Skip to content

Chitwan Aaja

  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode

Category: Banner तल ताजा समाचार

  • नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

    नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

    काठमाडौं, २३ चैत-
    भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

    आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

    अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो । – न्युज कारखाना

     

    April 6, 2022
  • ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

    ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

    ललितपुर, २२ चैत-
    स्थानीय तहकाे निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट काे काे उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ ।

    बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष छन् । उनले फेरि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् ।

    ‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नाे दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’

    एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’

    एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’

    माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्याेलमै छ ।

    कांग्रेसमा वीरबहादुर र विष्णुमध्ये काे अध्यक्ष उठ्ने भन्ने दाउपेच चलिरहेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको याे पालिकामा एमालेका आकांक्षीहरू नै कांग्रेसको उम्मेदवारीअनुसार आफूहरु अघि बढ्ने योजना बनाइरहेका छन् । केही समयअघिसम्म विष्णु र पालिका अध्यक्ष वीरबहादुरबीच राम्रो सम्बन्ध थियाे । तर पछिल्लो समय उनीहरूबीच निकै प्रतिस्पर्धा चलेको छ ।

    पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतम बताउँछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’ – न्युज कारखाना

    April 6, 2022
  • नगरकोटबाट १३ जुवाडे पक्राउ

    नगरकोटबाट १३ जुवाडे पक्राउ

    भक्तपुर, २३ चैत-
    भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । – न्युज कारखाना

    April 6, 2022
  • ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

    ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

    काठमाडौं, २३ चैत-
    काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ । न्युज कारखाना

    April 6, 2022
  • कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    काठमाडौं, २३ चैत-
    प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ ।

    राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

    महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

    शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् । – न्युज कारखाना

     

    April 6, 2022
  • श्रीलंकामा जारी संकटकाल खारेज

    श्रीलंकामा जारी संकटकाल खारेज

    कोलम्बो–

    श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

    नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए । त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ । -न्युज कारखाना

     

    April 6, 2022
  • तनहुँमा बालिका बेपत्ता

    तनहुँमा बालिका बेपत्ता

    तनहुँ, २३ चैत-
    जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् ।

    बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस

    April 6, 2022
  • झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    काठमाडौं, २३ चैत-
    झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

    गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो ।

    दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेका छन् ।  – न्युज कारखाना

    April 6, 2022
  • निर्माण सम्पन्न नभई पूर्वमुख्यमन्त्रीले उद्घाटन गरे सडक, वडा अध्यक्षको विरोध

    निर्माण सम्पन्न नभई पूर्वमुख्यमन्त्रीले उद्घाटन गरे सडक, वडा अध्यक्षको विरोध

    हेटौंडा, २३ चैत-
    हेटौंडा उपमहानगरपालिका-६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् ।

    वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले विज्ञप्ती मार्फत विरोध जनाएका छन् । सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन भएपछि यसको विरोध हुन थालेको छ । टोल विकास संस्थालाई समेत खबर नगरी अनावश्यक राजनीति गर्दै निर्माण भैरहेको सडक उद्घाटन गरिएको स्थानीयको आरोप छ ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५/०७६ र ०७६/७७ को सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७८/०७९ मा ठेक्कामार्फत काम भइरहेको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।

    भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक एमालेले वडा कार्यालयलाई उपेक्षा गरी उद्घाटन गरेको विज्ञप्तीमा उल्लेख छ ।

    ‘निर्माण सम्पन्न भए पश्चात सल्लाहमै उद्घाटनका लागि पूर्वमुख्यमन्त्री पौडेललाई नै बोलाउँदा पनि हुन्थ्यो,’ वडा अध्यक्ष चौलागाईले भने, ‘म विकास विरोधी होइन । जसले उद्घाटन गरे पनि वडाकै विकास हुने कुरा हो । तर यहाँ अनावश्यक राजनीति गरियो ।’
    सडकको दायाँबायाँ ढल निर्माण पनि भएको छैन ।-न्युज कारखाना

     

    April 6, 2022
  • सरकारले ल्यायो एसिडसम्बन्धी अध्यादेश

    सरकारले ल्यायो एसिडसम्बन्धी अध्यादेश

    काठमाडौं चैत २२-
    राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

    सरकारले एसिडसम्बन्धीसहित यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश ल्याएको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    April 5, 2022
←Previous Page
1 … 3,174 3,175 3,176 3,177 3,178 … 3,189
Next Page→

Chitwan Aaja

Online News Portal

  • Blog
  • About
  • FAQs
  • Authors
  • Events
  • Shop
  • Patterns
  • Themes

Twenty Twenty-Five

Designed with WordPress