बिसहजारी ताल नजिक एक महिला मृत फेला

चितवन, ९ साउन
भरतपुर महानगरपालिका–६ देवनगरस्थित बिसहजारी ताल नजिक एक महिला मृत फेला परेकी छन् ।

नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको श्रीमती ३३ वर्षीय ब‌विता भट्ट मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

उक्त शव खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे फेला परेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *