ओली निवासका सुरक्षा प्रमुख मृत फेला

काठमाडौं, असार २२
सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए ।

उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको सुरक्षा प्रमुख समेत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *