ललितपुरमा बाढीले टिपर बगायो

काठमाडौं, २२ असार
ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । लगातारको वर्षापछि गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जानकारी गराएको छ ।

शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो ।

टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *