शुक्रबार रातिदेखि बाढी पहिरोमा परी पाँचको मृत्यु, सातजना बेपत्ता

काठमाडौँ, २२ असार


शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरामा परी हालसम्म पाँचजनाको मृत्यु भएको छ ।

अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिनुभयो । “पहिरामा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उहाँले भन्नुभयो ।

यसैगरी, बाढीपहिराका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुईजना रहेका सहसचिव भुसालले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *