अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

२८ असोज, काठमाडौं।
नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ।

नेकपाको मुख्यालय कपिलवस्तुको शिवगढीमा छ। सोही स्थानमा गत आइतबारदेखि केन्द्रीय समितिको बैठक जारी छ। नेताहरूका अनुसार आज बैठक सक्ने तयारी छ।

बैठकको सुरुमै विप्लवले राजनीतिक प्रस्तावसहितको धारणा राखेका थिए। त्यसपछि केन्द्रीय सदस्यहरूले अध्ययन गरेर धारणा राखिरहेका छन्। ७७ वटै जिल्लाका जिल्ला इञ्चार्जहरूले पनि धारणा राखिरहेका छन्।

नेताहरूका अनुसार माओवादी केन्द्रसँगको एकता कि निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने अलमलमा नेकपाका महासचिव विप्लव रहेका छन्।

माओवादी घटकसहित विचार मिल्ने वाम घटकसँग एकता गर्ने गरी एक वर्षअघि नै निर्णय गरेको थियो। एक वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको भनेर कतिपयले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। कतिपयले बदलिएको अवस्थामा वाम एकता गरेर जानु उपयुक्त हुने सुझाएका छन्।

बैठकमा उठेका सवालहरूमा निर्णय लिएर आजै बैठक सकाउने तयारी छ।

नेकपाले यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नका लागि कार्यदल नै गठन गरेको थियो। स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो। उक्त समितिको सदस्यमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *