बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा, ३ असोज
बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ घर भएका ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो।

पोखरा महानगरपालिका–१७ स्थित बिरौटा बस्दै आएका ५३ वर्षीय श्रेष्ठलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *