चितुवाको छाला नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ

देहरादुन, २० साउन
भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न लागिएको चितुवाको छालासहित एक भारतीयलाई त्यहाँको प्रहरीले चम्पावत जिल्लाको देभधुरा फरेस्ट रेन्जबाट पक्राउ गरेको छ । ती व्यक्ति शुक्रबार पक्राउ परेको जनाइएको छ ।

स्थानीय प्रहरी एसएसपी आयुष अग्रवालका अनुसार चितुवाको छाला किन्ने उत्तराखण्ड राज्य बाहिरको रहेको जनाउँदै अनुसन्धानका क्रममा क्रेता नेपालको हुन सक्ने र सो छाला चीन तस्करी गर्न लागिएको हुन सक्ने जनाएका छन् ।

भारतमा सो छाला सहित पक्राउ परेका व्यक्ति ३० वर्षीय आनन्द गिरी भएको बताइएको छ । गिरीले करिब दुई वर्षअघि दुईवटा चितुवा मारेको स्वीकार गरेको भारतीय प्रहरीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *