कैद सजाय मिनाहा पाएर जेलमुक्त भएका लोकबहादुरले गरे प्रेमिकाको हत्या

रुकुम, २ असोज
संविधान दिवसका तीन महिना कैद सजाय मिनाहा पाएर जेलमुक्त भएका लोकबहादुर विष्टले प्रेमिका भावना विकको चक्कु प्रहार गरि हत्या गरेका छन्।

असोज २८ गते उनीहरू रुकुम सदरमुकाम खलंगास्थित होटेल सत्कारको एक नम्बर कोठा ‘बुक’ गरेर बसेका थिए । उनीहरू लामो सयमदेखि प्रेम सम्बन्धमा थिए । तर, भावनाले बिहे गर्नुपर्‍यो भनेपछि विवादले उग्ररूप लिँदा लोकबहादुरले भावनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लोकबहादुर असोज २९ गते होटेलको कोठा बन्द गरेर भागेको खुलेको थियो । गएको बुधबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भावनाको हत्या गर्न प्रयोग गरिएको चक्कु समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको रुकुम पश्चिमका प्रहरी प्रमुख एवं डीएसपी नमराज भट्टराईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *