तनहुँ बस दुर्घटना अपडेट: बसमा सवार यात्रुको उद्दार गर्दै प्रहरी

तनहुँ, भदौ ७
तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ ।

अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *