बारा, १४ कात्तिक
सोमबार गोली प्रहार गरी हत्या गरिएका बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि घटनाको थप रहस्य खुलेको हो ।
सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । सर्राफको प्रेमिका भनिएकी ती महिलाको अर्को एक पुरुष सँग पनि सम्बन्ध रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अनुसन्धानबाट धेरै कुरा खुलेको र घटनाबारे थप कुरा पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी रहेको छ ।
घाँटी तथा छातीमा २-२ गोली लागेका सर्राफको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको थियो।

Leave a Reply