भदौ ४ गतेदेखि चितवनमा गोल्डेन इमिनेन्टले शैक्षिक मेला गर्दै

चितवन, २ भदौ
गोल्डेन इमिनेन्ट प्रा.लिले चितवनमा शैक्षिक मेला गर्ने भएको छ । मार्च इन्टेकमा दक्षिण कोरिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर मेला आयोजना गर्न लागिएको हो ।

मेला भदौ ४ गते देखि ७ गतेसम्म संचालन हुने गोल्डेन इमिनेन्टले जनाएको छ।

मेलामा विधार्थीहरुलाई दक्षिण कोरियामा रहेका विश्वविद्यालय, पढाई, शुल्क, भाषा तथा संस्कृतिलगायत विविध विषयमा जानकारी दिइनेछ।

मेलामा विश्वविद्यालयका नेपालका प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिए।

गोल्डेन इमिनेन्ट प्रा.लिले विगत एक दशकदेखि दक्षिण कोरिया जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु संचालन गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *