माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य चितवनबाट एमालेमा प्रवेश

चितवन, असार ७
माओवादी केन्द्रकी बागमती प्रदेश कमिटी सदस्य एवम् जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष शान्ता पोखरेल एमाले प्रवेश गरेकी छन्।

आज भएको नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकमा उनी पार्टी प्रवेश गरेकी हुन् ।

उनलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्दै उनले अब देश विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले भएकाले एमालेमा आएको बताइन् । उनले पार्टीमा आफूलाई नयाँपनको व्यवहार नदेखाउन आग्रह पनि गरिन् । पार्टीले दिने जुसुकै जिम्मेवारी बहन गरेर आफू नेकपा एमाले बनाउन लागि पर्ने उनले वाचा गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *