नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग राख्दै भरतपुरमा प्रदर्शन

चितवन, जेठ ८ –
नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीलाई कानुनी कारवाहीको माग राख्दै भरतपुरका विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

कुशासन र दण्डहीनता विरुद्धको अभियान चलाइरहेको मानव अधिकार तथा शान्ती समाज चितवन शाखाले प्रदर्शन गरेको हो ।

सुशासनको प्रत्याभूती, आर्थिक पादर्शिता र जवाफदेहीता सुनिश्चिति गर्नुपर्ने जस्ता माग राखिएको थियो ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, केन्द्रिय सदस्य बिनोद कुमार अधिकारी, पुर्ब केन्द्रिय सदस्य माधब गौतम, आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं लगायत २ दर्जन भन्दा बढी अधिकारकर्मि ब्यक्तिहरुको उपस्थिति थियो।

कार्यक्रम समाजका शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको थियो। कार्यक्रम संचालन शाखा सचीव जीवन केसीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *