पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

चितवन, ३ साउन
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।

प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

कलेज स्रोतका अनुसार मगर केही दिनदेखि अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *