चितवनमा आज आठ जनामा कोरोना संक्रमण

चितवन, साउन १४-
पछिल्लो २४ घण्टामा चितवनमा आज आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ६२ जनाको पीसीआर तथा एन्टिजेन परिक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकाहरु सबै भरतपुर महानगरपालिका भित्रका रहेका छन् ।

यसैगरी अस्पतालको आइसोलेसनमा पाँच जना र घरको आइसोलेसनमा ५७ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *