटा थोप्ला भएको आइकनमा थिच्नुहोस् र सेटिंग्स अप्सनमा जानुहोस् ।
    त्यसपछि Storage and Data अप्सनमा थिच्नुहोस् ।

    उक्त अप्सनमा फोटो अपलोड क्वालिटीको अप्सन देखापर्दछ, त्यसमा ट्याप गर्नुहोस् ।
    फोटो अपलोड क्वालिटीमा विभिन्न ३ वटा अप्सन प्राप्त हुनछन् । पहिलो अटो, दोश्रो बेस्ट क्वालिटी र तेश्रो डाटा सेभर ।

    यदि तपाईले उच्च गुणस्तरमा कुनै तस्वीर कसैलाई पठाउन चाहुनुहन्छ भने Best Quality को अप्सन छान्नुपर्ने हुन्छ ।

    यसरी छनोट गरिसकेको तस्वीर उच्च क्वालिटीमा तपाईले कसैलाई पठाउन सक्नुहुन्छ र प्रापकले उच्च रिजोलुशनयुक्त तस्वीर प्राप्त गर्दछ । – एजेन्सीको सहयोगमा

  • के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?

    के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?

    बीबीसी, २०७८ फागुन –

    घटना सन् २०१३ को हो । अमेरिकाको शिकागोका रोबर्ट म्याक डेनियल घरमा बसेर टेलिभिजन हेरिरहेका थिए । अकस्मात उनको घरमा पुलिस आएर आफूहरूले निगरानी गरिरहेको भन्दै रोबर्टलाई चेतावनी दिए ।

    रोबर्ट जोखिमयुक्त इलाकामा बस्थे । केही महिना अगाडि उनका एकजना साथीको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीका अनुसार प्रहरीले प्रेडिक्टिभ पुलिसिङका लागि एक प्रकारको नयाँ सफ्टवेयरका प्रयोग गरिरहेको थियो । उक्त सफ्टवेयरले रोबर्टलाई गोली लाग्ने वा रोबर्टले कसैलाई गोली हान्ने आशंका भएको पत्ता लगाएको थियो ।

    प्रेडिक्टिभ पुलिसिङ भनेको अपराध हुनुभन्दा अगाडि त्यसलाई रोक्ने प्रविधि हो । यसमा सफ्टवेयरका माध्यमबाट डाटाको विश्लेषण गरी त्यस्ता मानिसहरूको पहिचान गरिन्छ जसले अपराध गर्ने आशंका धेरै हुन्छ । यो प्रविधिको प्रयोग माइनोरिटी रिपोर्ट जस्ता साइन्स फिक्सन फिल्ममा सायद देख्नुभएकै होला ।

    अपराधी र अपराधको अनुमान

    अपराध विश्लेषक जेफ एशर भविष्यको आकलन गर्नसक्ने कम्प्युटर प्रोग्राम अर्थात् प्रेडिक्टिभ कम्प्युटर प्रोग्रामको क्षेत्रमा काम गर्दछन् । प्रहरीले माथि उल्लेखित रोबर्ट म्याक्डेनियल मामिलामा पनि यही कम्प्युटर प्रोग्रामको प्रयोग गरेको थियो ।

    शिकागोमा सन् २०१३ सम्म स्थानीय गिरोहहरूको आपसी झगडामा निकै हिंसात्मक घटना हुन्थे । त्यहाँ पुलिसले प्रेडिक्टिभ कम्प्युटर प्रोग्रामको प्रयो सुरु गर्‍यो । यो कम्प्युटर सफ्टवेयरले अबको अपराधी को हुन्छ भनेर बताइदिन सक्ने विज्ञको दाबी छ ।
    जेफ एशर भन्छन्-यसको अन्तर्यमा जुन सिद्धान्तले काम गर्दछ त्यो सबैभन्दा धेरै जोखिम तथा आशंकायुक्त मानिसहरू पत्ता लगाउनु हो । यसमा त्यस्ता मानिसहरूलाई समावेश गरिन्छ जो कुनै गोलीबारीका घटनामा सबैभन्दा धेरै सहभागी वा पीडित छन् । अभियुक्त तथा पीडित वा सँगै गिरफ्तार भएका अन्य व्यक्तिलाई पनि अधिक जोखिमयुक्त मानिसहरूमा सामेल गरिन्छ ।

    यसलाई यसरी बुझ्न सकिन्छ । बन्दुक राख्नेहरु, शुटर र पीडितहरूलाई कम्प्युटर प्रोग्रामले एकसाथ राख्दछ । किनकि उनीहरू प्रायः एउटै समूहका सदस्य हुन्छन् वा एउटै खाले समूहका हुन्छन् र बदला लिन चाहन्छन् । यिनीहरूको गिरफ्तारीको अवस्था विशेष रुपले तयार गरिएको एल्गोरिदममा हालिन्छ । ती नामहरूलाई रणनीति तयार गर्ने विषय सूचीमा १ देखि ५०० अंकसम्म दिइन्छ । यो सूचीलाई शिकागोमा शिकागो हिट लिस्ट भनिन्छ । सोही आधारमा जोखिमको आकलन गर्ने गरिन्छ । तर यो तरिका कति प्रभावकारी हुन्छ ? भन्ने प्रश्न उठ्दछ ।

    जेफ एशरका अनुसार यो प्रविधिमा ती मानिसहरूको पहिचान गर्न सकिन्छ जो अन्य मानिसहरूको तुलनामा धेरै जोखिममा हुन्छन् । उदाहरणका लागि शिकागो हिट लिस्टमा जो मानिसहरू सबैभन्दा धेरै जोखिमयुक्त थिए, उनीहरूमध्ये एक तिहाई गोलीबारीमा मारिए । यद्यपि अपराध हुनै नै वाला छ वा हिटलिस्ट सामेल मानिस अनिवार्य रुपमा हिंसामा सहभागी हुन्छ भन्ने छैन । तर पनि यो किन उपयुक्त छ भने यसबाट तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

    सन् २०१३ मा पहिलोपटक शिकागो हिटलिस्ट बनाउँदा त्यसबेला ५०० भन्दा कम नाम थिए । अहिले त्यसमा चार लाखभन्दा धेरै मानिसको नाम छ र यसको असरको अनुमान गर्नु वास्तवमै कठिन छ ।

    तर यदि तपाईंले केही गर्नुभएको छैन र तपाईंको नाम उक्त सूचीमा छ भने आखिर के कारणले तपाईंको पहिचान अधिक जोखिमयुक्त व्यक्तिको रुपमा भएको हो ? भन्ने थाहा पाउन सकिन्छ ।

    कम्प्युटर र निष्पक्षता

    लिरिया बेनेट मोसिस अस्ट्रेलियाको न्यु साउथवेल्स विश्वविद्यालयमा कानुनका प्राध्यापक हुन् । उनको शोध प्रेडिक्टिभ जस्टिसको कानुनी आयामहरुमा केन्द्रित छ । कुनै व्यक्तिको बारेमा एल्गोरिदमले के बताउँछ र यसलाई चुनौती दिन कति कठिन छ भन्ने विषय उनको अध्ययनको मुख्य विषय हो ।

    योसँग सम्बन्धित एउटा घटना हो, एरिक लुमिसको । अमेरिकाको विस्कन्सिनमा प्रहरीले गोलीकाण्डमा प्रयोग भएको एक कार बरामद गर्‍यो, जसको चालक एरिक थिए । तर त्यो कार उनको थिएन । अदालतले उनलाई इजाजतविना अरुको कार चलाएको घटनामा दोषी ठहर गर्‍यो र उनलाई सजाय सुनाइयो । यो जोखिमको आकलन कम्पास नामक कम्प्युटर प्रोग्रामबाटै गरिएको मोसिस बताउँछिन् । यसले व्यक्तिका व्यक्तिका विभिन्न तथ्यहरुलाई ध्यानमा राखेर भविष्यमा उसले अपराध गर्ने सम्भावना कति छ ? भन्ने आकलन गर्दछ । त्यसमा लुमिसले पाएको जोखिमको स्कोर उच्च थियो ।

    कम्प्युटरको आकलनलाई मध्यनजर गर्दै लुमिसलाई ६ वर्षको जेल सजाय सुनाइयो । जब उनका वकिलले एल्गोरिदमको विरुद्धमा अपिल गर्ने कोसिस गरे स्थिति जटिल भयो ।

    अदालतमा यस्तो खाले कम्प्युटर प्रोग्रामको प्रयोग किन गरिन्छ भन्ने विषय ठूलो चुनौतीको विषय हो । यसले कुन तथ्यलाई आधार मान्दछ भन्ने कुराको जानकारी नहुनु मुख्य समस्या हो । एल्गोरिदमले त्यस्तो निष्कर्ष कसरी निकाल्यो भन्ने बारेमा अभियुक्तलाई बताउनु कठिन हुन्छ । मोसिसका अनुसार उनलाई यत्तिमात्र थाहा छ कि कम्पासले अपराधको अनुमानका लागि एक लामो प्रश्नावलीको उपयोग गर्दछ ।

    वास्तवमा उक्त प्रश्नावलीको एक प्रति शोधकर्ताहरुको एउटा समूहले सार्वजनिक गरिदिएको थियो । त्यसमा कतिपय प्रश्नहरू अनौठा थिए । जब तपाईं आफ्ना आमाबुवाबाट अलग हुनुभयो त्यतिबेला उमेर कति थियो ? के तपाईं र तपाईंका कुने साथीहरू कहिल्यै अवैध लागुऔक्षध जस्ता आपराधिक गतिविधिहरुमा संलग्न छन् ? भन्ने जस्ता प्रश्नका अलवा अन्य शोधमा पनि चिन्ताजनक कुराहरु बाहिर आए ।

    आश्चर्यको कुरा त के भने अफ्रीकी मूलका अमेरिकी नागरिकको स्कोर अधिक जोखिमयुक्त व्यक्तिको रुपमा हुने सम्भावना धेरै हुन्छ र गोराहरूको यस्तो जोखिम अंक कम हुने सम्भावना हुनछ । आखिर यस्तो किन हुन्छ ? यस्तो खाले सफ्टवेयरका विषयमा पारदर्शिता कम छ । एल्गोरिदमले कस्तो प्रकारले संग्रहित जानकारीहरुको प्रयोग गर्दछ भन्ने थाहा नहुने मोसिस बताउँछिन् ।

    सैद्धान्तिक रुपमा कम्प्युटर एक मेसिन हो । यो भावनाहरुभन्दा पर हुन्छ र यो पूर्वाग्रहबाट पनि मुक्त हुनुपर्दछ । तर कम्प्युटर प्रोग्रामले डाटाका आधारमा काम गर्ने हुनाले यो पक्षपाती हुन सक्दछ । त्यसैले जोखिमको अंकलाई केवल सल्लाहको रुपमा लिनु उपयुक्त हुन्छ । तर के कम्प्युटरले कुनै यस्तो अपराधको अनुमान गर्न सक्दछ जो अहिलेसम्म भएकै हुँदैनन् ?

    प्रेडिक्टिभ पुलिसिङ

    क्यालिफोर्निया विश्वविद्यालयमा मानवशास्त्रका प्राध्यापक पी जेफ्री ब्रेटिंघम लामो समयदेखि एसियामा प्राचीन मानिसहरू कसले बसोबास गर्दथे भन्ने विषयमा शोध गरिरहेका छन् । उनले तिब्बत र मंगोलियामा प्राचीन मानिसहरूको जिउने तरिका र अमेरिकाको एक सहरमा चोरहरूद्वारा उपयोग गरिने रणनीतिको बीचको सम्बन्धलाई बुझ्ने कोसिस गरे ।

    उनले औजार बनाउने प्राचीन मानिसहरुको तरिकाका बारेमा जानकारीहरू एकत्रित गरे र एक एल्गोरिदम बनाए । उनका अनुसार उक्त एल्गोरिदमबाट सहरमा अपराधीहरूले हमला गर्ने सम्भावना कति छ ? भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

    प्रेड पोल वा प्रेडिक्टिभ पुलिसिङ नामको उक्त विधिको प्रयोग अहिले एसिया, अमेरिका र युरोपमा भइरहेको छ ।

    उनका अनुसार यो एक नक्शा हो जसमा विभिन्न क्षेत्रहरूलाई केही सय वर्गमिटरको आकारमा बाँडिन्छ । पुलिसकर्मीहरूले यसको प्रयोग गस्ती गर्नका लागि गर्दछन् । राति, दिउँसो र बेलुकीको समयको हिसाबबाट हरेक क्षेत्रमा भएका गतिविधिको डाटा एकत्रित गरिन्छ । ती डाटालाई कम्प्युटर प्रोग्राममा हालेर कुन इलाकामा अपराध हुने सम्भावना धेरै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

    उक्त एल्गोरिदमले अपराधका घटनाहरूलाई ध्यानमा राखेर आकलन गर्दछ । तर डाटाको विश्वसनीयतालाई लिएर भने समस्या आउन सक्दछ । जस्तै कुनै चोरले यदि चोरी गरेपछि पाँचवटा ब्लकसम्म भाग्दछ र पक्राउ पर्दछ भने अपराध भएको ठाउँ कुन हुन्छ ? चोरी भएको ठाउँ कि पक्राउ परेको ठाउँ ?

    कम स्रोतसाधनमा ठूलो इलाकाको सुरक्षा गर्नुपर्ने दायित्व भएको प्रहरीका लागि यो उपयोगी हुन्छ ।

    जेफ्रीका अनुसार प्रेडिक्टिभ पुलिसिङबाट ७/८ प्रतिशत अपराधको बारेमा भविष्यवाणी गर्ने गरिएको छ । सुन्दा यो तथ्यांक सानो देखिन्छ तर वास्तवमा उपलब्ध विकल्पको हिसाबले यो ठूलो संख्या हो । – बीबीसीबाट

  • चितवनमा चार लाख मतदाता

    चितवनमा चार लाख मतदाता

    चितवन, १६ फागुन –
    जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो ।

    विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९७०, खैरहनीमा १० हजार ४४५, रत्ननगर नगरपालिकामा नौ हजार ६८५ मतदाता थपिएका छन् ।

    यस्तै कालिका नगरपालिकामा आठ हजार ४२०, माडी नगरपालिकामा छ हजार ८२०, इच्छाकामना गाउँपालिकामा चार हजार १३२ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार भरतपुरमा एक लाख ८६ हजार ६७०, राप्तीमा ४० हजार ९६८, खैरहनीमा ४३ हजार ७०८, रत्ननगरमा ५२ हजार ८३९ मतदाता छन् ।

    कालिकामा ३१ हजार ४०७, माडीमा २८ हजार ४९३, इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् । यस पटक ४७ मतदान केन्द्र थपिने अनुमान गरिएको छ । एक मतदान केन्द्रमा एक हजार जनाले मतदान गर्ने गरी मतदान केन्द्र निर्धारण गर्ने गरिन्छ ।

    कार्यालयले यही फागुन १९ गते जिल्लाभित्रका ९८ वटै वडा कार्यालयमा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । मतदाताको सम्बन्धित वडा कार्यालयमा नामावली सार्वजनिक गरेर त्रुटी सच्याउने काम गर्न लागिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रुटी सच्याउने समय यही फागुन २२ गतेसम्म राखिएको छ ।

    फरक–फरक वडामा दोहोरो नाम परेमा, नाम ठेगाना बिग्रेमा बसाइँसरेका, विवाहपछि ठेगना परिवर्तन भएकाले नामावली सच्याउन पाउनेछन् । दोहोरो नाम परेकाले स्वयम् निर्वाचन आयोगले जारी गरेको अनुसूची भरेर निवेदन दिन सक्नेछन् ।

    यस्तै बसाइँसराइ, विवाह भएकाका हकमा स्वयम् व्यक्ति वा एकाघरका सदस्यले अनूसूची भरेर २३ गतेसम्म नामावली सच्याउन पाउनेछन् । यस्तै मृत्यु भएकाको हकमा एकाघरका परिवारका सदस्यले अनुसूची भरेर नामावली हटाउन सक्नेछन् । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन, फागुन १५ –
    चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।

    यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् । – रासस

  • रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

    रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

    काठमाडौं, १५ फागुन –

    सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् ।

    काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

    प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

    रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

    आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण चाँडै सुरु हुने बताए । – न्युज कारखाना

  • पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    काठमाडौं, १५ फागुन –
    जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन ।

    उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो । – न्युज कारखाना