३६.८३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, भदौ १३-
शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ बिन्दुमा कायम भएको छ ।

३ हजार बिन्दुमाथि पुगिसकेको नेप्से पछिल्लो केही दिनयता लगातार घटेर २७ सय ५० बाट पनि तल झरेको छ ।

साताको अन्तिम कारोबार दिन १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ५३ कम्पनीको मूल्य बढेको छ । २ कम्पनीको शेयर मूल्य भने यथावत रह्यो ।

कारोबार रकम भने १२ अर्ब २४ करोडमा सीमित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *