Category: कला

  • ‘लाज शरणम्’मा मुख्य भूमिकामा देखिँदै धुर्मुस

    ‘लाज शरणम्’मा मुख्य भूमिकामा देखिँदै धुर्मुस

    काठमाडौँ, असोज ८-
    कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा फर्किएका हुन् ।

    फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ ।

    ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।

    फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ । फिल्म ‘सक्किगोनि’ समूह मिलेर निर्माण गर्न लागेको हो ।

  • राजन र माण्डबीको आवाज रहेको ‘चमेली फूलको हजुर’ गीत सार्वजनिक ( भिडियोसहित )

    राजन र माण्डबीको आवाज रहेको ‘चमेली फूलको हजुर’ गीत सार्वजनिक ( भिडियोसहित )

    काठमाडौं, ५ असोज
    राजन श्रेष्ठ र माण्डबी त्रिपाठीको आवाजमा रहेको ‘ चमेली फूलको हजुर ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको छ । त्यसैगरी, उक्त गीतमा बसन्त घिमिरेको शब्द रहेको छ, भने भगवान भुजेलको संगीत रहेको छ ।

    गीतको भिडियोमा उषा उप्रेती, साया भण्डारी, प्रिन्स युवराज कार्की र अनुराग थपलियको अभिनय रहेको छ । यस्तै, उक्त म्युजिक भिडियोमा करण सिंह चैसिरले छायांकन गरेका छन् । उक्त म्युजिक भिडियोको कोरियोग्राफरमा सन्देश वि.क. रहेका छन् , भने सहायक कोरियोग्राफरमा अर्जुन पोख्रेल रहेका छन् । उक्त गीतको रेकर्डिष्ट एवं एरेन्जमा बिपिन आर्चायका रहेको छन्, भने भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।

    यसैगरी, उक्त गीतमा अनिल पाण्डे कार्यकारी निर्माता र शिवराज कार्की निर्माता रहेका छन् । उक्त म्युजिक भिडियोको सह – निर्देशक बिकल क्षेत्री रहेका छन् , भने गीतको भिडियो काठमाडौंका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको थियो । कमल प्रसाद शर्माको निर्माण संयोजन रहेको म्युजिक भिडियोमा भुवन श्रेष्ठ व्यवस्थापकमा रहेका छन् ।

    त्यस्तै, मिडिया संयोजकमा पत्रकार निराज रानाभाट रहेका छन् , भने रविना थापा तोलाङ्गी र अनिमेषको श्रीङ्गारमा रहेको छ । उक्त म्युजिक भिडियोको मिडिया पार्टनरमा जन अपडेट डटकमलगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् । उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    भिडियो:

  • भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    २२ भदौ, काठमाडौं
    भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् ।

    नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।

    शनिबार नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ ।

  • पूजा र समीक्षाको फेसबुकमा दोहोरी, चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्छन् नैः पूजा

    पूजा र समीक्षाको फेसबुकमा दोहोरी, चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्छन् नैः पूजा

    काठमाडौं,भदौ १८-
    नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीविरुद्ध आफू बोल्न बाध्य भएको बताएकी छन् । समीक्षाको नामै नलिइकन उनले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ लागेको भन्दै टिप्पणी गरेकी छन् । “आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,” उनले फेसबुकमा लेखेकी छन् ।

    यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको उनले बताएकी छन् ।“मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु” उनी लेख्छिन्, “चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।”

    यसअघि समीक्षाले पूजा शर्माले एक पोडकास्टमा बोलेको भिडियो सेयर गर्दै आफू पीडित भए पनि पोडकास्टहरू अदालत र कलाकार न्यायाधीश झैँ बनेको टिप्पणी गरेकी थिइन् । “अदालत नै पोडकाष्टहरू हुन भने न्यायाधीस नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि,” उनले पूजाप्रति लक्षित गर्दै लेखेकी थिइन्, “सत्य के हो कि उसलाई थाहा छ कि मलाई थाहा छ । अथवा भगवानलाई थाहा छ ।”

    के सही के गलत छुट्याउन नसक्ने उमेरमा पनि आफूले मायाको तराजुमा आफूलाई जोख्न तयार भएको भन्दै माफी दिएको बताएकी छन् । “त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?” समीक्षाले लेखेकी छन्, “यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?” आफूले सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएको बताएकी उनी अगाडि लेख्छिन्, “हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो । मैले दिदी भनेँ र मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज !’

     

  • विष्णु माझीको ‘आइन आमा यो तिजमा’ गीत दुई दिनमा ३० लाखले हेरे

    विष्णु माझीको ‘आइन आमा यो तिजमा’ गीत दुई दिनमा ३० लाखले हेरे

    काठमाडौं, भदौ १०-
    विष्णु माझीको स्वर रहेको तिज गीत युट्युबमा दुई दिनमा करिब ३० लाख दर्शकले हेरेका छन् । ‘आइन आमा यो तिजमा’को गीत शनिबार बिहान युट्युबमा रिलिज भएको थियो ।

    रिलिज भएको दुई दिनमा साढे २९ लाख दर्शकले हेरेका छन् । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा लय संकलन छ ।

    गीतमा तिजमा माइत आउन नसकेको चेलीले आमालाई पठाएको सन्देश छ । गीतमा वर्ष दिनभरी घरमा आफूले भोगेका समस्या समेटिएका छन् । आमाले पीर नलिउन् भन्नका लागि आफ्नो पीडा लुकाएर ठिकठाक छ भन्ने सन्देश आमालाई सञ्चार गरेको भिडियोमा देखाइएको छ ।

    गीतको भिडियो पनि निर्माण भएको छ । भिडियो निर्देशन सुन्दरमणिले गरेका छन् । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।

  • विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युवमा धेरै हेरिने नेपाली गीत

    विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युवमा धेरै हेरिने नेपाली गीत

    काठमाडौं, भदौ ९-
    विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ ।

    शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । यो गीतलाई युट्युवमा अहिलेसम्म झण्डै १५ हजार प्रतिक्रिया प्राप्त भएका छन् । लाइक समेत १ लाख २५ हजारभन्दा बढी छ ।

    टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ ।

    यो गीतमा माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने आशिष अविरलको एरेन्ज छ । भिडियोमा ललिता पौडेल फिचर्ड हुँदा माझीको पाश्र्वगायन छ ।

    उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ । सपुतको उक्त गीतले एक सातामा करोड भ्यूज पाएको थियो । साथै, त्यो गीतले रिलिजको दिनमा १० लाख भ्यूज पाएको थियो ।

  • चितवनका युवाहरूद्वारा वेब सिरिज ‘कलिलाे मन’ निर्माण सुरु, पहिलाे एपिसाेडकाे ट्रेलर सार्वजनिक

    चितवनका युवाहरूद्वारा वेब सिरिज ‘कलिलाे मन’ निर्माण सुरु, पहिलाे एपिसाेडकाे ट्रेलर सार्वजनिक

    भरतपुर, ८ भदाै
    चितवनका युवाहरूकाे समूहले नेपाली वेब सिरिज ‘कलिलाे मन’ निर्माण प्रारम्भ गरेका छन् । सूर्यतारा फिल्म्स र मिजार पकेट फिल्म्सले संयुक्तरूपमा कलिलाे मन प्रस्तुत गर्न लागेकाे हाे ।

    नवनिर्देशक पाभेल जेभियरले निर्देशन गरेकाे सिरिजकाे पहिलाे एपिसाेड छायाँकन सकिएर ट्रेलर सार्वजनिक गरिएकाे छ । केही दिनमै पहिलाे एपिसाेड सार्वजनिक हुने उनले बताए । सूर्यतारा फिल्म्सकाे युट्युब च्यानलमा सार्वजनिक गरिने वेब सिरिज १० एपिसाेडकाे हुने छ । त्यसलाई हरेक महिना दुई एपिसाेडकाे दरले सार्वजनिक गर्ने याेजना निर्देशक जेभियरले बताए ।

    समाजमा द्वन्द्व र मायाका कारण अनेक दुर्घटना हुन्छन् भन्ने सिरिजले देखाउने निर्देशक जेभियर बताउँछन् । ‘कलिलाे मन समाजमा भइरहेका घटनाहरूकाे काल्पनिक प्रस्तुति हाे’, उनले भने-‘समाजमा विभिन्नखाले मान्छे अपराधमा कि त मायामा फसिरहेका हुन्छन्, जेमा फसे पनि कलिलाे मन सधैँ कलिलै हुन्छ भन्ने कथा हाम्राे हाे ।’

    स्थानीय स्राेतसाधन र स्थानीय कलाकार समेटेर सिरिज बनाएकाे भन्दै उनले दर्शकले साथ दिने विश्वास व्यक्त गरे । सिरिजका सबै कलाकार चितवन र आसपासका छन् ।

    सिरिजका निर्माता सुमन गहतराज हुन् भने कथा तथा संवाद सन्ताेष मिजारले लेखेका हुन् । सिरिजमा आरजु अधिकारी, ज्याेनी रेग्मी, विनाेदबाबु रिजाल, सरिफ खान, राज पाैडेल, विजन गुरुङ, सुमित गुरुङ, चिरञ्जीवी पन्थी, प्रशान्त खनाल, सन्ताेष मिजारलगायत कलाकारकाे अभिनय देख्न पाइने छ ।

  • विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ (भिडीओ)

    विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ (भिडीओ)

    काठमाडौं, भदौ ८-
    नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय गायीका विष्णु माझीको तीज गीत सिग्नेचर ब्रान्डसमेत हो। विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन्। उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।

    माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।

    यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो ।

  • दूध नपाउँदा चितवन मिल्क चार महिनादेखि बन्द

    दूध नपाउँदा चितवन मिल्क चार महिनादेखि बन्द

    चितवन, भदौ ५-
    दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो ।
    उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो । भरतपुर महानगरपालिका वडा नं १ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको बताए । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।

    सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए । गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउछन् ।

    उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख खर्च हुने पराजुली बताउछन। गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी रहेको छ । केही महिनाभित्रमै सबै सामग्री खाली हुने उनको भनाइ छ ।

    उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध रहेको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । रासस

  • अभिनेत्री अरुणिमाले गरिन् विवाह

    अभिनेत्री अरुणिमाले गरिन् विवाह

    काठमाडौं,भदौ ३-
    अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो ।

    केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।अरुणिमाको यो दोस्रो विवाह हो ।

    बिहेमा परिवार र निकट आफन्तको मात्रै उपस्थिति रहेको थियो । युवराज स्थानीय कांग्रेस नेता हुन् । अरुणिमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् ।