बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न रास्वपाको माग

काठमाडौँ, ६ फागुन
बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले छानबिन समितिले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।

‘बालकुमारीमा २ जनाको हत्या भएको घटनालाई हामीले सामान्य रूपमा लिएका छैनौं । छानबिन समितिले निष्कर्ष निकाल्यो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी रहेको प्रतिवेदनले स्पष्ट गरिसक्यो । न सम्बन्धित मन्त्रीले नैतिकता देखाउनुभएको छ, न प्रधानमन्त्रीले (बर्खास्त) गर्नुभएको छ,’ लामिछानेले भने, ‘के गर्ने हो ? प्रधानमन्त्री प्रचण्डले यही संसद्को रोस्ट्रमबाट बोल्नुपर्नेछ । छानबिन समितिले दोषी देखाएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो माग छैन । प्रधानमन्त्रीले जाँच दिनुहुनेछ ।’

कोरियन भाषा परीक्षाको विषयलाई लिएरपुस १३ गते बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुईयुवाको मृत्यु भएको थियो ।मन्त्री ज्वाला आन्दोलन भएको स्थानमा पुग्दा उनको गाडीमा आगजनी समेत भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *