इजरायलमा मृत्यु भएका दुई नेपाली विद्यार्थीहरूको शव काठमाडौं ल्याइयो

काठमाडाैं, कात्तिक ५
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये दुई नेपाली विद्यार्थीहरूको शव काठमाडौं ल्याइएको छ ।

आज आइतबार बिहान उनीहरूको शव काठमाडौँ ल्याइएको हो। परराष्ट्र मन्त्रालयका अनुसार बाँकी १ जनाको शव आजै दिउँसो नेपाल ल्याइने छ भने एक जनाको शव भने राति नै ल्याइएको थियो ।

परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत नेपाली विद्यार्थीको शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

१० मध्ये बाँकी ६ जनाको शव भने ल्याउन बाँकी छ । हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *