जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने

काठमाडाैं  जेठ ५,

सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताए । दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यक्ताअनुसार अरु अस्पतालहरूमा हस्तान्तरण गर्ने उनले बताए ।

कतिपय अस्पतालले जथाभावी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको भन्दै अब खरिद मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने पनि उनले बताए ।

मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *