पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

पोखरा, २२ भदौ
पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहीबार राती करिब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् ।  उनीहरूले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *