ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौँ, २४ असार
ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुईजना पक्राउ गरेको छ ।

आइतबार थप दुई जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल पक्राउ परेको ब्यूरोले जनाएको छ ।

नेपाल प्रहरीले पछिल्लो समयमा ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *