नारायणीको बाढीले नगरवन जोड्ने झोलुंगे पुल बगायो

चितवन, २३ असार
नारायणी नदीमा आएको बाढीले गएराति नगरवन जोडने झोलुंगे पुल बगाएको छ ।

गैंडाकोटस्थित नारायणी नदीको पुलभन्दा केही दक्षिणमा रहेको नगरवन जोडने झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ ।

शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ ।

वडा प्रहरी कार्यालयदेखि केही पर नदीको बिचमा रहेको वनलाई नगरवन भनिन्छ । त्यहाँ निर्माण गरिएको पुलको दुवैतर्फको बेस बाढीले ढलाएपछि पुल बगेको हो । यो झोलुंगे पुल २१ वर्षअघि निर्माण भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *