११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै शुरू भएन

काठमाडाैं  जेठ ४,

सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर हुने भनिएको प्रतिनिधिसभाको बैठक अझै शुरू भएको छैन ।

११ बजे बस्ने भनिएको बैठक १२ बज्दा पनि शुरू हुन सकेको छैन ।

बैठक तोकिएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् । उनीहरूको छलफलपछि बल्ल बैठक शुरू हुने बताइएको छ ।

बैठकमा सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *