भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

चितवन, १ माघः
भरतपुर महानगरपालिकाले अझै पूर्ण रूपमा नसकिएको प्रशासनिक भवनको उद्‌घाटन शुक्रबार गर्ने निर्णयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा भर्त्सना गरेको छ।

रास्वपा भरतपुर कमिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगर समितिले निर्माणाधीन अवस्थामा रहेको प्रशासनिक भवनको उद्घाटनमा महानगर जुटेको भन्दै विरोध जनाएको हो ।

यस कदमलाई रास्वपा महानगर समितिले जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको गैर–जिम्मेवार कदमको रूपमा लिएको जनाएको छ ।

रास्वपा भरतपुर महानगर समिति सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।”

त्यस्तै, भरतपुर महानगरले प्रमुख प्रशासकीय भवनको शुक्रवार उद्घाटन गर्न लागेको महानगरका उपप्रमुख चित्र सेन अधिकारी बताएका छन् । उनले भने, ‘भवनको काम पूर्णपुरले सकेर नवनिर्मित भवनमा सर्ने हो भने अझै दुईदेखि तीन महिनाको समय लाग्ने देखिन्छ । उद्घाटनपछि प्रमुख र प्रमुखको कार्यकक्ष नयाँ भवनमा सारिने तयारी भएका छ । तर, भवन निर्माणको काम पनि सङ्गैसँगै चल्दै गर्छ ।’

त्यस्तै उनले भने, ‘हतारोले अधुरो भवनमा आफूहरू सर्न लागेका हौँ । सो विषयमा सबैले बुझेकै होला न ? हतार भएकै हो किन भएको हो सबैले बुझेका छन् ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *