सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ : इन्टरनेट सेवा प्रदायक संघ

१९ भदौ, काठमाडौं ।
नेपाल दूरसञ्‍चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्‍ने बताए ।

उनले भने, ‘प्राधिकरणको परिपत्र आइएसपानको आधिकारिक इमेलमा आइसकेको छ। हामी सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाउने तयारी गरेका छौं।

यी सञ्जालहरूलाई पूर्ण रुपमा बन्द गर्न भोलि साँझसम्म लाग्न सक्छ। आजै त हुँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *